चुनावी बहसः साना राजनीतिक दलको एजेण्डा ;-साझा सवाल
###

अघिल्लो संविधानसभाको बनोट र अहिलेसम्मको आँकलन हेर्दा फेरि पनि कुनै दलले बहुमत नल्याउने र साना दलहरुको हातमा संविधान र सरकारको साँचो हुने देखिन्छ । ठूला दलहरुजस्तै संघीयता र शासकीय स्वरुपमा विभाजित तर विकास निर्माणका ठूला सपना देखाएका अघिल्लो संविधानसभाका साना दलहरु र नयाँ दलहरूसँग मतदाताहरू के सोध्न चाहन्छन् त? साझा सवालको राष्ट्रिय चुनावी बहसको पहिलो कार्यक्रममा हामी छौं ।

संविधान सभाको अघिल्लो संरचना अनुसार साना र क्षेत्रीय तथा नयाँ दलका नेतहरुसँग नयाँ संविधानसभामा जनमतको प्रतिनिधित्व यी दलले कसरी गर्छन भनेर राजधानीका स्वतन्त्र सहभागीहरूको बीचमा मधेशी जनअधिकार फोरमका सचिव तथा प्रवक्ता रत्नेश्वरलाल कायस्थ, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपा नेपालका वरिष्ठ नेता केशरबहादुर बिष्ट र संघीय समाजबादी दलका महासचिव राजेन्द्र श्रेष्ठ हुनुहुन्छ ।
####

0 comments

Write Down Your Comment