सहमतिपछि मध्यरातमा प्रचण्ड-बाबुरामको चियर्स..(फोटो सहित) |
###

बाबुराम भट्टराई नेतृ्त्वको सरकार बन्नु अघि मधेशी मोर्चासंग सहमती भएपछि दुइ नेता सहित मधेशी नेताहरु बीच चलेको रक्सी पार्टीको तस्विर नेता जेपी गुप्ताले सार्वजनिक गरिदिएका छन्।

गुप्ताले फेसबुकमा लेख्छन्-डा. बाबुराम भटराइ नेतृत्वमा मधेसी–माओवादीको संयुक्त सरकार गठन सम्बन्धि सहमति हुंदाको बखतको तस्विर । सहमति अनि चीयर्स ।
गहिरो गरी जान्नेहरू भन्छन, यही घटनापछि मलाइ समाप्त पार्ने काल जन्मियो । कहि कतै, अरू कोही संग नभएको यो तस्विर अब सबैका लागि सार्वजनिक भयो


तस्विरहरु..


गुप्ताले सार्वजानिक गरेको गोप्य तस्विरमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, नेता डा बावुराम भट्टराइ, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदार, फोरम गणतान्त्रिकका तत्कालिन अध्यक्ष जेपी गुप्ता, तमलोपा अध्यक्ष महन्ठ ठाकुर, तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोले हातमा वाइनको गिलास लिएको देखिन्छ ।


रातो टिसर्ट लगाएका प्रचण्ड र आस्कोट लगाएका बाबुराम निकै प्रशन्न् देखिएका छन् । ०६८ सालको भदौमा खिचिएको यो तस्विर ठमेलको कुनै होटलमा मध्यरातमा खिचिएको अनुमान लगाइएको छ । सहमतिको बिरोध गरेको नेकपा माओवादीका नेताहरुले बाबुरामलाइ प्रधानमन्त्री बनाउने सहमति मध्यरातमा भएको बताउदै आएका छन् ।

सोही सहमतिको आधारमा बाबुराम भट्टराइ प्रधानमन्त्री बनेका थिए, सोही सरकारको संचारमन्त्रीमा जेपी गुप्ता थिए । तर जेपीले त्यही सहमतिका कारण आफ्नो राजनीति सिद्धाउने खेल भएको लेखेका छन् । सर्वोच्च अदालतले भष्टाचारी ठहर गरेपछि बावुराम सरकारमा संचामन्त्री रहेका गुप्ता जेल परेका थिए ।
####

0 comments

Write Down Your Comment