लागुऔषध नियन्त्रण गर्न रुपन्देहीमा ट्याटु–मुन्द्रे अभियान
###
|
भैरहवा,१३ माघ ।
रुपन्देही जिल्ला लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि सिमनाकाबाट हुने लागुऔषधको ओसार पसारमा तथा सेवनमा नियन्त्रण गर्न लागि रुपन्देही प्रहरीले ट्याटु–मुन्द्रे अभियान चलाएको जनाएको छ ।
हरियो टिर्सट उठाएर लागुऔषध देखाउादै गरेको काठमाण्डौ मनपा–७ का २७ वर्षीय अभिसेष रायमाझी
हरियो टिर्सट उठाएर लागुऔषध देखाउादै गरेको काठमाण्डौ मनपा–७ का २७ वर्षीय अभिसेष रायमाझी-तस्विर :सलमान खांन
प्रहरी प्रमुख थापाले भने– प्रहरीले मात्र यो अभियान चलाएर सफल हुदैन त्यसको लागि नागरिक समाज, राजनितिक दल साथै सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्ने अग्रह गरेका छन् । विशेष गरी लागुऔषधकर्ताहरुले ट्याटु मुन्द्रा लगाएका भेटिएको हुनाले अभिभावकहरुले स्वयंम आफै आफ्ना छोरा छोरीको गतिविधीहरुमा ध्यान दिनुपर्ने बताए ।
यसैबिच सिमानाका बेलहियामा खटिएको धुम्रपान तथा लागुऔषध नियन्त्रण दस्ताले काठमाण्डौ मनपा–७ का २७ वर्षीय अभिसेष रायमाझीले शरीरको कम्मरमा टेपले बाधेर लागुऔषध नुफिन, फेनारगन, डाइजेपाम गरी ३ सय २१ थान सहित भारतबाट ल्याउादै गरेको अवस्थामा उक्ता दस्ताले पक्राउ गरेको छ । यसैगरी जिल्ला कास्की उमनपा–१२ का १९ वर्षीय सुवाष गुरुङ र सोही स्थानका २१ वर्षीय बिजय गुरुङले पनि लागुओषध डाइजेपाम, फेनारगन र नुफिन गरी ६० थान सहित धुम्रपान तथा लागुऔषध नियन्त्रण दस्ताले पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
त्यसैगरी लम्जुङ भोर्लेटार–३ का १९ वर्षीय अनिश कार्की र रुपन्देही बुनपा–१२ का २१ वर्षीय सन्दिप रानालाई लागुऔषध डाइजेपाम, लुफिजेसिक र फेनारगन गरी ३६ थान सहित पक्राउ गरेको हो । यसैगरी नवलपरासी गैडाकोट–५ का १७ वर्षीय प्रमोद पौडेललाई लागुऔषध डाइजेपाम, लुपिजेसिक र फेनारगन गरी २ सय २५ थान सहित उक्त दस्ताले रुपन्देहीको सिमानाका बेलहियाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment