बस दुर्घटनामा मर्नेको संख्या १० पुग्यो
###
|
सोक्माटार (ओखलढुंगा), माघ १८ - यहाँको थाक्ले ८ सोक्माटारमा शुक्रबार साँझ भएको बस दुर्घटनामा मर्नेको संख्या १० पुगेको छ ।
यी मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका लागि लाने क्रममा र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अधिकांशको सनाखत भइसकेको छ । मृतकमध्ये आठजनाको पोष्टमार्टम उदयपुरको कटारीमा भइरहेको कटारीका प्रहरी नायब उपरीक्षक किसनसिं थापाले बताए ।
दुर्घटनामा कम्तीमा चार दर्जन बढी घाइते छन् । आफन्त र प्रत्यक्षदर्शीका अनुसार गम्भीर घाइतेको संख्या अझै भएकोले मृतक संख्या बढ्न सक्ने सम्भावना छ । गम्भीर घाइतेको उपचारका लागि विराटनगर र काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले बताए । सडकबाट तीन सय मिटर जति तल खसेको बस तीव्र गतिको कारण पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा क्षमता भन्दा बढी यात्रु रहेको स्थानीयको भनाई छ ।
####
.jpg)





0 comments
Write Down Your Comment