महोत्तरीको बर्दिवासस्थित मुख्य चोकमा रहेको चौधरी मार्केट अगाडि विगत एक महिनादेखि केही हट्टाकट्टा युवाहरु हातमा बेल्चा र गौची लिएर खन्दै गरेको भेटिन्थे, देख्दा लाग्थौ ती परिश्रमी युवाहरु थिए। तर, आफ्नो लागि नभएर
उनीहरु हाकिमको आदेशको पालना गर्दै थिए, ती थिए नेपाल प्रहरीका बाहालवाला कर्मचारीहरु।
केही दिन यता ती प्रहरीको जवानको काम थियो बर्दिवासस्थित चौधरी मार्केट अगाडिको थुपारीएको माटो हटाउने र मिलाउने।
धनुषाको ढल्केवरमा राजमार्ग सुरक्षाको लागि दङ्गा नियन्त्रण बेश क्याम्पका ती प्रहरी जवानहरु प्रहरी निरीक्षक रामप्रकाश चौधरीको महोत्तरीको बर्दिवास ३ स्थित मुख्य चोकमा रहेका घरको काम र सरसफाईको लागि खटिएको रहस्य खुलेको छ।
प्रहरी निरीक्षक चौधरीले ती जवानहरुलाई घरको काम र सरसफाईको लागि केही दिन यता परीचालित गर्दै आएको रहस्य खुलेको हो। चौधरीको आदेश पालना गर्दै ती बहालवाला प्रहरी जवानहरुले काम गर्दै गर्दा भेटिएका थिए। प्रहरी ऐन र नियमावलीमा प्रहरी जवानलाई कनै पनि कसैको व्यक्तीगत कामको लागि प्रयोग गर्न नपाईने भए पनि प्रहरी निरीक्षक रामप्रकाश चौधरीले ती प्रहरी जवानहरुलाई आफ्नो व्यक्तीगत कामका लागि प्रयोग गरेका हुन्।
चौधरीको काम गर्दै गर्दा भेटिएका प्रहरी जवान अभिनास सिंहले आफूहरु प्रहरी नभई वाल्मिकी युवा क्लव जनकपुरका सदस्य भएको र आफन्तका कामको लागि जनकपुरबाट यहाँ आएर सहयोग गरेको भन्दै आफ्नो बचाँउ गरेका थिए। काम गर्दै गरेको फोटो संचारकर्मीहरुले खिच्न र सोधखोज गर्न थालेपछी काम गर्दै आएका उनीहरु केही समय नबित्दै काम छोडेर लाखा पाँखा लागेका थिए।
काम छाडेर हिडेका ती व्यक्तीहरुको बारेमा सोधखोज गर्दै जाँदा ती ६ जना दङ्गा नियन्त्रण बेश क्याम्प ढल्केवरमा कार्यरत प्रहरी जवान भएको बुझीएको छ। चौधरीले घरको कामको लागि दैनिक जसो ढल्केवरबाट प्रहरी जवानहरुलाई बर्दिवासस्थित घरमा पठाई काम लगाँउदै आएका थिए।
यस बिषयमा प्रनि चौधरीले घर अगाडि नाला निमार्ण भईरहेको र ठेकेदारहरुले काम नगरेकाले आफूले काम लगाएको स्वीकार गरेका छन्।
यस घटनाको सम्बन्धमा बिस्तृत बुझ्न खोज्दा प्रनि चोधरीले केही बताउन चाँहेनन्। नेपाल सरकारको कर्मचारीलाई कुनै हाकिमले व्यक्तिगत कामको लागि घरमा प्रयोग गर्न नपाउने त्यसमा पनि घरमा ल्याएर काम गराउनु श्रम शोषण भएको प्रहरीका एक जिम्मेवार उच्च अधिकारीले बताए।
त्यसमा पनि प्रहरी संगठनमा झनै नपाईने भन्दै यो प्रहरी ऐन नियम बिपरीत भएको उनले बताए। उनका अनुसार ऐनमा त्यस किसीमको बिशेष व्यस्थामा नभएपनी प्रहरी प्रधान कार्यालयबाट बेलामौकामा हुने परीपत्रमा प्रहरी जवानलाई कुनै पनी उच्च अधिकृतले त्यस किसिमको घरायसी कामको लागि प्रयोग गर्न नपाईने र गराएको पाईएमा कारवाही हुने सम्मको आदेश भएको ती उच्च जिम्मेवार प्रहरी अधिकृतले बताए।
यस बिषयमा मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले घटनाको सम्बन्धमा आफूले बुझ्ने बताए। दङ्गा नियन्त्रण बेश क्याम्प ढल्केवरमा प्रहरी निरीक्षक चौधरीको नेतृत्वमा हाल ६० जना प्रहरी रहेका छन्।
राजमार्ग सुरक्षा तथा बन्दहडताल नियन्त्रणको लागि उक्त बेशक्याम्प राखिएको हो। आफू खटिएको स्थानमा शान्ति–सुव्यवस्था कायम गर्न हरहमेशा ड्य्टीमा रहनु पर्ने नेपाल प्रहरीका जवानहरु यदी प्रहरी कै घरायसी काममा र प्रहरीबाटै श्रमशोषणमा पर्दा रहेछन्।

![]() |
| श्रोत गुल्मी न्युज |

सुदूर र मध्यपश्चिमका जंगलमा बस्ने राउटेमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिएको छ।
‘मोबाइल चाहिए पनि के गर्ने, वनमा चार्ज गर्नै मिल्दैन’ भन्ने राउटे समुदायका सल्लाहकार ऐनबहादुर शाही (५०) को भनाइले उनलाई मोबाइलको आवश्यकता बोध भएको देखाउँछ।
गत महीनादेखि जिल्ला वन कार्यालयबाट वीरबहादुर शाही, डिलबहादुर शाही, सूर्यबहादुर शाहीसँगै ‘वन हेरालु’ बनेका उनले वनमा आगो लागेको वा फँडानी हुँदै गरेको देख्दा मोबाइल भए खबर गर्न सजिलो हुने पनि बताए। तर, चार्ज गर्न बजार पुग्नुपर्ने र आवाजले शिकार उम्किने भएकाले तत्काल मोबाइल लिने रुचि नभएको उनको भनाइ छ।
परिवर्तन आउँदैछ
मध्यपश्चिम र सुदूरपश्चिमका जंगलमा बस्ने राउटेहरूको जीवनशैलीमा उल्लेखनीय परिवर्तन देखिन थालेका छन्। जिल्ला वन कार्यालय सुर्खेतमा हेरालु हुन जानुले पनि उनीहरूमा आएको परिवर्तन देखाउँछ।
शिकार गरेर, आफूले बनाएका काठका भाँडासँग अन्न साटेर र मागेर जीविका चलाउँदै आएका राउटेलाई काम गर्दा सजिलोसँग जीविकोपार्जन हुने बुझाउन वन हेरालु बनाइएको जिल्ला वन कार्यालयका प्रमुख शम्भुप्रसाद चौरसिया बताउँछन्।
सामाजिकीकरण गर्न सक्दा राउटेको अस्तित्व पनि जोगिने उनको विश्वास छ। एक जनालाई मासिक रु.१० हजार तलब दिने गरी वन हेरालु बनाउन खोज्दा सबैलाई बनाउनुपर्ने माग गरेपछि चार जनालाई मासिक रु.२५०० पाउने गरी २१ फागुनमा वन हेरालु बनाइएको थियो।
जंगलमा बस्ने भएकाले धेरै पानी पर्दा वा चर्को घाम लाग्दा अरूभन्दा राउटेहरूले बढी समस्या भोग्छन्। ती समस्याबाट बच्ने उपाय सिकाउन जिल्ला वन कार्यालयले ४० जना राउटेलाई केही महीना अघि दुईदिने तालिम दिएको थियो।
तालिममा वन मासिंदा वातावरण बिग्रिने र त्यसले आफैंलाई अप्ठ्यारो हुने बुझेपछि उनीहरू अहिले काँचा रूख नकाट्ने, जंगलमा आगो लाग्दा निभाउने र गाउँलेलाई पनि रूख काट्न नदिने बताउन थालेका छन्।
बाध्यताले परिवर्तन
आफूले बनाएका काठका भाँडा बिक्री हुन र वनमा बाँदर पाउन छाडेकाले खान समस्या परेको मुखिया बीरबहादुर शाहीको भनाइ छ। सरकारले दिंदै आएको खाद्यान्न पनि धेरैले रक्सीसँग साट्ने गरेकाले भोको पेट दिन बिताउनु परेको उनी बताउँछन्।
