मेरो समर्थन ओलीलाई : गौतम
###
|
ओली भन्छन्,'गठबन्धन नेतृत्व हस्तान्तरणको लागि'
आज पनि सर्वदलीय वैठक
काठमाडौ, माघ १९ - एमाले उपाध्यक्ष बामदेव गौतमले संसदीय दलको नेताको लागि आफूले ओलीलाई समर्थन गर्ने बताएका छन् । आज व्यबस्थापिक संसद्को वैठकबाट बाहिरिने क्रममा गौतमले आफूले ओलीलाई समर्थन गर्ने सार्वजनिक गरेका हुन् । गौतम नेता ओलीसँगै संसद्बाट बाहिरिएका थिए ।तपाईंहरुको गठबन्धन महाधिवेशनसम्मलाई हो ? भनी सञ्चारकर्मीले गरेको प्रश्नमा गौतमले आफूलाई अध्यक्ष बन्नको लागि ओलीले सघाउने प्रतिक्रिया दिए । 'मैले अध्यक्षका लागि मलाई सघाउनु भनेको छु', गौतमले भने,'संसदीय दलको नेता बन्न म ओलीलाई सघाउछु ।'
नेता ओलीले भने गौतमसँगको गठबन्धन नेतृत्व हस्तान्तरणको लागि भएको प्रतिक्रिया दिए ।
आजको संसद्को वैठक लगत्तै सरकार गठनको लागि छलफल गर्न कांग्रेसले सबै दलसँग छलफल गर्ने भएको छ । राष्ट्रपति रामवरण यादवले दलहरुलाई सहमतीय सरकार गठनको लागि दिएको म्याद आज ५
सरकार गठनको लागि १३ दलको समर्थन पाएको कांग्रेसले आज एमाले र एमाओवादीको औपचारिक धारणा माग्ने भएको छ ।
सर्वदलीय वैठक लगत्तै कांग्रेस नेताहरु राष्ट्रपति यादवकहाँ जाने भएका छन् । राष्ट्रपतिले आज दलहरुलाई बहुमतीय सरकार गठनको लागि आह्वान गर्नेछन् ।
####
.jpg)




0 comments
Write Down Your Comment