युनिटी सञ्चालकलाई ३ वर्ष जेल सहित प्रतिव्यक्ति १ करोड ६ लाख जरिवाना
###
|
काठमाडौं : युनिटी ठगी प्रकरणमा तत्कालीन सञ्चालक अध्यक्ष काशी गुरुङ सहित १२ जनालई ३ वर्ष जेल सजाय सहित जरिवानको फैसला भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश नारायण कुँवरको इजलासले सोमबार सो फैसला गरेको हो ।
जेल सजाय पाउनेहरुमा युनिटीका सञ्चालकहरु विष्णु क्षेत्री, नेत्र राजवंशी, भीमबहादुर गुरुङ्, इन्द्र विश्वकर्मा, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर चन्दन, विश्वनाथ गौतम, गोविन्द ज्ञावाली र घनश्याम बस्ताकोटी छन् ।
यसैबीच अदालतले सञ्चालक मध्ये कालु गुरुङ, जनक बराल र कृष्ण पाठकलाई सफाइ दिएको छ ।
जेल सजाय पाउनेलाई प्रतिव्यक्ति १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ र ५० पैसा जरिवाना समेत गरिएको छ ।
आज भएको फैसलामा ठगिएका व्यक्तिहरुलाई दामासाही १२ करोड ७५ लाख १५ हजार ३ सय २७ रुपैयाँ सञ्चालकले दिनु पर्ने फैसला गरिएको छ ।
यस्तै ठगिएको रकम भराउने फैसला समेत अदालतले गरेको हो । ठगीको मुद्धा २०६७ साल जेठ २८ गते चलेको थियो।
####
.jpg)





0 comments
Write Down Your Comment