नौबिसे (धादिङ), वैशाख ४ - ठेक्का अवधि सकिन पाँच साता बाँकी रहादा राजधानी प्रवेशको मुख्य नाका नौबिसे-नागढुङ्गा खण्डको मर्मत ५० प्रतिशत मात्र पूरा भएको छ ।सडक डिभिजन कार्यालय भरतपुरका प्राविधिकका अनुसार ११ महिना अवधिमा उक्त काम भएको हो । ढिलासुस्ती र ठेकेदारको लापरबाहीले तोकिएको समयमै काम नसकिने लक्षण देखिएको छ ।
जेठ १३ गतेसम्म काम सक्न डिभिजन कार्यालयले निर्माण कम्पनी महादेव खिम्ती-मिचिकोलाई समयावधि तोकेको छ । गत असारमा ५ करोड ८५ लाख ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ११ महिनामा लगभग आधा काम मात्र गरेको इन्जिनियर तथा साइड सुपरभाइजन गागल भण्डारीले बताए ।
'अब बाँकी काम महिना दिनमा नसके बर्खाभरि यात्रुले हैरानी पाउनेछन्,' डिभिजन प्रमुख हरिकुमार पोखरेलले भने ।
कालोपत्रे भत्केको करिब १० ठाउँमा एक हजार ७० मिटर दुई लेन ढलान सुरु गरिएको छ । अहिलेसम्म सबै ठाउँमा एकतर्फी ढलान मात्र भएको भण्डारीले जानकारी दिए । सडक विस्तार र ढलानका लागि डाइभर्सन खोलिएको ठाउँमा पानी परेको समयमा हिलो र चिप्लो हुने हुँदा बाटो अवरुद्ध हुने गरेको छ । ठेकेदारको अहिलेकै गतिले महिना दिनमा काम सक्न गाह्रो हुने पोखरेलले बताए । 'ठेकेदारलाई पटकपटक ताकेता गरेपछि पछिल्ला दिनमा गति बढेको छ,' उनले भने ।
काममा ढिलासुस्ती र लापरबाही गरेको भन्दै डिभिजन कार्यालयले कारबाहीका लागि डेढ महिनाअघि सार्वजनिक सूचना नै जारी गरेको थियो । सबैभन्दा बढी सडक भत्केको याकघरमा एक लेन ढलान सकिएको भण्डारीले बताए ।
यसबाहेक झ्याप्ले खोला, खिस्टे खोला, गणेश मन्दिर, रात्रीपौवा, सुँगुरे खोलामा पनि एक लेन मात्र ढलान गरिएको छ । 'तोकिएको अवधिमा दुई लेन नै ढलान सक्न निकै तीव्रता दिनुपर्छ,' इन्जियनियर भण्डारी बताउँछन् । दुई/तीन दिनयता पर्याप्त मजदुर र निर्माण
सामग्री प्रयोग गरेर काम भएको उनले बताए ।
उक्त सडकको मर्मत महिना दिनभित्र सक्न भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले मंगलबार निर्देशन दिएका थिए । यसअघि प्रधानमन्नी कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले पनि फागुनभित्रै सक्न निर्देश गरेका थिए । उच्च सरकारी प्रतिनिधिले पटकपटक निर्देशन दिए पनि काम हुन सकेको छैन ।
ढिलासुस्तीका कारण अस्तव्यस्त बन्दै गएको सडकको मर्मत ठेक्का अवधि अगावै सक्न मन्त्रीले स्थलगत अनुगमनपछि निर्देशन दिएका हुन् । 'तत्काल दुई लेन सडक बनाउनुपर्यो', उनले भने, 'थप विस्तार र वैकल्पिक व्यवस्थाको योजना सरकार र सडक विभागले बनाउँछ ।' राजधानी प्रवेश गर्ने वैकल्पिक सडक मार्गबारे सरकारले कदम चाल्ने उनको भनाइ थियो ।
प्यूठान, वैशाख ४ - आर्थिक लेनदेनमा विवाद हुँदा प्यूठानमा कोदालोले हानेर एक बृद्धको हत्या भएको छ । उदयपुरकोट गाविस वडा नं. ७ डाँडाकटेरीका ७४ वर्षीय शशिराम बि.क.लाई यहाँकै १७ वर्षीय युवा जितबहादुर सुनारले हत्या गरेका छन् ।बुधबार बेलुका कोदालोको पासोले हानेर हत्या भएको प्रहरी जनाएको छ । हत्यामा संलग्न सुनारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय झिमबहादु मल्लले जानकारी दिए । शशिबहादुरको पर्स जितबहादुरले लिएको विषयमा बिवाद भएको स्थानीयले बताएका छन् ।
बिहीबार बिहान प्रहरी चौकी देविस्थानबाट घटनास्थल प्रहरी पुगी जितबहादुर र अर्का एक स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्यूठान प्रहरी प्रमुख डिएसपी दिपक रेग्मीले बताए ।
काठमाडौं, वैशाख ५ - मुलुकमा दुई साता यता स्वाइन फलु (एच१एन१) संक्रमण को प्रवृत्ति घटदो देखिएको छ । यो मौसममा प्रयोगशाला प्रमाणित स्वाइन फलुले हाल सम्म ६ जनाको ज्यान लिई सकेको छ । 'हाल हामी कहाँ आउने नमूनामा स्वाइन फलु पोजेटिभ देखिने क्रममा कमी देखिएको छ', राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. गीता शाक्य भन्छिन्- 'दुई सातायताको स्थिति अध्ययन गर्दा स्वाइन संक्रमणको प्रबृत्ति अहिले घटदो छ ।'तथ्याङ्क अनुसार गत वर्षहरुमा स्वाइनको संक्रमण माघ महिनाको शुरु सम्म हराउने गरे पनि यस पटक भने संक्रमणको अखवधि विगत भन्दा दुइ महिना अगाडी सरेको देखियो । यस्तै प्रयोगशाला प्रमाणित स्वाईन फलुले मृत्यु भएका धेरै जसो वयस्क छन । 'हाल जम्मा ६ जना प्रयोगशाला प्रमाणित स्वाइनले अस्पतालमा भएको मृत्युको तथ्याङ्क राखिएको छ, यस वाहेक स्वाइनले अरु कति मृत्यु भयो हामी लाई थाहा छैन', डा.शाक्य भन्छिन-'संक्रमणले सिकिस्त हुन सक्ने जोखिम समुहमा वालवालिका र बुढापाका रहे पनि यस पटक वालवालिकामा यो संक्रमणले मृत्यु देखिएको छैन ।' यो मौसममा एक जनाको इन्फलुएन्जा बी वाट समेत मृत्यु भएको छ ।
डा.शाक्यको अनुसार रुघाखोकीको मौसमी चक्र अनुसार वर्षायाम पछि पुनः स्वाइन संक्रमण देखिने भए पनि त्यस वेला यो भाइरसले कति उत्पात मच्चाउने हाल भन्न न सकिने बताउछिन । स्वाइन सामान्य रुपमा कडा नभए पनि कसै कसैलाई तल्लो स्वास नली अर्थात फोक्सोमा हुने संक्रमणको जटिलता देखिने भएकोले यसलाइ लापरवाहि नगर्नु पर्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनी वताउछन ।
स्वाइन फलु को लागि उच्च जोखिम समुहमा दम, फोक्सोको समस्याको शिकार भएका बुढापाका, मधुमेह लगायतका दिर्घ रोगीहरु, गर्भवती महिला, पाच वर्ष मुनीका वालवालिका, रोग प्रतिरोधक क्षमता कम हुने क्षयरोगी, एचआइभी एडस आदि रोग भएका हुन ।
स्वाईनको सक्रमण करिव दुई साता सम्म रहन सक्ने र यो आफै निको समेत हुने गर्छ तर कहिलेकाही यसको संक्रमण कडा रुपमा प्रस्तुत भएर विरामीलाई कृत्रिम स्वास प्रस्वास यन्त्र मा समेत राख्नु पर्ने स्थिति आउन सक्छ ।
स्वाइन फलुको लक्षण अन्तर्गत रुघा खोकी, ज्वरो, माथिल्लो स्वास नलीको संक्रमण हुन सकछ । तर कुनै कुनै केसमा यो फोकसोमा संक्रमण देखिएर निमोनियाको जटिलताको रुपमा देखिन सकने जनाउदै डा.मरासिनि यस्तोमा सास लिन असजिलो, स्वा-स्वा हुनु, छाती दुख्नु आदि हुने बताउछन ।
सामान्य रुघा खोकी जस्तै स्वाईन फ्लु को भाईरस मुख्य रुपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा, वोल्दा मुखवाट निस्किने पानीका स-साना कणहरुको माध्यमले वातावरण मा फैलिन्छ ।
इपिडिमियोलजीले मुलुकमा स्वाईन फलु भएकाहरुमा एक्कासी कडा संक्रमण देखिन थालिए पछि यस पटक रुघा खोकीका ल्ाक्षण देखिएकाहरुको उपचारमा अस्पताललाइ थप सतर्कता अपनाउन समेत निर्देशन दिएको थियो ।
सन २००९ मा अमेरिका वाट मुलुकमा आएको स्वाइनको सुचक केस थिए भने यसको तिन/चार महिना पछि नै यो संक्रमण नेपाली समाजमा फैलि सके पनि गत वर्ष सम्म खासै त्यति कडा रुपमा देखिएको थिएन । यस पटकको स्वाइन पहिले भन्दा कडा र फरक तवरको इपिडिमियोलजी र रोग नियन्त्रण महाशाखाले ले जनाएको छ
३ बैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो जीवनमा अन्तिम जस्ता घडीहरु धेरै पटक आएको बताएका छन् ।
उपचारका लागि डेढ महिना लामो दिल्ली बसाइपछि बुधबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने-’अन्तिम जस्ता घडी धेरै व्यहोरेको छु । अहिले पनि त्यस्तै महसुस भएको थियो । तर, म स्वास्थ्य लाभ गरेर फर्किएको छु । अब यो जीवन जनताको पक्षमा लगाउँछु ।’
डेढ महिना दिल्ली बसेर पूर्ण स्वास्थ लाभ गरेर फर्किएको भन्दै उनले भने-’अब राजनीतिमा केही मतभेद छन् । केही कृतिम मतभेद छन् । यसले गर्दा राजनीतिले तिब्रता लिन सकेन । तर, अब तिब्रता पाउँछ । संसदीय दल पनि सक्रिय हुन्छ ।’
छालामा किटाणुले असर पुर्याउँदा पत्ता लगाउन गाह्रो भएको भन्दै उनले डा. अनन्तकुमारको टोलीले सफल उपचार गरेको भन्दै धन्यवाद दिए । दिल्ली बसाइका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक फोन गरेर स्वास्थ्यबारे जानकारी लिएको र उपप्रधानमन्त्री भेट्न दिल्ली पुगेको भन्दै उनले धेरैले स्वास्थ्य लाभको कामना र माया गरेको भन्दै धन्यवाद दिए ।
उनले अस्पतालको बेडमा हुँदा पनि आफूले नेपालको राजनीतिबारे अपडेट भएको तर, नेपालमा हुँदा जस्तो सूचना नपाएको सुनाए ।
ओली उपचारका लागि फागुन १८ मा दिल्ली प्रस्थान गरेका थिए । दिल्लीको म्याक्स अस्पतालमा उपचारपछि पनि उनी चिकित्सकहरुको सल्लाह अनुसार दिल्लीमा नै आराम गरेर बसेका थिए । जहाँ उनलाई भेेट्न एमाले अधिकांश शीर्ष नेता पुगेका थिए ।
द्वन्द्वको सिरानी हालेर भएका घटनालाई ख्याल गनुपछ
एमाले संसदीय दलका नेता ओलीले फुजेल काण्डसहितका द्वन्द्वकालका घटनामा निकै संयमित भएर जवाफ दिएका छन् ।
उनले लामो समयसम्म भएको अप्रिय हिंसाको व्यवस्थापन गर्दा द्वन्द्वको पृष्ठभूमि हेर्नु पर्ने बताए । द्वन्द्वकालीन घटनालाई ठूलो रुपमा लिन नहुने र सर्वसाधारणले न्यायको अनुभूति गर्नु पर्ने भन्दै उनले भने-’द्वन्द्वका घटनामा शान्ति सम्झौता अनुसार हुनुपर्छ । तर, द्वन्द्वको सिरानी हालेर भएका घटनालाई ख्याल गनुपर्छ ।’
एमाले नेता ओलीले पार्टीको नवौं महाधिवेशन पूर्व निर्धारित समयमै हुने बताए । केही मान्छेलाई महाधिवेशन हुँदैन कि भन्ने लागे होला । महाधिवेशन जेठ २४ मै हुन्छ र पार्टी एकतावद्ध हुन्छ ।’ उनले संविधान बनेपछि मात्र स्थानीय चुनाव गर्दा हुने बताए ।
ओलीले सञ्चारकर्मीहरुसँग कुरा गरिरहँदा सँगै रहेका उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमले भो अब धेरै नबोल्नुस् भन्दै रोकेका थिए । ओलीलाई स्वागत गर्न विमानस्थलमा एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालबाहेक अधिकांश नेता र सभासद पुगेका थिए ।

देशको नाम ‘सगरमाथा’ गरौं भन्ने मेरो प्रस्ताव
काठमाडौं उपत्यकामा सीमित ‘नेपाल’ राज्य को इतिहास लगभग ११ हजार वर्ष पुरानो छ।
नेपाल राज्यको सभ्यता, भाषा, संस्कृति अर्थतन्त्र विकासमा वैशाली, मगध बज्र, हालको बंगाल तथा दक्षिण भारतको कर्नाट वंश, तिरूपति को शैविक धर्मसंस्कृित र मध्यदेशमा जन्मेका सपूत बुद्वको प्रमुख योगदान रहेको इतिहास पनि छ।
त्यो इतिहास मधेश र मधेशीको हो ।
‘नेपाल’ शब्द सँग मधेशीको सम्बन्ध र आत्मीयता धेरै पुरानो छ । गोर्खाली या कर्णार्ली संस्कृतिसँगको सम्बन्ध भन्दा धेरै शताब्दी पुरानो।
पृथ्वीनारायाण शाहले उपत्यका जिते पश्चात गोर्खाली समुदायले ‘नेपाल’ नाम आफनो बनाए ।
तर समस्या कहाँनेर छ भने यो शब्द एउटा समुदाय विशेषले कब्जा गरेको छ ।
‘नेपाल’ शव्दलाई सबैको पहिचान, भाषा, सभ्यता र संस्कृितको साझा शब्द बन्न दिइएको छैन ।
‘नेपाल’ नाम र ‘नेपाली’ भाषा आम बुझाइमा जाति वा समुदाय विशेषको भइसकेको छ ।
म नेपाली नागरिक हुँ । नेपाली पासपोर्ट बोक्छु । मेरो अनुहार वा लवज हेरेर ‘इण्डियन’ वा ‘मधेशी’ भनिन्छ । मेरो जस्तै पीडा भोग्ने लाखौं छन् ।
त्यसैले यो विभेद अन्त्यका लागि पहल थाल्ने थलो संविधान सभा हो । भारतकै संविधान सभामा पनि तीन/चारवटा नाममा छलफल भएको इतिहास हामीले पढेकै छौं ।
संविधान सभा संवैधानिक समितिमा मैले ‘नेपाल’को नाम फेरौं भनेर प्रस्ताव दर्ता गरेकै हो ।
समितिको काम नै यस्तै विषयमा छलफल गरेर निर्क्यौलमा पुग्नु थियो । त्यो कुनै अस्वभाविक काम वा अपराध हैन ।
सभासद् एवं त्यतिबेलाका गृहमन्त्री भीम रावलले ‘नेपाल’ को नाम फेर्न खोजेको ‘जस’ मलाई मात्र दिएपनि त्यो मेरो मात्र प्रस्ताव थिएन ।
बृहद् मधेशी मोर्चा (सत्तारुढ मधेशी मोर्चा होइन) र एमाओवादी सभासद्हरुको तीन दिनसम्म चलेको संयुक्त बैठकले नेपालको नाम फेर्न प्रस्ताव तयार गरेको थियो ।
एमाओवादीको केन्द्रीय नेता एवं सभासद् प्रभु साहको नेतृत्वमा एमाओवादीहरु छलफलमा भाग लिइरहेका थिए ।
‘भाषा भन्दा भूगोलको आधारमा नाम राख्यो भने सर्वमान्य हुन सक्छ,’ हामीले निश्कर्ष निकाल्यौं ।’
यतिले मात्र भएन नेपालभित्र वसोवास गर्ने सबै समुदायलाई स्विकार्य हुनुपर्ने खालको नाम पनि चाहियो ।
मैले नै हाम्रो र माओवादीको बैठकमा देशको नाम ‘सगरमाथा’ राखौं भन्ने प्रस्ताव राखे ।
संयुक्त बैठकमा उपस्थित साथीहरुलाई यो नाममा सहमति गराउनु आफै चुनौतीपूर्ण थियो ।
‘सगरमाथा’ भन्नाले ‘माउन्ट एभरेष्ट’ मात्र हैन । सागरको मुकुट भनिएको हो । समुन्द्रसतहबाट हाम्रो तराईसम्म आइपुग्दा नै जमिनको उचाइ उठिसकेको छ ।
तराईबाट चुरे, महाभारत, हिमाल हुँदै भु–भाग चुलिदै सगरमाथामा पुग्छ । ‘सगरमाथा’ले हिमालको टुप्पोलाई मात्र जनाउँदैन सबैलाई समेट्छ भनेर तीन दिनमा बल्ल सभासद्हरुलाई ‘कन्भिन्स’ गर्न सकियो ।
‘सगरमाथा’ नाम संविधान सभाका पहाडी नेताहरुले पनि ठाडै आपत्ति जनाउन नमिल्ने खालको थियो ।
बृहद मोर्चा र एमाओवादी सभासद्हरुको वैठक सकिएपछि नेपालको नाम फेरौं भन्ने प्रस्ताव मैले नै लगेर संवैधानिक समितिमा दर्ता गराएकै हुँ ।
जनताको सार्वभौम थलोमा मैले यो मुद्दाबारे छलफल गरौं भने त के बिराए ?
यत्तिका वर्षपछि रावलजीले त्यो प्रस्तावबारे अर्धसत्य कुरा बाहिर ल्याउनुभयो । मैले देशको नाम ‘सगरमाथा’ राखौं भनेर सोही प्रस्तावमा लेखेको कुरा उहाँले जानीजानी लुकाएको देखियो ।
म संवैधानिक समितिमा हुँदाको अर्को सत्य पनि बाहिर आएन । राष्ट्रिय झण्डामा भोटिङ् भयो । मैले नेपालको अहिलेको झण्डाको पक्षमा भोट दिए । एमाओवादी र सरकारी मधेशी मोर्चा झण्डा पनि फेर्नुपर्छ भन्ने पक्षमा थिए ।
हामीले त्यसलाई विफल बनाइदियौं ।
राष्ट्रिय झण्डाबारे मेरो स्पष्ट धारणा छ, ‘यो विशिष्ट आकारप्रकारको छ । युवा र वालवच्चाहरुको मानसपटलमा पनि यो झण्डाप्रति प्रेम गढिसकेको छ ।
झण्डामा कुनै आपत्ति नदेखेकैले मैले पनि अहिलेकै पक्षमा भोट हालेको हुँ । हामीलाई तल्लो दर्जाको नागरिक र आफूलाई राष्ट्रवादको ठेकेदार ठान्ने नेताले यस्तो तथ्य त बाहिर ल्याउँदैनन् ।
माओवादी र केही जनजाती साथिले झण्डामा अंकित चन्द्रसूर्य हिन्दूको प्रतिनिधित्व हो भनेर बिरोध पनि गर्नुभयो ।
तर त्यो तर्कमा पनि मैले दम देखिन । मतदानमा अहिलेकै राष्ट्रिय झण्डाका पक्षमा मत हाले ।
(कुराकानीमा आधारित)

धादिङ, वैशाख २ - भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले आन्दोलनको घोषणा गरेको एमाओवादीसँग सरकारले वार्ता गर्ने बताएका छन् । उनले अदालतमा पुगेको बिषयमा सरकारले हस्तक्षप गर्न नमिल्ने बताए ।धादिङमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाओवादीले हत्या आरोपी पक्राऊको बिषयलाई लिएर गरेको विरोधप्रति सरकारको ध्यानाकर्षण भएको बताए ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा चितवन प्रहरीले १३ जनाविरुद्ध अभियोगपत्र दायर गरेपछि एमाओवादीले देशभर प्रदर्शन गर्ने जनाएको छ । उसले सोमबारदेखि तीन दलको वार्तामा सहभागी नहुँने निर्णय गरेकेा थियो ।
'सर्वदलीय बैठकमा यस विषयमा छलफल हुन्छ, उनले भने, 'अदालतको आदेशको विषयमा मैले केही बोल्न मिल्दैन ।'
सरकारले न्यायालयले गरेको काममा हस्तक्षेप नगर्ने मन्त्री निधिले बताए । निधिले संविधान निर्माणमा एमाओवादीले बाधा नपुर्याउने विश्वास व्यक्त गरे ।
२ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको विधानमा खुला सदस्यसहित संशोधन प्रस्ताव पारित गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पूरा गर्ने वातावरण बनाउन केही सभासदले माग गरेका छन् ।विधान शंसोधनबारे महासंघमा ध्यानाकर्षणपत्र बुझाउँदै केही सभासदले अघिल्लो महाधिवेशनको म्यान्डेड र पोखरामा पेश भएको विधान संसोधन प्रस्ताव आगामी महाधिवेशनबाट सर्वसम्मत पारित गरि कार्यान्वयन गर्न माग पनि गरेका छन् ।
सहमति नभए प्रकृयाबाटै अघि बढ्न मिल्ने भएकाले त्यसतर्फ सक्रिय हुनुपर्ने भन्दै ध्यानाकर्षणपत्रमा खुला केन्द्रीय सदस्यको व्यवस्थासहित विधान संसोधनमा विभिन्न संगठनले जनाएको प्रतिवद्धता सकारात्मक भएको उल्लेख छ ।
अघिल्लो महाधिवेशनबाट पाएको म्यान्डेट र साधारणसभामा दिएको निवेदनलगायत सबै प्रकृया भएपनि अहिले केही व्यक्तिले विधान संशोधनबारे वैधानिकताको प्रश्न उठाउन खोज्नु गलत भएकाले सचेत हुन पत्रकार तथा केन्द्रीय सभासदहरुलाई आग्रह गरिएको छ ।
सभासदहरु रामकृष्ण भण्डारी, दीपेन्द्र कुँवर, रोशन खड्का, योगेश ढकाल, लक्की चौधरी, माधव दुलाल, भगवान भण्डारी, अनिल थापा, मधुसुदन पन्थी र सुर्यकुमार क्षेत्री लगायतले बुझाएको ध्यानाकर्षण पत्रमा महासंघलाई श्रमजीवी र पेशाकर्मी पत्रकारको हकहितमा काम गर्न जोड दिइएको छ
इटहरी (सुनसरी), वैशाख १ - सुनसरीको पकली-७, पोखरयिाकी ज्ञानु चौधरी, २६, घरबाट निस्कनुअघि रुमालले अनुहार छोप्छिन् । दुई महिनाअघिसम्म शृंगार गरेर निस्कने चौधरीको दैनिकी तेजाबले नै 'नरक' बनाइदियो । २१ माघ ०७० का दिन पति ओरेन्जे हुसेनले तेजाब खन्याइदिएपछि उनी अनुहार लुकाएर जिउन बाध्य भएकी हुन् ।तराईमा सहजै उपलब्ध हुने तेजाब आक्रमणबाट घाइते हुनेहरूको सूची लामै तयार हुन्छ । चौधरीलाई तेजाब आक्रमण भएको दुई दिनपछि नै सुनसरी हरनिगराकी एक किशोरीलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै स्थानीय ओमप्रकाश मेहताले तेजाबले आक्रमण गरे । प्रहरीले एक साताको खोजीपछि मेहतालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला अदालत, सुनसरीमा मुद्दा दायर गरेको छ ।
पछिल्लो समयमा तराईमा तेजाब नयाँ हतियारका रूपमा नै प्रयोग हुन थालेको छ । यसबाट महिला सबैभन्दा पीडित हुने गरेका छन् । तर, पुरुषलाई पनि तेजाब खन्याएर घाइते बनाइन थालेपछि पूर्वी तराईमा तेजाबले नयाँ हतियारको रूप धारण गर्न थालेको हो । पहिले अरूमाथि आक्रमण गर्नु परे बन्दुक, तरबार, खुकुरीलगायत हतियार प्रयोग हुने गरे पनि पछिल्लो समय तेजाबले हतियारको स्थान लिन थालेको हो । खर्च कम, बोकेर जहाँ पनि सजिलै लैजान सकिने भएकाले घरायसी झगडा होस् या अन्य रसिइबी, आक्रमणको साधन तेजाब बन्ने गरेको छ ।
झापा, शनिश्चरे-६ की गोमा रमिाल, ३४, लाई स्थानीय दुई युवकले राम्रो 'रेस्पोन्स' नगरेको रसिमा १० फागुन ०६९ मा बाँसको कप्टेरामा तेजाब हालेर झ्यालबाट छिराएर अनुहारमा खन्याइदिए । घाइते भएकी उनको २९ असार ०७० मा निधन भयो । तेजाब आक्रमण गर्ने पासाङ तामाङ र सन्दीप पौडेललाई प्रहरीले तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गर्यो । पीडित महिलाको मृत्यु भएपछि कर्तव्य ज्यान अन्तर्गत प्रहरीले मुद्दा अघि बढायो । हाल दुवै अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।
परपुरुषसँग बोलेको निहुँमा सप्तरी बकधुवा-७, महुलीका कृष्णबहादुर विश्वकर्मा गएको २८ जेठमा पत्नीको गुप्तांगमा तेजाब खन्याएर फरार भए । परपुरुषसँग गफ गरेको निहुँमा सोही राती कृष्णबहादुरले श्रीमती बद्रीमायाको गुप्तांगमा तेजाब खन्याएका थिए । तेजाबको पीडा सहन नसकेकी बद्रीमाया घरमा रुँदै गरेको सुनेपछि स्थानीय महिलाले उपचारार्थ अस्पताल पुर्याइदिएका थिए ।
स्थानीय महिला अधिकारकर्मी कुसुम आचार्यसहितका महिलाको सहयोगमा बद्रीमायाको एक दिन रायपुरस्थित युनिक अस्पतालमा उपचार भए पनि त्यहाँ सम्भव नभएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल रपिmर गरयिो । त्यहाँ करबि महिना दिनसम्म उपचार भयो । उनी अहिले घर फर्किएकी छन् । तर, उनले पतिका विरुद्धमा कुनै उजुरी दिइनन् । आफ्नो जिउने सहारा नै नभएपछि पीडा सहेर पनि उनी पतिकै शरणमा पुगेको आचार्य बताउँछिन् । पतिका विरुद्धमा उजुरी नगरेपछि प्रहरीले उनलाई कसुरदार मानेन । कृष्णबहादुर अहिले घरमै छन् ।
सुनसरीकी मानव अधिकारकर्मी तोया गिरीको अनुभवमा तेजाबका सबै घटना प्रहरीसम्म पुग्दैनन् । अंश, यौन, दाइजो र अतिरत्तिm सम्बन्धका विषय नै तेजाब आक्रमणको प्रमुख कारण भएको उनको ठम्याइ छ । कतिपय लेनदेनका व्यवहारमा समेत तेजाब आक्रमण हँुदै आएका छन् । व्यक्तिगत रसिइबीमा पनि तेजाब प्रयोग गरएिका उदाहरणहरू छन् । जस्तो ः झापा पाठामारीमा प्रदीपकुमार गणेशलाई प्रवीण हकले तेजाब आक्रमण गरे ।
विराटनगर-६ मा डेरा गरी बस्ने विमला दासले आफ्ना पति आशिषको अनुहारमा तेजाब खन्याइदिइन् । सधैँ मदिरा खाएर कुटपिट गर्ने र लुकाएर राखेको पैसा लिएर जाने पतिको बानीका कारण दिक्क भएकी उनले आँखामा हाल्ने औषधी हो भनेर झुक्याएर तेजाब हालिदिइन् । तेजाबले आशिषको अनुहार मात्र डढेन, देब्रे आँखा नै गुम्यो । अहिले उनी दाहिने आँखाको भरमा दैनिक ज्यालादारी गररिहेका छन् ।
भारतको उच्च न्यायालयले तेजाबलाई हतियारका रूपमा स्वीकार गर्दै यसको खुला बिक्री वितरणमा रोक लगाएको छ । तर, नेपालमा यसको खुला बिक्री हँुदै आएको छ । नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष तथा अधिवक्ता केदार भण्डारी मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बर तेजाब प्रहारका घटनामा आकषिर्त हुने बताउँछन् । तर, प्रहरीले कतिपय घटनाको प्रकृति हेरेर सार्वजनिक, अंगभंगलगायत मुद्दा दर्ता गर्ने गरेको उनको भनाइ छ ।
पूर्व क्ष्ाेत्रीय प्रहरी कार्यालयका डीआईजी नवराज सिलवाल तेजाब आक्रमणका घटना वृद्धि हुनुमा यसको खुलेआम बिक्री नै मूल कारण रहेको ठोकुवा गर्छन् । "बिक्रीलाई व्यवस्थित बनाउन सके मात्र यस्ता घटनामा कमी आउँछ," उनी भन्छन्, "भएका घटनालाई ज्यान मार्ने उद्योग अन्तर्गत नै मुद्दा चलाउनुपर्छ र भइरहेको पनि छ ।"
राष्ट्रको खेलकुद यतिबेला चर्चामा छ। केही समयअघि क्रिकेट खेलाडीले टीट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर नेपाली खेलकुदलाई तताए। विश्वकप यात्राबाट स्वदेश फर्किपछि तिनै खेलाडीले नेपाल क्रिकेट संघका पदाधिकारीको रवैयाप्रति औंला उठाउँदै कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरेर राष्ट्रिय खेलकुदमा अर्को तरंग ल्याइदिए।

यसैगरी सार्वजनिक रूपमै युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवबीचको घोचपेचले पनि यतिबेला राष्ट्रको खेलकुदलाई मजाले तरंगित बनाएको छ। खेलकुदमन्त्री वर्तमान सदस्यसचिवलाई हटाएर आफू अनुकूलको सदस्यसचिव ल्याई आफ्नो नीति कार्यक्रम लागू गराउने योजनामा देखिन्छन् भने सदस्यसचिव आफ्नो पदबाट राजीनामा दिएर मन्त्रीको चाहनालाई सहज बनाइदिने मन:स्थितिमा देखिँदैनन्।
बरु उल्टै सदस्यसचिव आफ्नो ३४ महिने कार्यकालको सफलतालाई आधार बनाएर बाँकी अवधि पूरा गर्ने योजनामा सक्रिय देखिन्छन्। यी र यस्तै अन्य विषयमा केन्द्रित रहेर राखेपका सदस्यसचिव युवराज लामासँग रोशन राउत र प्रमोद पोखरेलले गरेको कुराकानी :
तपाईं राखेपको सदस्यसचिव भएर आएको ३४ महिना पूरा भएको छ, तपाईंको कार्यकालमा देशको खेलकुदले के पायो त?
हामीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रशिक्षक, पूर्वाधार, प्रतियोगिता र पुरस्कार गरी चारवटा 'प' को अवधारणा ल्याएर काम अघि बढाएका छौं। धेरै वर्षदेखि अवरुद्ध छैटौं राष्ट्रिय खेलकुदको सफल आयोजना, खेलकुदमा पूर्वाधारको विकास, प्रशिक्षणको ठोस कार्ययोजना, प्राविधिक कार्यकारी बोर्डको सुरुआत र राष्ट्रिय टोली तयारीको अवधारणा पनि ल्यायौं।
राष्ट्रिय टोली तयारीको अवधारणाले खेलाडीमा प्रतिस्पर्धाको भावना बढेको छ। प्रशिक्षणको विधिमा पनि परिवर्तन आएको छ। विगत खेलाडीलाई घडेरी र अपार्टमेन्ट दिने आश्वासन दिइएको थियो। हामीले आश्वासन होइन, त्यसलाई सार्थक रूप दिएका छौं।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कारको व्यवस्था गर्ने नीति बनिसकेको छ। नीति र कानुन बनिसकेकाले आगामी दिनमा खेलाडीले पुरस्कार पाउन राखेपका सदस्यसचिव वा मन्त्रीको चाकरी गर्नु पर्दैन। भौतिक पूर्वाधारको क्षेत्रमा पनि निकै काम भएको छ। हरेक निर्वाचन क्षेत्रमा सेमिकभर्ड हल मात्र होइन, प्रत्येक गाविसमा खेल मैदान बनाउनेसम्मको योजना तर्जुमा भइसकेको छ।
२२ वटा जिल्लामा त सेमिकभर्डहलको निर्माणकार्य भइरहेको छ। जिल्ला र क्षेत्रीय रंगशालाको नक्सांकनसमेत तयार भइसकेको छ। साग खेलकुदको आयोजनाको तयारी दुईतीन वर्षअघि सुरु भएको यो नै पहिलोपटक हो। यसका लागि अघिल्लो आर्थिक वर्षमा ३० करोड र यो वर्ष ४० करोड रुपैयाँ आएको छ। म आउँदा खेलकुदको बजेट ४६ करोड थियो, जुन अहिले बढेर एक अर्ब नौ करोड पुगिसकेको छ।
यति धेरै काम गरेको दाबी गर्नु भयो, त्यसोभए तपाईंअघिका सदस्यसचिवले केही गरेनन् त?
गर्नुभयो। सदस्यसचिव भएको नाताले स्वत: हुने काम मात्र गर्नुभयो। मैलेजति काम उहाँहरूले गर्न नसक्नुको मुख्य कारण बजेट हो। उहाँहरूको कार्यक्रममा बजेट नै थिएन। आठौं सागका बेला केही काम भए। अन्य सदस्यसचिवको मूल्यांकन गर्ने हो भने केशव स्थापितका पालामा केही काम भए।
मजस्तो लामो समयसम्म उहाँहरूले काम पनि गर्न पाउनु भएन। उहाँहरूले केही काम भने नगरेकै हो। उहाँहरूले राखेप सञ्चालन कार्यविधि बनाउन चाहनु भएन। कार्यविधि बनाएको भए आफ्नै अधिकार कटौती हुने डर उहाँहरूलाई थियो। म खेल क्षेत्रबाटै आएकाले आफ्नो अधिकार कटौती गर्न पनि पछि हटिनँ। म शरदचन्द्र शाहको कार्यकालमा कारबाहीमा परेको मानिस हो।
यसैगरी यसअघिका सदस्यसचिवलाई 'माथिको' दबाव थियो। उदाहरणका लागि आठौं सागमा विनोशंकर पालिखे सदस्यसचिव हुनुहुन्थ्यो, तर सम्पूर्ण काम भने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईमार्फत भएको थियो।
खेलकुदलाई अराजकहरूको भीड भन्ने आरोप लगाइन्छ नि?
हो, विगतमा खेलकुदमा अराजकहरूको बाहुल्य थियो। हरेक दिन खेलकुदमा लफडा हुन्थ्यो। खेलकुदको नेतृत्व गर्नेले कुटाइ नखाएको उदाहरण छैन। मेरो कार्यकालमा देशमा बन्द हडताल भए पनि खेलकुदमा भने एक दिन पनि काम रोकिएन। मेरो ३४ महिने कार्यकालमा खेलकुदमा अराजकता र राजनीतिकका आधारमा हुने विभेद अन्त्य भयो।
पहिले खेल पदाधिकारीलाई एअरपोर्टमै गएर जुत्ताको माला लगाउने, खेलाडी छनोटका बेला खुकुरी लिएर यसलाई छान र उसलाई नछान भन्ने परिपाटी थियो। राखेपमा नफुटेका ढोका थिएन, तर अहिले मेरो कार्यकालमा खेलकुद शान्त र अनुशासित भएर नियमसंगत तरिकाले अघि बढिरहेको छ।
तपाईले धेरै काम गरेको दाबी गर्नुभयो। अनि कतिको सहयोग पाउनु भयो त?
यो ३४ महिनाको अवधिमा जति पनि काम भए, त्यो सबैको सामूहिक प्रयासबाट भएको हो। मलाई सबैले राम्रो सहयोग गर्नु भएको छ। मलाई सुरुमा कलाकारका रूपमा हेरियो, तर विस्तारै मैले सबैको सहयोग पाएँ।
यसबीचमा मैले केही गरिनँ, तर सफल नेतृत्व भने दिएँ। म झलनाथ खनाल प्रधानमन्त्री हुँदा सदस्यसचिव बनेको हुँ। यसबीचमा मैले चारजना प्रधानमन्त्री र सातजना खेलकुदमन्त्रीसँग काम गर्ने अवसर पाएँ। सबैबाट राम्रो सहयोग पाएको छु।
तपाईंको कार्यकालमा त खेलकुदलाई अझ बढी राजनीतिले गाँज्यो भन्ने आरोप छ नि?
त्यसो होइन, हाम्रो कार्यकालमा नेपाली खेलकुद राजनीतिबाट मुक्त चाहिँ भएको छ। पहिले पहिले खेलकुदमा अत्यधिक राजनीति हुने गरेको थियो। अहिले त्यस्तो छैन। हामीले एकजना कर्मचारीसम्म नियुक्त गरेका छैनौं। कर्मचारीका लागि दरबन्दी नै छैन।
छोटो समयका लागि प्राविधिक नियुक्त गर्ने बाहेकका अन्य नियुक्ति नभएको म दाबीका साथ भन्न सक्छु। यदि कसैले नियम मिचेर कर्मचारी नियुक्त गरेको प्रमाणित गर्छ भने म राजीनामा दिन तयार छु। विगतमा खेलकुदमा यस्तो हुने गरेको थियो, त्यसैले हामीमाथि पनि शंका गरिएको हुनसक्छ। अथवा, हामीलाई बदनाम गराउन पनि यस्ता आरोप लगाइएको हुनसक्छ।
सदस्यसचिव त परै जाओस् प्रधानमन्त्री र मन्त्रीले भने पनि कर्मचारी नियमावाली मिचेर कर्मचारी भर्ना गर्न सकिँदैन। विगतका सदस्यसचिवले पद छाड्ने बेलामा नियुक्त गरेका कर्मचारीको व्यवस्थापन गर्न नै अहिले हम्मे परेको छ।
त्यसो भए पौडी पोखरीमा कर्मचारी भर्नाको विवाद के हो त?
मन्त्रीज्यूको पत्रका कारण पौडी पोखरी केही दिनदेखि बन्द छ। पौडी पोखरीका लागि प्रत्येक सिजनमा ज्यालादारी कर्मचारी राख्ने प्रचलन छ। लकर हेर्न, टिकट काट्न र लाइफगार्डका लागि यस्ता कर्मचारी नियुक्त गरिन्छ।
पौडीको सिजन सकिएपछि उनीहरू पनि बिदा हुन्छन्, मन्त्रीज्यू आउनुअघि तीन सिजन यसरी काम चलाइयो। चौथो सिजन सञ्चालन गर्ने बेलामा सदस्यसचिवले आफ्नो मान्छे राख्यो भनेर मन्त्रीलाई भ्रम भयो होला। ज्यालादारीमा कर्मचारी राख्न सदस्यसचिवले कसैलाई सोध्नु जरुरी छैन।
तैपनि सबै काम नियम पूरा गरेर गरिएको थियो। पदपूर्ति समिति बनाइयो। त्यही समितिको सिफारिसमा कर्मचारी भर्ना गरियो। जुन विवाद बाहिर आयो, त्यो अनावश्यक हो। म दाबाका साथ भन्छु, अहिले नियुक्त गरिएका कर्मचारीमा सदस्यसचिव र सदस्यसचिवको पार्टी नेकपा एमाओवादीका एउटा मानिस पनि छैनन्। कार्यविधि मिचेर अहिले एकजना कर्मचारी पनि नियुक्त गर्न सकिँदैन। राष्ट्रपतिले एकजना कर्मचारी राख्न हामीलाई आग्रह गर्नु भएको थियो, त्यो त हामीले गर्न सकेनौं।
बाहिरबाट हेर्दा त खेलकुदमन्त्री र सदस्यसचिवबीच खटपट सुरु भएजस्तो देखिन्छ नि?
म र मन्त्रीबीच जतिसुकै विवाद भए पनि खेलकुदको गति हामी दुवैजनाले रोक्न सक्दैनौं। उहाँ र मेरो कुनै अर्थ छैन। नीतिगत रूपमा उहाँ भर्खर आउनु भएको छ। उहाँसँग देशको खेलकुद कसरी चलिरहेको भनेर अध्ययन छैन।
सार्वजनिक भएका मन्त्रीका अवधारणा खेलकुदको प्राविधिक भन्दा राजनीतिबाट बढी प्रेरित छन्। एक वर्षमा रंगशाला बनाउॅँछु, एक प्रतिशत बजेट ल्याउँछु भन्ने अभिव्यक्ति राजनीतिक हुन्। मलाई एमाओवादीले सदस्यसचिव बनाएको हो, तर म राजनीतिज्ञ होइन। म खेलकुदको पृष्ठभूमि बोकेको मान्छे हो।
त्यसैले ममाथि आइपर्ने कतिपय दबावलाई म सजिलै झेल्न सक्छु, तर राजनीतिक व्यक्तित्व भएकाले मन्त्रीलाई केही बाध्यता होलान्। त्यही 'बाध्यता' ले हामीबीचमा समझदारी बन्न नसकेको हुन सक्छ। पौडी पोखरीकै कुरा गरौं, उहाँको ठाउँमा म भएको भए कुनै पनि हालतमा पौडी पोखरी बन्द गर्न निर्देशन दिने थिइन।
पौडी पोखरी बन्द हुँदा अहिले दैनिक २५ देखि ४० हजार रुपैयाँसम्म नोक्सानी भइरहेको छ। उहाँले तीनजना मानिस राख्न भन्नुभयो मैले मानिनँ। पार्टीको मानिसलाई लाइफगार्ड बनाउन सकिँदैन। उहाँलाई कसले सल्लाह दिइरहेको छ भन्ने कुरा पनि मलाई राम्ररी थाहा छ।
मन्त्रीलाई यस्तो सल्लाह दिने व्यक्ति को हो त?
अहिले त्यतातिर नजाऔं।
त्यसो भए मन्त्री र सदस्यसचिवको बीचमा विवाद चाहिँ छ?
हो, केही न केही त छ। तर, मलाई उहाँको निर्देशनले अप्ठ्यारो पर्दैन। केही अप्ठ्यारो परिहाले पनि देशको खेलकुदलाई पर्छ। उहाँले पठाउने निर्णय कानुन सम्मत छ भने मैले मान्ने हो, अन्यथा मन्त्रीको सबै निर्णय र निर्देशन मान्न म बाध्य छैन।
अर्को कुरा, राखेपको सदस्यसचिव मन्त्रीप्रति जवाफदेही हुँदैन, ऊ देशको ऐन, कानुन र बोर्डप्रति मात्र जवाफदेही हुन्छ। मन्त्री केवल बोर्डको अध्यक्ष हो। खेलकुद बिग्रियो भने दोष उहाँले नै लिनुपर्छ।
मन्त्रीले दोष लिने हो भने मन्त्रीसँग अधिकार पनि त होला नि?
मन्त्रीको अधिकारको कुरा त ऐनमा होला नि। मन्त्रीले निर्देशन दिनसक्ने व्यवस्था पनि ऐनमै छ। तर कानुनअनुसार कार्यकारी अधिकार सदस्यसचिवमा निहित छ। उहाँको अधिकार लाइन मिनिस्ट्रीको हो। ऐन, कानुनले मन्त्रीलाई असीमित अधिकार दिएको छैन।
मन्त्रीले खेलकुद नीति बुझ्नुभएको छैन भन्नु भयो, सदस्यसचिवको नाताले उहाँलाई खेलकुद नीति बुझाउने दायित्व तपाईंको होइन र?
हो, म मन्त्री र प्रधानमन्त्रीलाई राखेपको कामका बारेमा जानकारी दिन्छु। मैले पनि उहाँलाई राखेपका निर्देशिकाहरू अध्ययन गर्न दिएको थिएँ। हामीले दिएको जानकारीलाई कतिसम्म ग्रहण गर्ने त्यो उहाँहरूको कुरा हो। तपाईसँग प्रशस्त ज्ञान भएन भने तपाईंको बुझाइमै पनि फरक पर्न सक्छ।
अघि पनि भनेँ, मैले आजसम्म खेलकुदमा दु:ख गरेको छु भने मन्त्रीज्यूले राजनीतिमा दु:ख गर्नु भएको छ। मन्त्री भएका नाताले उहाँ सम्पूर्ण देशको मन्त्री हो, तर उहाँले सार्वजनिक रूपमा दिँदै गर्नु भएको अभिव्यक्ति मन्त्रीको जस्तो छैन। झोले र बन्दुकेको अभिव्यक्तिले देशको खेलकुद तल जाने संकेत दिएको छ।
खेलकुद ऐन परिवर्तनको कुरा आइरहेको छ नि?
हुनसक्छ, तर म ठोकुवा गर्नसक्छु, मलाई कसैले पनि हटाउन सक्दैन। म चार वर्षका लागि नियुक्त भएको हुँ। ऐन उहाँ (मन्त्री) ले परिवर्तन गर्ने होइन। त्यसको आफ्नै प्रक्रिया हुन्छ। क्रान्तिबाट आएको पार्टीको मानिस हुँ म। यहाँ कसैले कसैलाई नैतिकताको पाठ नपढाए हुन्छ।
उहाँकै पार्टीका मानिसले पनि मन्त्रीको भनाइलाई मनपराइरहेका छैनन्। अर्को कुरा, मन्त्रीलाई व्यक्तिगत रूपमा युवराज लामाको अनुहार मन नपर्न सक्ला, तर त्यसलाई आधार मानेर उहाँले मलाई हटाउन सक्नुहुन्न। म कुनै पनि हालतमा राजीनामा दिने पक्षमा छैन। राजीनामा किन दिने?
