एमाओवादीसँग सहकार्य हुनसक्छ, पार्टी एकता हुँदैन : सीपी गजुरेल
###
|
१० मंसिर, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत माओवादीले अहिलेको संविधानसभा निर्वाचन प्रकृया गलत भएको औपचारिक निर्णय गरेमा दुई पार्टीवीच कार्यगत एकता हुनसक्ने बताउनुभएको छ । अनलाइनखबरको मल्टिमिडिया पार्टनर एभिन्युज टेलिभिजनसँग सोमबार कुाराकानी गर्दै उपाध्यक्ष गजुरेलले एमाओवादीको केन्द्रीय समिति बैठकले संविधानसभा चुनावी प्रकृया गतल भएको निर्णय गरी राजिनामा दिएर आएमा कार्यगत एकता हुनसक्ने बताउनुभएको हो ।
यो चुनावीप्रकृया देशी विदेश तत्वको विशेष डिजाईनमा भएको बुझेर नै चुनावी प्रकृयाबाट बाहिरिएको बताउँदै उपाध्यक्ष गजुरेलले चुनावी प्रकृयामा जानुअघि नै एकीकृत माओवादीले रिजल्टबारे नसोच्दा अहिले कुना पसेर रुनुपरेको बताउनुभयो । ‘मैदानमा जानुअघि नै हामीले यो प्रकृयामा असहमत जनाइसकेका थियौं, हामीलाई सिध्याउन झेली खेल सुरु भइसकेको थियो’, उपाध्यक्ष गजुरेलले भन्नुभयो, ‘त्यसैले हामीले यो प्रकृयामा जानु बेठीक भनेका हौं, पहिले नै एमाओवादीलाई हराउने डिजाइन भइसकेको थियो ।’
दोस्रो संविधानसभा पछि कांग्रेस र एमालेको दुईतिहाई बहुमत आएकाले दुई ठूला पार्टीले एक वर्षभित्र नयाँ संविधान बनाउने गजुरेलले बताउनुभयो । ‘संविधान बन्ेनमा शंका नरेहुन्छ, ०४७ सालमा जुन शक्तिले बनाए, अहिले उनीहरुकै दुई तिहाई बहुमत आएकाले उनीहरुले चाहेको संविधान बनाउँछन्’ गजुरेलले भन्नुभयो, ‘राजतन्त्र भएका ठाउँमा गणतन्त्र राखेर कांग्रेस र एमालेले संविधान ल्याउँदैछन् । यो देश अब केही समयका लागि ०४७ सालमा फर्केको छ ।’
५० वा १ सय सिट दिए पनि नेकपा-माओवादी कसैको भिख थापेर संविधानसभामा नजाने बताउँदै उपाध्यक्ष गजुरेलले भदौ, चैत या अन्य मितिमिा गरेपनि ७० प्रतिशत मत खस्ने दावी गर्नुभयो । एमाओवादीले क्रान्तिकारी लाईन छोड्दा जनताकाा पार्टीको सर्मनाक पराजय भएको जनाउँदै यो चुनवी प्रकृयाबारेमा दुवै पार्टी कार्यगत एकता गरेर आन्दोलनमा जान सक्ने बताउनुभयो । ’पार्टी एकता हाम्रो एजेन्डामा छैन, कार्यगत एकता अहिलेको संविधानसभा चुनावका सन्दर्भमा मात्र हुन्छ’, उपाध्यक्ष गजुरेलले भन्नुभयो, ‘विकासे पार्टीको लाईन छोडेर क्रान्तिकारी लाईनमा आएमामात्र एकीकृत माओवादीसँग कार्यगत एकता हुन्छ ।’
####
.jpg)





0 comments
Write Down Your Comment