###
|
काठमाडौं, पौष २९ । बढ्दो लोडसेडिङ अन्त्यको माग गर्दे नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज राजधानीमा र्याली निकालेको छ । बागबजारबाट सुरु भएको र्याली नेपाल विद्युत प्राधिकरण पुगेर धर्नामा परिणत भएको थियो ।
बढ्दो लोडसेडिङबाट बिद्यार्थीलगायत सर्वसाधारण मारमा परेको भन्दै लोडसेडिङ अन्त्य नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिए ।
वर्तमान उर्जा संकट समाधानका लागि वैकल्पिक उर्जा व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी लोडसेडिङमुक्त गरिनुपर्ने उनीहरुको माग छ ।
६० प्रतिशतभन्दा बढी जनताको घरमा अझै बिजुली नपुगेको अवस्थामा बिजुलीको सुविधा पाएका जनताले पनि दैनिक १२ घण्टा भन्दा लामो लोडसेडिङको मार खेप्नु परेको छ ।
विद्यार्थीको धर्नामा नागरिक समाजलगायत विभिन्न क्षेत्रका व्यक्ति पनि सहभागी बने । बढ्दो लोडसेडिङ विरुद्ध विद्यार्थी सडकमा (भिडियोसहित) -
####
.jpg)




0 comments
Write Down Your Comment