औचित्य नभेटेपछि बिचमै उठे जीवन
###

 कलाकार जब बजारमा स्टारडमको लयमा अगाडि बढ्छ, उ आफ्नो अर्थ र महत्व खोज्छ । कुनै पनि कार्यक्रमदेखि दर्शकको घुँइचोमा उसले स्टारभ्यालूको अर्थ खोज्छ । काठमाण्डौमा आफै अभिनित चलचित्र ‘नाई नभन्नु ल २’ को पत्रकार सम्मेलनमा नायक जीवन लुँइटेल आफ्नो अर्थपूर्ण उपस्थिती खोजिरहेका थिए ।
उनी निर्माणपक्षको नजरमा पनि केमियो कलाकारको रुपमा देखिए भने मिडियाले पनि उती साह्रो नोटिश गरेन । प्रश्नहरु बालकलाकार र हिरोइनमाथि खनिरहँदा जीवन उकुसमुकुस भैरहेका थिए ।
कार्यक्रम चलिरहदा जीवनको भूमिका र उपस्थितीको बारेमा खासै चर्चा भएन । सायद जीवनले कार्यक्रममा आफू बस्नुको अर्थ देखेनन् या आफ्नो बल्दो स्टारडमको खिल्ली उडेको महुशश गरे ।
‘ठूली’ सिनेमाको छायांकनमा जानुछ भन्दै जीवन उठे, माइक समाते र आफ्नोे सस्पेन्स भूमिकालाई खुलाइदिए । जीवनको यो जवाफले चलचित्रको धेरै कुरा खोलिदिएको थियो जुन निर्देशक विकास आचार्य चाहँदैनथे ।

सिनेमाको बिषयवस्तु खुल्ने डरमा रहेका आचार्यका लागि जीवनको मन्तव्य चुनौतीपूर्ण देखिएको थियो । जीवनले कार्यक्रममा आफ्नो उपस्थितीको अर्थ खोजे जुन स्वभाविक नै थियो । एउटा स्टार कलाकार यस्तो अर्थको खोजी गर्छ, यसकारण उ बजारमा बिकेको हुन्छ । सायद निर्माणपक्षले जीवनको उपस्थितीलाई केमियो भूमिका जस्तै संझियो । जुन कुरा जीवनका लागि स्विकार्य भएन र उनी बिचमै उठेर हिडे ।
####

0 comments

Write Down Your Comment