###
|
सेनाले मतपेटिका ओसारेका कारण धाँधली’
काठमाडौं, मंसिर १९ । एकीकृत नेकपा माओवादीले यस पटकको संविधानसभा चुनावमा निर्वाचन आयोग र सुरक्षा निकायले नै धाँधली गरेको ठहर गरेको छ । चुनावमा अनपेक्षित पराजय व्यहोरेपछि धाँधली भएको भन्दै आन्तरिक रुपमा छानबिन समिति बनाएको माओवादीले आज पत्रकार सम्मेलन गरी चुनावमा संस्थागत रुपमै धाँधली भएको दावी गरेको हो ।
पार्टी मुख्यालय कोटेश्वरमा गरिएको पत्रकार सम्मेलनमा समितिका संयोजक वर्षमान पुनले मतपेटिका ढुवानी गर्ने र त्यसलाई राख्नेक्रममा धाँधली भएको दावी गरे ।
निर्वाचन आयोग र सुरक्षा निकाय नियोजित रुपमै धाँधलीमा संलग्न भएको पुनको आरोप थियो ।
चुनावमा नेपाली सेनाको भूमिकाप्रति असन्तुष्टी पोख्दै पुनले मतपेटिकाको सुरक्षाको जिम्मा लिएको सेनाले मतपेटिका ओसारेका कारण धाँधली भएको दावी गरे ।
पुनले अधिकांश ठाउँमा मतदान अधिकृत र दलका एजेण्ट बिनानै मतपेटिका लगिएको जिकिर पनि गरे । उनले समितिको अध्ययनले चुनावमा धाँधली भएको देखिएको भन्दै त्यसबारे छानबिन गर्न सरकारले तत्काल उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग समेत गरे ।
####
.jpg)




0 comments
Write Down Your Comment