सबैभन्दा पहिले मैले राजीनामा दिनुपर्ने कारणहरू मलाई बुँदागत रूपमा बताउनु पर्यो। कसैलाई सजिलो पारिदिन म राजीनामा दिने पक्षमा छैन। मैले राजीनामा दिएँ भने नेपाली खेलकुदले लिएको गति अवरुद्ध हुनेछ। तपाईंलाई थाहा छ कि छैन, ओलम्पिक कमिटीको विवाद झनै चर्किने स्थिति देखेको छु मैले।
प्रसंगा बदलौं, सिंगो खेलकुद चलाउन अहिलेको कर्मचारी पर्याप्त हो?
नेपाली खेलकुदलाई परिणाममुखी बनाउने, सही अर्थमा खेलकुदको विकास गर्ने हो भने अहिलेको कर्मचारी पर्याप्त होइन। खेलकुदको संरचनालाई तल्लोस्तरसम्म पुर्याउन र देशभर खेलकुद संस्कृतिको विकास गर्न देशभरका ३४ हजार विद्यालयमा एकएकजना खेलकुद प्रशिक्षक चाहिन्छ। चार हजार गाविसमा पनि एकएकजना प्रशिक्षक चाहिन्छ। संघीय संरचना बनेपछिमात्र यसमा प्रवेश गर्नु उपयुक्त हुन्छ।
एकजना पूर्वसदस्यसचिवले तपाईंमाथि सबैभन्दा भ्रष्ट सदस्यसचिव भएको आरोप लगाउनु भएको छ नि? आरोप लगाउने मानिसको बारेमा सोच्नुस् न तपाईं?
जसमाथि अदालतमा मुद्दा छ। जोमाथि अख्तियारमा मुद्दा छ, उसैले यस्तो आरोप लगाउन मिल्छ। म यसमा प्रतिक्रिया जनाउनु आवश्यक ठान्दिनँ। म वर्तमान सदस्यसचिव हुँ, म कुर्सीमा छु। उहाँ दोबाटोमा हुनुहुन्छ। दोबाटोको मानिसले जेजे बोल्छ, त्यसको जवाफ मैले दिनु आवश्यक छैन। युवराज लामाविरुद्ध कुनै प्रमाण छ भने कानुनी प्रक्रियामा जान म उहाँलाई शुभकामना दिन्छु।
नेपाली खेलकुदलाई माथि उठाउने आगामी कार्यक्रम के के छन्?
क्रिकेटमा हामीले ठूलै फड्को मारेका छौं। त्यसैले हामीले तत्काल भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्छ। यसैगरी विद्यालय खेलकुद, पाठ्य पुस्तकमा खेलकुद, सातौं राष्ट्रिय खेलकुदको तयारी, १३ औं दक्षिण एसियाली खेलकुद र आगामी एसियाली खेलकुदको तयारीका विषयमा हामीले आफ्नो ध्यान केन्द्रित गरेका छौं। राष्ट्रपति रनिङ सिल्ड खेलकुदलाई हामीले निर्वाचन क्षेत्रमा पुर्यायौं, अब निकट भविष्यमै गाविसस्तरमा पुर्याउने लक्ष्य लिएका छौं।

महोत्तरीको बर्दिवासस्थित मुख्य चोकमा रहेको चौधरी मार्केट अगाडि विगत एक महिनादेखि केही हट्टाकट्टा युवाहरु हातमा बेल्चा र गौची लिएर खन्दै गरेको भेटिन्थे, देख्दा लाग्थौ ती परिश्रमी युवाहरु थिए। तर, आफ्नो लागि नभएर
उनीहरु हाकिमको आदेशको पालना गर्दै थिए, ती थिए नेपाल प्रहरीका बाहालवाला कर्मचारीहरु।
केही दिन यता ती प्रहरीको जवानको काम थियो बर्दिवासस्थित चौधरी मार्केट अगाडिको थुपारीएको माटो हटाउने र मिलाउने।
धनुषाको ढल्केवरमा राजमार्ग सुरक्षाको लागि दङ्गा नियन्त्रण बेश क्याम्पका ती प्रहरी जवानहरु प्रहरी निरीक्षक रामप्रकाश चौधरीको महोत्तरीको बर्दिवास ३ स्थित मुख्य चोकमा रहेका घरको काम र सरसफाईको लागि खटिएको रहस्य खुलेको छ।
प्रहरी निरीक्षक चौधरीले ती जवानहरुलाई घरको काम र सरसफाईको लागि केही दिन यता परीचालित गर्दै आएको रहस्य खुलेको हो। चौधरीको आदेश पालना गर्दै ती बहालवाला प्रहरी जवानहरुले काम गर्दै गर्दा भेटिएका थिए। प्रहरी ऐन र नियमावलीमा प्रहरी जवानलाई कनै पनि कसैको व्यक्तीगत कामको लागि प्रयोग गर्न नपाईने भए पनि प्रहरी निरीक्षक रामप्रकाश चौधरीले ती प्रहरी जवानहरुलाई आफ्नो व्यक्तीगत कामका लागि प्रयोग गरेका हुन्।
चौधरीको काम गर्दै गर्दा भेटिएका प्रहरी जवान अभिनास सिंहले आफूहरु प्रहरी नभई वाल्मिकी युवा क्लव जनकपुरका सदस्य भएको र आफन्तका कामको लागि जनकपुरबाट यहाँ आएर सहयोग गरेको भन्दै आफ्नो बचाँउ गरेका थिए। काम गर्दै गरेको फोटो संचारकर्मीहरुले खिच्न र सोधखोज गर्न थालेपछी काम गर्दै आएका उनीहरु केही समय नबित्दै काम छोडेर लाखा पाँखा लागेका थिए।
काम छाडेर हिडेका ती व्यक्तीहरुको बारेमा सोधखोज गर्दै जाँदा ती ६ जना दङ्गा नियन्त्रण बेश क्याम्प ढल्केवरमा कार्यरत प्रहरी जवान भएको बुझीएको छ। चौधरीले घरको कामको लागि दैनिक जसो ढल्केवरबाट प्रहरी जवानहरुलाई बर्दिवासस्थित घरमा पठाई काम लगाँउदै आएका थिए।
यस बिषयमा प्रनि चौधरीले घर अगाडि नाला निमार्ण भईरहेको र ठेकेदारहरुले काम नगरेकाले आफूले काम लगाएको स्वीकार गरेका छन्।
यस घटनाको सम्बन्धमा बिस्तृत बुझ्न खोज्दा प्रनि चोधरीले केही बताउन चाँहेनन्। नेपाल सरकारको कर्मचारीलाई कुनै हाकिमले व्यक्तिगत कामको लागि घरमा प्रयोग गर्न नपाउने त्यसमा पनि घरमा ल्याएर काम गराउनु श्रम शोषण भएको प्रहरीका एक जिम्मेवार उच्च अधिकारीले बताए।
त्यसमा पनि प्रहरी संगठनमा झनै नपाईने भन्दै यो प्रहरी ऐन नियम बिपरीत भएको उनले बताए। उनका अनुसार ऐनमा त्यस किसीमको बिशेष व्यस्थामा नभएपनी प्रहरी प्रधान कार्यालयबाट बेलामौकामा हुने परीपत्रमा प्रहरी जवानलाई कुनै पनी उच्च अधिकृतले त्यस किसिमको घरायसी कामको लागि प्रयोग गर्न नपाईने र गराएको पाईएमा कारवाही हुने सम्मको आदेश भएको ती उच्च जिम्मेवार प्रहरी अधिकृतले बताए।
यस बिषयमा मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले घटनाको सम्बन्धमा आफूले बुझ्ने बताए। दङ्गा नियन्त्रण बेश क्याम्प ढल्केवरमा प्रहरी निरीक्षक चौधरीको नेतृत्वमा हाल ६० जना प्रहरी रहेका छन्।
राजमार्ग सुरक्षा तथा बन्दहडताल नियन्त्रणको लागि उक्त बेशक्याम्प राखिएको हो। आफू खटिएको स्थानमा शान्ति–सुव्यवस्था कायम गर्न हरहमेशा ड्य्टीमा रहनु पर्ने नेपाल प्रहरीका जवानहरु यदी प्रहरी कै घरायसी काममा र प्रहरीबाटै श्रमशोषणमा पर्दा रहेछन्।

२९ चैत, भैरहवा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले भ्रष्टाचार, गुण्डागर्दी निर्मूल पारिछाड्ने बताएका छन् । शनिबार भैरहवामा एमाले रुपन्देहीको सातौ जिल्ला परिषद् बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले गुण्डागर्दी निर्मूल पारेर जनताको सुरक्षा मजवुत बनाउने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले कानुन हातमा लिएर कुशासन, भ्रष्टाचार र गुण्डागर्दी गर्नेमाथि कारबाही गरेरै छाड्ने दाबी गरे । ‘अहिले गुण्डागर्दी गरेर जनताको कमाई लुट्ने समुह अगाडि आएको छ, त्यो समूहलाई जेलमा हालेर सुधार्ने अभियान सुरु गरिसकेका छौं’ गौतमले भने ।
एमालेका भागमा परेका दशवटा मन्त्रालयबाट जनताको पक्षमा काम गर्ने बता गौतमको दाबी छ । संविधान बनाउन काग्रेससँग मिल्नुपरेको बताउँदै गौतमले कांग्रेसलाई दलाल र नोकरशाही पार्टी नभन्न अग्रह गरे ।
‘एमाले र कांग्रेसको मित्रता निकै पूरानो हो, मित्रताबिना कुनै काम सफल हुँदैन’, गौतमले भने, ‘कांग्रेस र एमाले मिलेर एक वर्षभित्र संविधान बनाउने अभियान जारी छ ।’
एमालेको उद्देश्यको एक वर्षभित्र संघीय लोकतान्त्रिक संविधान दिनु रहेको बताउँदै गौतमले त्यो भन्दा पहिला स्थानीय निकायको निर्वाचन गराउन नेपाली जनताले एमालेलाई साथ दिनुपर्ने बताए ।
एमाले नवौ महाधिवेशनबाट पुरानाले नयाँलाई नेतृत्व दिनुपर्ने गौतमको धारणा छ । ‘नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष पदको लागि केपी ओली उपयुक्त उम्मेदवार हुनुहुन्छ’ गौतमले भने ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव एवम् सभासद विष्णु पौडेलले रुपन्देहीे एक क्षेत्रमा जितेकाले यहाँ एमाले पराजित नभएको बताए । आफूहरु पराजित नभएको बताउँदै पौडेलले जिल्लाको कुनै पनि गाउँमा शिर झुकाएर नहिँड्न बताउँदै सबै समस्याको समाधान गर्न मिलेर अघि बढ्न अग्रह गरेका छन् ।

गृहमन्त्री बामदेव गौतमले काठमाण्डौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेल चेन आफ कमाण्ड भन्दा बाहिर गएको भनि गरेको टिप्पणीको संगठन प्रमुख उपेन्द्रकान्त अर्यालले खण्डन गरेका छन्।
धनगढीमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रहरी महानिरिक्षक अर्यालले सिङ्गो नेपाल प्रहरी चेन अफ कमाण्डमा चल्ने भएकाले खरेल पनि सोही अनुसार चलेको बताएका छन्।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने–'मलाई त निश्चित रुपमा चेन आफ कमाण्डमै चलेको जस्तो लाग्छ।'
उनले संगठन प्रमुखको हैसियतले हेर्दा कोही पनि चेन आफ कमाण्ड भन्दा बाहिर नगएको बताएका छन्।
नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक पदमा रहेको रिक्तताले दैनिक कामकाज प्रभावित भएको बताउँदै अर्यालले छिटो भन्दा छिटो बढुवा प्रकृया टुङ्ग्याउन आग्रह गरेका छन्।
उनले बढुवा प्रकृया सरकारले गर्ने भएकाले यस बारेमा आफूलाई कुनै जानकारी नहुने बताए। 'यो नितान्त सरकारले गर्ने काम हो। यसमा मलाई केही भन्नु छैन' उनले भने।
गृहमन्त्री र तपाईका बीचको सम्बन्ध राम्रो नभएका कारण बढुवा प्रकृयामा ढिलाई भएको भनेर खबर सार्वजनिक भएको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफ्नो सम्बन्ध कसैसँग नराम्रो नभएको बताए।
उनले भने–'तपाईले भने जस्तो होईन। मेरो कसैसँग नराम्रो सम्बन्ध छैन।'
सुदूरपश्चिम प्रहरीले शनिवारदेखि लागू गरेको बस्ती भेटघाट कार्यक्रमको शुभारम्भ गर्न महानिरिक्षक अर्याल धनगढी पुगेका हुन्। उनले एक समारोहकाबीच कार्यक्रमको शुभारम्भ गरेका छन्।
कार्यक्रमको शुभारम्भका अवसरमा बोल्दै अर्यालले नागरिक र प्रहरीबिचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ अध्याय प्रारम्भ भएको बताए।
उनले प्रहरी र नागरिक मिल्नु अपरिहार्य भएकाले बताउँदै एक्लो प्रयासले प्रहरी सफल नहुने बताएका छन्।
उनले ठूलो संगठन भएका कारण केही व्यक्ति खराब भएपनि नेपाल प्रहरीमा संस्थागत सुधार भैसकेेको दाबी गर्दै खराब व्यक्तिलाई दण्डित गरेर संगठन सुधार गर्दै अघि बढ्ने बताएका छन्।
'सबै प्रहरी ठिक छन् म भन्न सक्दैन। ठूलो संगठन छ। केही व्यक्ति पक्कै खराब छन्' उनले भने–'त्यस्ता खराब व्यक्तिलाई दण्डित गरेर अघि बढ्ने सोचमा हामी छौं।'
उनले प्रहरी समाजको चेतना विपरित जान नसक्ने भन्दै जनताको चाहना अनुसारको प्रहरी संगठन बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले प्रहरीको व्यवहारका बारेमा थुप्रै गुनासा समेत आएकाले सुधारका लागि नयाँ वर्षको सुरुवातसँगै विशेष कार्यक्रम लागु गरिने जानकारी दिएका छन्।
'प्रहरीको व्यवहार रुखो भयो भनेर थुप्रै गुनासा आएका छन्' उनले भने–'त्यस्ता गुनासाको अन्त्यका लागि विशेष कार्यक्रम लागु गर्ने तयारीमा छौं।'
उनले समाजको चेतना, जनताको चाहना र समयको माग अनुसार प्रहरी संगठन अघि बढ्ने बताएका छन्।
सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक जयबहादुर चन्दको सकृयतामा बस्ती भेटघाट कार्यक्रम लागु भएको हो। यो कार्यक्रम लागु भएपछि हरेक व्यक्तिमा जिम्मेबारीबोध हुने चन्दको विश्वास छ।
उनले समाजमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउने काममा हरेक नागरिकको जिम्मेबारी हुने भएकाले त्यही जिम्मेबारीबोध गराउन कार्यक्रम लागु गर्न खोजेको बताए।
कार्यक्रमको मुख्य उद्देश्य सुदूरपश्चिमका नौ वटै जिल्लामा सामुदायिक प्रहरीको अवधारणा अनुसार प्रहरी र नागरिक बीचको सम्बन्ध प्रगाढ बनाउनु रहेको बताउँदै प्रहरी र नागरिक हातेमालो गर्दै अघि बढ्ने बताएका छन्।
उनले कार्यक्रम अर्न्तगत हरेक गाउँ टोलमा ७ देखि २१ सदस्यीय बस्ती सुरक्षा समूह गठन हुने समेत जानकारी दिएका छन्।
कार्यक्रम उद्घाटन सत्रमा थारु समुदायको सखीया, राना थारु समुदायको होली र सुदूरपश्चिमका पहाडी जिल्लाको छलीया नृत्य समेत प्रस्तुत गरिएका थिए।
कार्यक्रमको उद्घाटन पूर्व क्याम्पस चोकदेखि ट्राफिक चोकसम्म प्रभातफेरीको आयोजना गरिएको थियो। प्रभातफेरीमा विभिन्न राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, खेलाडी लगायतको सहभागिता रहेको थियो।
धनगढीमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रहरी महानिरिक्षक अर्यालले सिङ्गो नेपाल प्रहरी चेन अफ कमाण्डमा चल्ने भएकाले खरेल पनि सोही अनुसार चलेको बताएका छन्।सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने–'मलाई त निश्चित रुपमा चेन आफ कमाण्डमै चलेको जस्तो लाग्छ।'

बारा, चैत्र २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र स्थापनापछि पनि राजसंस्थाप्रति जनमत बढेको बारे आफु अनभिज्ञ रहेको बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारसंग पूर्वराजा शाहले जनमत बढेको बारे आफुभन्दा जनता नै बढी जानकार रहेको टिप्पणी गरे ।दुई साता लामो धार्मिक भ्रमणका लागि हिजो सांझ सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्रले धरानको बराहा क्षेत्रमा महाकुम्भ मेलाको भ्रमणपछि जनतासंग प्रत्यक्ष भेटघाट गर्ने बताए । उनले जनताको निम्तोमा आफुले भ्रमण गर्न लागेको र आफुलाई बोलाएको ठाँउमा जाने जानकारी दिए ।
पूर्वराजा शाह बैशाख १ देखि धार्मिक स्थलको भ्रमण थाल्नेछन् । यसअघि उनको स्वागतका लागि बारा, पर्सा जिल्लाका विभिन्न स्थानबाट राष्ट्रबादी र राजसंस्थाको समर्थक सर्वसाधारणले स्वागत गरेका थिए
।
अर्घाखाँची, चैत २९ - सडक निर्माण गर्ने क्रममा अर्घाखाँचीको ठाडामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।सितापुरबाट सडक निर्माणका लागि बाटो पिच गर्ने अलकत्रा लिएर जाँदै गरेको लु २ त ८८९८ नम्बरको ट्रयाक्टर ठाडा २ रिपाहामा दुर्घटना हुँदा दाङ जिल्ला गोबरडिहा गाविस १ का ३१ वर्षका रामु बोटेको ज्यान गएको स्थानीय लेखनाथ पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक बोटेको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ज्यान गएको हो ।
काठमाडौ, चैत्र २८ - दुई वर्षदेखि बेपत्ता छोरीमैयाँ महर्जनबारे काठमाडौं जिल्ला अदालतले गर्ने भनेको अन्तिम सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । महिनौं कुरेपछि फैसला सुन्न अदालत पुगेका परिवारजन, आफन्त र छिमेकी इजलास छिर्न लागेपछि मुद्दा सरेको जानकारी दिइयो ।
'न्यायाधीश विदेशमा गएका छन् रेे,' निराश भएकी छोरी सुधाले भनिन्, 'जे पनि भन्दा रहेछन्, अदालतको कुरो कहिल्यै बुझ्न सकिएन ।' जिल्ला अदालतको ३ नम्बर इजलासका न्यायाधीश राजेशकुमार काफ्लेको जिम्मामा छोरीमैयाँको मुद्दा छ । फैसला हुने दिन काफ्ले कहिले गोष्ठीमा र विदेश तथा कहिले बिदा बस्ने गरेकाले अदालत धाउनु मात्रै परेको सुधा बताउँछिन् ।
उक्त मुद्दा दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । विभिन्न कारण देखाएर सुनुवाइ र फैसला पर सर्दै आएको गुनासो परिवारको छ । सुरुमा तत्कालीन एक नम्बर न्यायाधीश बालकृष्ण उप्रेतीले हेर्दै आएका थिए । उनकै इजलासले गत भदौ २० मा फैसला सुनाउने निर्णय पनि गरेको थियो । निर्णय सुनाउनुअघि नै न्यायाधीशहरूको सरुवा भयो । उप्रेतीलगायत जिल्ला अदालतका सबै न्यायाधीश सरुवा भए ।
नयाँ न्यायाधीशलाई फाइल र कागजात बुझ्नै समय लाग्यो । कसले कुन मुद्दा हेर्ने भन्ने तय भइनसकेको भनेर अदालतले लामो समयसम्म फैसला मिति तोकेन । अन्ततः काफ्लेको इजलासलाई मुद्दा आएपछि छिट्टै फैसला हुने आसा पलाएको सुधाले बताइन् ।
छोरीमैयाँ ०६८ फागुन १६ गतेदेखि बेपत्ता छिन् । उनी तन्ना, महिलाका कपडा, चकटी, पर्दालगायत घरेलु प्रयोजनका कपडाका सामग्री बनाउने व्यवसाय गर्दै आएकी थिइन् । बिहानै जैशीदेवलस्थित घरबाट निस्केर बानेश्वरस्थित उनकी साथी निक्की भनिने सुरक्षा सिंहकामा हिंडेकी थिइन् । छोरीमैयाँले तयार पारेका कपडा सिंहले बिक्री गरिदिन्थिन् । उनी ढुकुटी खेलाउँथिन् र आपत् परेका बेला छोरीमैयाँसँग सापटी पनि लिन्थिन् । महर्जन परिवारका अनुसार पति शिवकृष्णले राष्ट्र बैंकको शाखा अधिकृत पदबाट अवकाश पाउँदा जम्मा भएको ४३ र व्यवसायबाट आर्जित ७ गरी ५० लाख रुपैयाँ निक्कीलाई उनले दिएकी थिइन् ।
सुधाको पढाइका लागि उनलाई पैसा चाहिएको थियो । तर निकै ताकेता गर्दा पनि निक्कीले पैसा फर्काएकी थिइनन् । बेपत्ता भएको दिन पनि छोरीमैयाँ त्यही पैसा लिन भनेर निक्कीकामा जान बिहान ८ बजे घरबाट निस्किन् । निक्कीको घरमा पुगेको केहीबेरपछि छोरीमैयाँको मोबाइल स्विचअफ भयो । त्यसयता बेपत्ता उनलाई निक्कीले नै बेपत्ता बनाएको किटानी जाहेरी महर्जन परिवारले दिएको थियो । जिल्ला अदालतका तत्कालीन न्यायाधीश उप्रेतीले १ लाख धरौटीमा निक्कीलाई छाड्ने आदेश दिएका थिए ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा सुप्रिम कमान्डर पुष्पकमल दाहालपुत्री ज्ञानु केसी दाहालको अघिल्लो साता क्यान्सर रोगका कारण अल्पायुमै निधन भयो। यस दु:खद घडीमा दाहालले आँखाबाट आँसु झारेको देखियो। सम्भवत: सर्वसाधारण नेपालीले आफ्ना महान् क्रान्तिकारी नेताका आँखाबाट पहिलोपटक आँसु झरेको देखेका हुन् !
सामान्यत: जो कसैका प्रियजन वा परिवारका सदस्यको निधनमा दु:ख व्यक्त गर्दै आँसु खसाल्दा प्रतिक्रिया वा टिप्पणीको विषय बन्दैन तर दाहालले आफ्नी छोरीको निधनमा दु:खभाव प्रकट गर्दै आँखाबाट आँसु खसालेको दृश्य चर्चा र टिप्पणीको विषय बन्न पुगेको छ। दाहालले छोरीको वियोगमा भावुक बनेको, दु:खको अनुभूति गरेर आँखाबाट आँसु खसालेको विषयले सामाजिक सञ्जालमा राम्रै स्थान पायो।
‘अब पनि दाहालजीले १७ हजार सन्तानका परिवारले कसरी चित्त बुझाउँछन् हेर्नु छ। त्यसैले सबै अपराधीलाई सत्य निरूपण तथा मेलमिलाप आयोग नामको एउटै टोकरीमा हालेर उन्मुक्ति दिने विचारमा हुनुहुन्छ भने अब विचार गर्नुस्, ती १७ हजार नेपालीको आँसुको भलले अर्को चुनाउमा शून्यमा झर्ने गरी बगाउला नि !
अर्काका छोराछोरीलाई दसैंको खसी झैं काट्दै माओवादी जिन्दावाद भन्दै हिँड्दा उनीहरूका बाआमा, दाइभाइ, पत्नी, छोराछोरी कति रोए होलान् दाहालजी !
मृत्यु अनिवार्य सत्य हो र यो दु:खद हुन्छ। दुनियाँका छोरोछोरी मारेर कथित क्रान्ति गर्ने हत्यारा दाहालको आँसुले मृतकको स्वर्गको बाटो अवरुद्ध नगरोस् भन्ने कामना!’
उपरोक्त कथन पंक्तिकारका निजी विचार होइनन्, दाहालकी छोरीको निधनपछि इन्टरनेटमा आएका प्रतिनिधि प्रतिक्रिया हुन्। निश्चय नै, यसरी प्रतिक्रिया आउनुमा दाहालका नामबाट मारिएका हजारौं व्यक्तिको परिवारजनका दु:ख, पीडा, आक्रोशको अभिव्यक्ति हो।
कुनै पनि नेपाली मात्र होइन, मानवमात्रको निधनमा चेतनशील प्राणी मान्छेको जात दु:खी हुनु स्वाभाविक हो। देशका पूर्वप्रधानमन्त्री तथा संविधानसभाको तेस्रो ठूलो दल एकीकृत माओवादीको अध्यक्षलाई पुत्रीशोकमा उहाँप्रति सहानुभूति एवम् समवेदना भाव प्रकट गर्नु मानवीय संस्कार एवम् शिष्टाचारको विषय हो।
पंक्तिकार पनि यस लोकप्रिय दैनिकमार्फत अध्यक्ष दाहालप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलि प्रकट गर्छु। दाहालपुत्री ज्ञानुको दु:खदायी निधनमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै दाहालसहित परिवारजनप्रति समवेदना प्रकट गर्छ।
सामान्य मानिसलाई आफ्नो प्रियजन वा परिवारका सदस्यको निधनमा पीडित बन्नु, दु:खी हुनु, रुनु, आँसु झार्नु आदिलाई स्वाभाविक मानिन्छ। दुई थरी मानिस मात्र अरूको निधनमा दु:ख वा पीडाबोध गर्दैनन् असामान्य वा मानसिक सन्तुलन बिग्रिएका, मानसिक अपांगता भएका।
मानव प्राण, मन र बुद्धिविवेक परमात्माको अंश हो, हाम्रो लक्ष्य प्रभुकै शरणागति हो, जीवन दु:ख हो, मृत्यु मुक्ति हो भन्ने विषयमा आस्था एवम् विश्वास राख्ने ज्ञानी, महापुरुष र सन्तहरू मानिसको मृत्युमा दु:खी हुँदैनन्। सामान्य मानिसको निधनमा दु:ख त हुन्छ भने आफ्नो सन्तानको निधन अझ दु:खदायी हुन्छ, त्यसमा पनि अल्पायुमा हुने मृत्युले दिने पीडा अझ बढी हुन्छ।
दाहालजीले छोरीको निधनमा पिताजीको हैसियतमा रुनु, आँसु खसाल्नु वा पीडा महसुस गर्नु स्वाभाविक हो। तर दु:खको यस घडीमा सर्वसाधारणले विगतमा उनको नामबाट हजारौं नेपाली मारिँदा उनले किन गौरव महसुस गरे? आज छोरीको निधनमा व्यक्त प्रेम, करुणा, र पीडाभावको बोध सर्वसाधारणका छोरी मारिँदा किन भएन? यही प्रश्नमा सर्वसाधारणले अहिले दाहालको पीडाबोधमा स्वाभाविक प्रतिक्रिया र अभिव्यक्ति दिएका हुन्।
विगतमा सधैं दाहाल नाम उग्रताको पर्याय बन्यो। प्रचण्ड भन्नेबित्तिकै उग्रता, रौद्रता, त्रास, डर आतंक, हिंसा र हत्याको प्रतीक बन्यो।
उनैको पथमा हिँडेर, उनकै व्यक्तित्व, नाम र निर्देशनमा १७ हजार नेपाली मारिँदा उनमा कहिल्यै दु:ख, पीडा, करुणा र प्रेमभाव प्रकट भएको देखिएन। फगत आफ्नी छोरीको मृत्युमा उनमा दु:ख र पीडाको अनुभूति देखियो।
देशको कल्याण र जनताको सुख र मुक्तिका लागि क्रान्ति गरेको भन्ने क्रान्तिकारी नेताले सर्वसाधारणका छोराछोरीलाई पनि आफ्नै सन्तान सम्झनुपर्ने हो।
इमानदार नेताले आफ्ना सन्तान र सर्वसाधारणका छोराछोरीमा कुनै भेद्भाव गर्दैनन् र त उनीहरू राजनेता कहलिन्छन् तर हामीकहाँ नेताकै अभाव भो राजनेता त टाढाको कुरा।
कमरेड दाहाल आफूले सुरु गरेको हिंसा वा हतियारको राजनीतिलाई उचित थियो भन्ने पुष्टि गर्न आफूले मात्र हिंसाको राजनीति नगरेको, विगतमा कांग्रेसले पनि हतियार उठाएको थियो, बन्दुक हानेको थियो, बम पड्काएको थियो भन्ने कुरा बरोबर उठाउने गर्नुहुन्छ र माओवादी हिंसात्मक विद्रोहलाई गौरवशाली क्रान्तिको संज्ञा दिन रुचाउनु हुन्छ। तपाइँले अधिनायकवादी जनवादी सत्ता स्थापना गर्छु भनेर हतियार उठाउनुभएको थियो। त्यसो गर्न असफल हुनु भो र हतियार फालेर संसदीय राजनीतिकै धारमा आउन बाध्य हुनुभयो।
निश्चय नै, नेपाली कांग्रेसले विगतमा सशस्त्र क्रान्ति गरेको थियो। कांग्रेसले सशस्त्र क्रान्ति गर्न हुन्यो वा हुन्नथ्यो त्यो पनि विवादको विषय हुन सक्ला तर दाहालजी तपाइँले जस्तो जनताका बीचमा आफ्ना विचार लिएर जान पाउने, संगठन गर्न पाउने, मानव अधिकार र स्वतन्त्रता भएको प्रजातन्त्रको कालको खुला वातावरणको फाइदा उठाउँदै, बहुदलीय प्रजातन्त्रविरुद्धमा सशस्त्र विद्रोहको नेतृत्व गर्नुभएको थियो।
कांग्रेसले राणाशासनजस्तो कठोर र निरंकुश कालमा जनताको मुक्तिका लागि, प्रजातन्त्रका लागि सशस्त्र क्रान्ति गरेको थियो। त्यो क्रान्तिमा कांग्रेसका कार्यकर्ता, मुक्ति सेना र राणाको सेनाका बीच युद्धका क्रममा प्रतिकारमा परेर मारिनेबाहेक निहत्था जनता एकजना पनि मारिएनन्। तर तपाइँले सयौं निहत्था जनतालाई क्रूरतापूर्वक मार्नुभयो।
तपाइँको नेतृत्वमा भएको कथित जनक्रान्तिका दौरान तपाइँकै निर्देशनमा तपाइँका बफादार कार्यकर्ता र फौजले विद्यालयमा पढाइरहेका शिक्षकलाई कक्षाकोठाबाट घिसार्दै लगेर अबोध विद्यार्थीसामुन्ने रुखमा पाता कसेर बाँधेर हातखुट्टा भाँचेर लामो यातनापछि गोली ठोकेर मार्दा त्यसबेला तपाइँको आँखाबाट आँसु झरेन, क्याबात कमरेड भन्दै आफ्ना कार्यकर्ताको पिठ थप्थपाउनु भयो।
चितवनको बाँदरमुढेमा गुडिरहेको बसमा बम पड्काएर बालबालिका, महिला र स्थानीय किसानसहित दर्जनौं सर्वसाधारणलाई क्रूरतापूर्वक हत्या गर्दा तपाइँको शिर गौरवले उँचो भयो। क्रान्तिका नाममा गुडिरहेको बसमा आगो लगाएर मान्छे मार्दा मर्नेप्रति अलिकति प्रनि प्रेमभाव देखिएन।
सुराकी गरेको आरोपमा निहत्था मानिसलाई नियन्त्रणमा लिएर उसलाई गाड्ने खाल्टो उसैलाई खन्न लगाई जिउँदै पुर्दा तपाइँको मनमा ती पुरिने नेपाली आमाका सपूतप्रति करुणा जागेन। पतिपत्नी सुतिरहेको ठाउँमा मध्यरातमा सशस्त्र जत्था घरको ढोका फोरेर घरभित्र पसेर पतिलाई घिसार्दै आँगनमा लगेर पत्नीकै सामुन्ने पतिलाई छप्काएर मारेपछि पत्नीलाई खाना पकाउन बाध्य पारेको आततायी घटनाको कल्पनासम्म गर्न सकिन्न, त्यो छटनाले पनि तपाइँको ढुंगाजस्तो कठोर क्रान्तिकारी मन छोएन।
यी यस्ता घटना त प्रतिनिधि मात्र हुन्। तपाइँकै दाहाल नामबाट करिब १७ हजार नेपाली आमाका सपूत मारिए, हजारौं बिधुवा भए, हजारौं अपांग भए, घाइते र विस्थापितको कुरै नगरौं। तीनका परिवारजन र सन्तानको आँखाबाट कति आँसु बग्यो होला? तपाइँका आँखाबाट एक थोपा आँसु खसेन, बरू त्यसबेला तपाइँ भारतको कुनै सुरक्षित ठाउँमा बसेर महान् क्रान्तिको सफलता र देशको सत्ता कब्जा गर्ने र राष्ट्रपति बन्ने सपना देख्दै गौरवले शिर ठाडो बनाएर समयको प्रतीक्षा गरेर बस्दै हुनुहुन्थ्यो होला। तर आज, आफ्नी प्रिय छोरीको निधनमा त तपाइँका आँखामा पनि आँसु खस्दो रहेछ दाहाल कमरेड?
२७ चैत, नवलपरासी
दिव्यपुरी–७ चौधरी गु्रप अगाडी राजमार्गमा चैत २६ गते २१:३० बजे लु.१ च ८६ नम्वरको जीपले ना.३६ प २८९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ चालक तनहुँ जिल्ला घर भएका ४५ बर्षीय बिष्णु बहादुर थापा र मोटरसाइकल पछाडी बसी यात्रा गर्ने गैडाकोट–१ बस्ने टंक राज गोतामेको मृत्यु भएको छ ।
दुर्घटनामा थापाको घटनास्थलमै मृत्यु भएको थियो भने गोतामेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारकै क्रममा मृत्यु भएको थियो । फरार जीप चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
दिव्यपुरी–७ चौधरी गु्रप अगाडी राजमार्गमा चैत २६ गते २१:३० बजे लु.१ च ८६ नम्वरको जीपले ना.३६ प २८९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ चालक तनहुँ जिल्ला घर भएका ४५ बर्षीय बिष्णु बहादुर थापा र मोटरसाइकल पछाडी बसी यात्रा गर्ने गैडाकोट–१ बस्ने टंक राज गोतामेको मृत्यु भएको छ ।दुर्घटनामा थापाको घटनास्थलमै मृत्यु भएको थियो भने गोतामेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारकै क्रममा मृत्यु भएको थियो । फरार जीप चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
काठमाडौं- नक्कली हस्त-लिखित नेपाली राहदानी (नन्-एमआरपी) फेला पर्ने क्रम प्रत्येक बर्ष सतप्रतिशतले वृद्धी भइरहेको छ। नागरिकन्युजले अध्यागमन विभागबाट फेला पारेको आंकडा अनुसार नन-मेिसन रिडेबल पासपोर्ट (हस्त-लिखित राहदानी) भिसाको संख्या सन् २०१२ मा ४८५ थियो भने २०१३ मा ८७३ फेला परेको छ। प्रायः अरब मुलुकबाट रोजगारी सकेर फर्कने यस्तो नक्कली राहदानीसहित फेला परेका छन्।
"प्रायः विदेशबाट रोजगारी सकेर नेपाल फर्कने क्रममा पक्राउ पर्ने गरेका छन्," अध्यागमन विभागका प्रवन्ध निर्देशक शरदचन्द्र पौडेलले भने। त्रिभुवन विमानस्थलमा रहेको उपकरणले यस्ता नक्कली पासपोर्ट सजिलै पत्ता लगाउने उनले बताए। सक्कली पासपोर्टबाट फोटो झिकेर अन्य नेपाली वा भारतीय नागरिकको फोटो टाँस्ने गरेको विभागले पत्ता लगाएको छ। "सुरुको अनुसन्धानमा प्रायः फोटो फेरिएको भेटिएका छन्", पौडेलले भने,
"फोटोबाहेक कसैले जागीरका लागि जन्ममिती र पेशा पनि बदल्ने गरेका छन्।" नेपालीहरूले विदेशमा रोजगार प्राप्त गर्नका लागि आफ्नो उमेर थपघट गर्ने गरेको पनि अधिकारीहरू बताउँछन्। आवश्यकता अनुसार उमेर थपघट गर्दा रोजगार पाइने सम्भावना बढ्ने गर्दछ।
सन् २०१३ को सेप्टेम्बरमा मात्रै १५४ नक्कली राहदानी फेला परेको थियो भने डिसेम्बरमा ३७ मात्रै फेला परेको अभिलेखमा उल्लेख छ। "सबैभन्दा बढी सेप्टेम्बरमा फेला परेको छ किनभने त्यसबेला दशैंमा घर फर्कने बढी हुन्छन्," विभागका कानुन शाखाका एक अधिकारीले नागरिकन्युजलाई भने।
सोही बर्ष नक्कली भ्रमण-कागजातसाथ फेला पर्नेमा नेपाली र भारतीय नागरिकबाहेक ८ इरानी, ४ नाइजेरीयाली, ४ बंगलादेशी र १ गिनी थिए। अध्यागमन विभागले १,५१४ नक्कली राहदानीमा संलग्नको अनुसन्धान गरेको थियो जसमा फिर्ता पठाइएका र नेपाल छिर्न निषेध गरिएका विदेशी नागरिकसमेत छन्।
विभागले सन् २०११ मा नेपाली र भारतीय नागरिकबाट १३८ नक्कली नन्-मेसिन रिडेबल राहदानी जफत गरेको थियो। त्यो संख्या सन् २०१० मा ४८ मात्रै थियो।
यस्तो नक्कली राहदानीको विगविगी हुनुमा नेपाल-भारतको खुला सिमाना पनि मुख्य कारणमध्ये रहेको अध्यागमन विभागका अधिकारीहरुको ठहर छ।
"यस्तो नक्कली राहदानीको प्रयोग गरेर नेपालबाट बाहिरिने सम्भावना नरहेकोले उनीहरू भारतको दिल्ली हुँदै समुन्द्रपार जाने गर्छन् र नेपाल फर्कंदा पक्राउ पर्छन्," कानुन शाखाका रामेश्वर खनाल भन्छन्। पूर्णरूपमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) चल्न थालेपछि भने नक्कली हस्त-लिखित राहदानी हराउने खनालको दावी छ।
"एमआरपी मात्रै चल्न थालेपछि यस्तो नक्कली पासपोर्ट स्वाँट्टै घट्छ", उनी भन्छन्, "तर एमआरपीकै नक्कल गर्ने सम्भावना पनि छ।"
"प्रायः विदेशबाट रोजगारी सकेर नेपाल फर्कने क्रममा पक्राउ पर्ने गरेका छन्," अध्यागमन विभागका प्रवन्ध निर्देशक शरदचन्द्र पौडेलले भने। त्रिभुवन विमानस्थलमा रहेको उपकरणले यस्ता नक्कली पासपोर्ट सजिलै पत्ता लगाउने उनले बताए। सक्कली पासपोर्टबाट फोटो झिकेर अन्य नेपाली वा भारतीय नागरिकको फोटो टाँस्ने गरेको विभागले पत्ता लगाएको छ। "सुरुको अनुसन्धानमा प्रायः फोटो फेरिएको भेटिएका छन्", पौडेलले भने,"फोटोबाहेक कसैले जागीरका लागि जन्ममिती र पेशा पनि बदल्ने गरेका छन्।" नेपालीहरूले विदेशमा रोजगार प्राप्त गर्नका लागि आफ्नो उमेर थपघट गर्ने गरेको पनि अधिकारीहरू बताउँछन्। आवश्यकता अनुसार उमेर थपघट गर्दा रोजगार पाइने सम्भावना बढ्ने गर्दछ।
सन् २०१३ को सेप्टेम्बरमा मात्रै १५४ नक्कली राहदानी फेला परेको थियो भने डिसेम्बरमा ३७ मात्रै फेला परेको अभिलेखमा उल्लेख छ। "सबैभन्दा बढी सेप्टेम्बरमा फेला परेको छ किनभने त्यसबेला दशैंमा घर फर्कने बढी हुन्छन्," विभागका कानुन शाखाका एक अधिकारीले नागरिकन्युजलाई भने।
सोही बर्ष नक्कली भ्रमण-कागजातसाथ फेला पर्नेमा नेपाली र भारतीय नागरिकबाहेक ८ इरानी, ४ नाइजेरीयाली, ४ बंगलादेशी र १ गिनी थिए। अध्यागमन विभागले १,५१४ नक्कली राहदानीमा संलग्नको अनुसन्धान गरेको थियो जसमा फिर्ता पठाइएका र नेपाल छिर्न निषेध गरिएका विदेशी नागरिकसमेत छन्।
विभागले सन् २०११ मा नेपाली र भारतीय नागरिकबाट १३८ नक्कली नन्-मेसिन रिडेबल राहदानी जफत गरेको थियो। त्यो संख्या सन् २०१० मा ४८ मात्रै थियो।
यस्तो नक्कली राहदानीको विगविगी हुनुमा नेपाल-भारतको खुला सिमाना पनि मुख्य कारणमध्ये रहेको अध्यागमन विभागका अधिकारीहरुको ठहर छ।
"यस्तो नक्कली राहदानीको प्रयोग गरेर नेपालबाट बाहिरिने सम्भावना नरहेकोले उनीहरू भारतको दिल्ली हुँदै समुन्द्रपार जाने गर्छन् र नेपाल फर्कंदा पक्राउ पर्छन्," कानुन शाखाका रामेश्वर खनाल भन्छन्। पूर्णरूपमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) चल्न थालेपछि भने नक्कली हस्त-लिखित राहदानी हराउने खनालको दावी छ।
"एमआरपी मात्रै चल्न थालेपछि यस्तो नक्कली पासपोर्ट स्वाँट्टै घट्छ", उनी भन्छन्, "तर एमआरपीकै नक्कल गर्ने सम्भावना पनि छ।"
कपिलबस्तु, चैत्र २६ । कपिलवस्तुको धनकौली गाउं विकास समिति वडा नम्बर–१ बडिलवामा रहेको अनौठो अाँपको रुख हेर्न आउनेहरुको घुइंचो दिनानुदिन बढ्दै गएको छ । रुखमा दैवीशक्ति भएको कुरा बाहिर आए पछि त यहां पुजाआजाका लागि जिल्ला र जिल्ला बाहिरबाट आउने सर्बसाधारणको भिड नै बढेको हो ।
अदभुत रुखका हांगा बिगाहरु माथि नगई तल आई भुईमा लत्रिएको र भुई छोएर फेरी माथि फर्किएका छन् । करिव डेढ सय बर्ष पुरानो एउटै आँपको रुखमा तीन किसिमको आँप फल्ने गरेको स्थानीयको भनाई छ ।
उक्त रुख पटक पटक काट्ने प्रयास गर्दा पनि कसैले पनि काट्न नसकेको स्थानियहरु बताउंछन । रुख काट्न खोज्दा अकस्मात मौरी आई टोक्न थाल्ने, रुख काट्नेहरु बिहोस हुने गरेपछि रुखप्रति स्थानीयको आस्था झनै बढ्दै गएको स्थानिय जगदिश बरई बताउँछन् ।
रुखमा दैवीशक्ति रहेको भन्दै गाउंलेले रुखको पूर्वपट्टी समयमाई स्थान बनाई पुजाआजा गर्न थालेका छन् । त्यसै गरी रुखको पश्चिम तर्फ मुस्लिम समुदायको मजार छ ।
त्यहाँ ईस्लाम धर्मावलम्बीले पुजा प्रार्थना र भाकल गर्ने गरेका छन । अनौठो आपको रुखमा हिन्दु र मुस्लिम दुबै धर्माबलम्बीको विश्वास रहे पनि सो स्थानको संरक्षण र सम्वद्र्धनमा स्थानिय निकायको ध्यान नगएको स्थानियहरुले गुनासो पोख्ने गरेका छन ।
अदभुत रुखका हांगा बिगाहरु माथि नगई तल आई भुईमा लत्रिएको र भुई छोएर फेरी माथि फर्किएका छन् । करिव डेढ सय बर्ष पुरानो एउटै आँपको रुखमा तीन किसिमको आँप फल्ने गरेको स्थानीयको भनाई छ ।उक्त रुख पटक पटक काट्ने प्रयास गर्दा पनि कसैले पनि काट्न नसकेको स्थानियहरु बताउंछन । रुख काट्न खोज्दा अकस्मात मौरी आई टोक्न थाल्ने, रुख काट्नेहरु बिहोस हुने गरेपछि रुखप्रति स्थानीयको आस्था झनै बढ्दै गएको स्थानिय जगदिश बरई बताउँछन् ।
रुखमा दैवीशक्ति रहेको भन्दै गाउंलेले रुखको पूर्वपट्टी समयमाई स्थान बनाई पुजाआजा गर्न थालेका छन् । त्यसै गरी रुखको पश्चिम तर्फ मुस्लिम समुदायको मजार छ ।
त्यहाँ ईस्लाम धर्मावलम्बीले पुजा प्रार्थना र भाकल गर्ने गरेका छन । अनौठो आपको रुखमा हिन्दु र मुस्लिम दुबै धर्माबलम्बीको विश्वास रहे पनि सो स्थानको संरक्षण र सम्वद्र्धनमा स्थानिय निकायको ध्यान नगएको स्थानियहरुले गुनासो पोख्ने गरेका छन ।
![]() |
| श्रोत गुल्मी न्युज |

.jpg)

.gif)

.png)