###
|
काठमाडौ, कार्तिक १५ - बेलायत सरकारले नेपाली यात्रीलाई लक्ष्य गरी प्राथमिकता प्रवेशाज्ञा (भिसा) सेवा सुरु गरेको छ ।
अतिरिक्त शुल्क तिरेर बेलायत जान चाहने नेपालीले प्रवेशाज्ञाका लागि आवेदन गर्न सक्ने यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।

यही कात्तिक २० गतेदेखि लागु हुने प्राथमिकता सेवाअन्तर्गत प्रवेशाज्ञा प्राप्त गर्न चाहनेले अतिरिक्त शुल्क रु सात हजार तिर्नुपर्नेछ । बेलायती गृहमन्त्रालयले प्राप्त आवेदन अध्ययन गरी छ दिनभित्र प्रवेशाज्ञा उपलब्ध गराउने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बितेका पाँच वर्षमा बिनाकुनै समस्या बेलायत, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा वा सेन्जेन मुलुकको यात्रा गरेकाहरूले उक्त सेवाका निम्ति आवेदन गर्न सक्नेछन् । उक्त सेवाअन्तर्गत आवेदन गर्ने सबैले प्रवेशाज्ञा पाउने सुनिश्चिता भने नभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment