कैदी भागेको घटनापछि ४ प्रहरी निलम्बित
###
|
बझाङ, पुस २८ – कैदी भागेपछि कारागारमा खटिएका ४ जना प्रहरीलाई निलम्बन गरिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरी सहायक निरीक्षक तेजराम चौधरी, प्रहरी हवल्दार चन्द्रबहादुर शाही, प्रहरी जवान सन्तोष भट्ट र खुशीराम चौधरीलाइ निलम्बन गरिएको क्षेत्रीय प्रहरी प्रमुख डिआइजी जयबहादुर चन्दले बताउनुभयो ।
घटनाको अनुसन्धान गर्न एसएसपी लव बिष्ट, प्रहरी निरीक्षक ज्ञानबहादुर सेटी लगायतको टोली धनगढीबाट बझाङ आइपुगेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ । फरार कैदीको भाग्न सक्ने सम्भावित क्षेत्रमा नाकाबन्दी गरिएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment