ठाडो सुरुङको काम सुचारु
###
|
दोलखा, १० मंसिर । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ६ महिना अघि रोकिएको ठाडो सुरुङ (पेनस्टक साफ्ट) को काम पुन सुचारु भएको छ । जर्मनीबाट रेजबोरिङलाई गाइड गर्ने अर्को मेसिन ल्याएपछि काम सुचारु भएको हो ।
“यस्तो प्रविधिबाट निश्चित दूरी काम गरेपछि काम गति भयो सुरुङ कता गइरहेको जाँच्न मिल्छ” उनले भने “यो प्रविधि विश्वकै अत्याधुनिक प्रविधि हो ।”
भन्सारमा ३ महिना थन्किएर छुटाएर ल्याएको रेजबोरिङ मेसिनले गत जेठ र असारमा पेनस्टक साफ्ट खन्न सुरु गरेको थियो । सुरुङ निर्धारितभन्दा ४ मिटर छड्के गएपछि त्यसलाई बन्द गरिएको थियो । रेजबोरिङले पहिलो चरणमा ९ इन्चको पावरहाउससम्म ठाडो प्वाल खने तापनि समस्या आएपछि अहिले त्यसलाई सिमेन्टको घोल हालेर टालिएको थियो ।
####
.jpg)





0 comments
Write Down Your Comment