###
|
कैलाली, कात्तिक १६ – नेपाली सेनाको सुरक्षा घेरा तोडेर जिल्ला कारागार डडेल्धुराबाट कैदीका नाइके फरार भएका छन् ।
कारागार सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक भरत नायकसँग समान किन्न तुफानडाँडा बजार गएको कैदी नाइके कृष्ण पाण्डे फरार भएका हुन ।
विहान सवा सात बजेतिर असइ नायक र कैदी पाण्डे समान किन्न बजार गएका र त्यसपछि पाण्डे फरार भएका जेलर कृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि पाण्डे समान किन्न सुरक्षाकर्मीसँगै बजार जाने गरेका थिए । एकै छिनमा आउँछु भनेर हिँडेर पाण्डे भागेको सँगै गएका असइ नायकले बताएको जेलर बोहराले बताउनुभयो ।
डडेल्धुराको अमरगढी नगरपाकिा ५ किरमडेमा रहेको कारागारमा अहिले नेपाली सेनाले सुरक्षा दिँदै आएको छ । डडेल्धुरा कारागारमा नाइके पाण्डेसहित ३७ जना कैदी बन्दी राखिएका छन् । पाण्डेको साथमा गएका असई नायकलाई भने सेनाले निगरानीमा राखेको र पछि जिल्ला प्रहरी कार्यालयमा लगेर अनुसन्धान गरिने कारागार प्रशासनले जनाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment