भैरहवाको दुई वटा बम निष्क्रिय
###
|
भैरहवा, कार्तिक १५ । नेकपा–माओवादीले भैरहवामा राखेको दुई वटा बम निष्क्रय गरिएको छ । निर्वाचन अधिकृत कार्यालयको २५ मिटर अगाडि भैरहवा वेलहिया सडकखण्डको नयाँ सडक र नारायण स्थानमा रहेका दुई बटा बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेको हो ।
माओवादीले आब्हान गरेको बन्दका क्रममा जनतालाई आतंकित पार्न ‘होक्स’ नामको बम राखेको प्रहरीले जनाएको छ । बमलाई बुटवलबाट गएको डिस्पोजल टोली डिस्पोज गरेको हो ।
भैरहवा दुई मुख्य स्थानमा बम राखिएका कारण भैरहवाको सवारी आवागमन चार घण्टासम्म पुरै ठप्प रहेको थियो भने स्थानीय निकै आतंकित बनेका थिए ।
घटनाको थप अनुसन्धानका लागि प्रहरीले माओवादी राज्य व्यवस्था समिति सदस्य एवं चार नम्बर एरिया सेक्रेटरी जोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ ।
नेकपा–माओवादीले भने आफ्नो पार्टीले बम नराखेको बताएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment