एमालेलाई पछि पार्दै समानुपातिकमा पनि कांग्रेस अगाडि
###

दोस्रो संविधानसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फमा पनि एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले पहिलो स्थान हात पार्न सफल भएको छ ।

समानुपातिकतर्फको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेस ९०३९३६ मतसहित पहिलो स्थानमा छ भने पहिलो स्थान ओगटदै आएको नेकपा एमाले ९००७३६ मतसहित दोस्रो स्थानमा छ ।

यस्तै एमाओवादी ५५९८३२ मतसहित तेस्रो स्थानमा र राप्रपा नेपाल भने २५५८८४ मत सहित चौथो स्थानमा रहेको छ ।

प्रत्यक्षतर्फबाट पनि नेपाली कांग्रेस १०५ सित सहित पहिलो स्थानमा छ भने समानुपातितर्फको मतगणना अझै जारी रहेको छ ।
####

0 comments

Write Down Your Comment