तर, अरूले लगाएको देखेर उनीहरू मागेर जुत्ता, चप्पल लगाउन थालेका छन् भने औषधि र नुहाउने साबुन पनि माग्न थालेका छन्।
सुर्खेतको जंगलमा राउटे बस्ती । तस्वीरहरु: यामकुमारी कँडेल
खोजेका वस्तु दिने हो भने राउटेहरूलाई सामाजिकीकरण गर्न सकिने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख टंक चापागाईंको विश्वास छ। वार्षिक रु.२० हजार पाउने गरी स्वास्थ्य स्वयंसेवक बस्न कुनै राउटे तयार नभए पनि जनस्वास्थ्यबाट खटिएका स्वयंसेविकाबाट जाँच गराउन मानेको उनले बताए।
औषधि खाँदा रोग निको हुने बुझन थालेकोले जँचाउन र औषधि खान उनीहरू तयार भएको उनको भनाइ छ। राउटेहरूको संरक्षण र स्वास्थ्य सुरक्षाका लागि ‘जिल्ला जनस्वास्थ्य समन्वय समिति’ ले यो वर्ष छुट्याएको रु.१ लाख ५० हजार स्वयंसेवक बनाएर भत्ता दिन, स्वास्थ्य जाँच र औषधिका लागि खर्च गरिने चापागाई बताउँछन्।
राउटेलाई आर्थिक सहयोग पुर्या उन जिल्ला वन कार्यालयको समन्वयमा वीरेन्द्रनगरमा ‘राउटे सामग्री खरीद बिक्री केन्द्र’ स्थापना गरिंदैछ। त्यो केन्द्र खुलेपछि राउटेहरूले बनाएका वस्तु सजिलोसँग बिक्री हुने र त्यसले उनीहरूमा आर्थिक महत्वाकांक्षा बढाउने वन कार्यालय सुर्खेतका प्रमुख चौरसिया बताउँछन्।
वन हेरालु बनेका राउटेहरूलाई नगदको साटो चेक दिएर ब्याङ्क जानुपर्ने बनाएको पनि उनको भनाइ छ। ‘चेक साट्न ब्याङ्क जाँदा धेरै कुरा थाहा पाउने भएकाले त्यो तरिका अपनाइएको हो’ चौरसिया भन्छन्।
राउटेहरूलाई समाजमा घुलमिल गराउन चलचित्रकी नायिका रेखा थापाले चार जना राउटे बालबालिकालाई काठमाडौं पुर्यााएर विद्यालय भर्ना गरिदिएकी छिन्। सुर्खेतको गढी गाविसमा गाडीको ठक्करबाट मृत्यु भएका राउटे युवा सुरेन्द्रबहादुरको परिवारले जिल्ला प्रशासन कार्यालय मार्फत रु.५ लाख क्षतिपूर्ति लिएको थियो।
तर, राउटेका पूर्व मुखिया मैनबहादुर शाही भने पुर्खादेखिको चालचलन छाड्न नसकिने भएकाले समाजमा घुलमिल हुन गाह्रो हुने बताउँछन्। छोराछोरीलाई पढ्न र जागीर खान पठाउन पनि अहिले नसकिने उनको भनाइ छ।
‘मोबाइल चाहिए पनि के गर्ने, वनमा चार्ज गर्नै मिल्दैन’ भन्ने राउटे समुदायका सल्लाहकार ऐनबहादुर शाही (५०) को भनाइले उनलाई मोबाइलको आवश्यकता बोध भएको देखाउँछ।
गत महीनादेखि जिल्ला वन कार्यालयबाट वीरबहादुर शाही, डिलबहादुर शाही, सूर्यबहादुर शाहीसँगै ‘वन हेरालु’ बनेका उनले वनमा आगो लागेको वा फँडानी हुँदै गरेको देख्दा मोबाइल भए खबर गर्न सजिलो हुने पनि बताए। तर, चार्ज गर्न बजार पुग्नुपर्ने र आवाजले शिकार उम्किने भएकाले तत्काल मोबाइल लिने रुचि नभएको उनको भनाइ छ।
परिवर्तन आउँदैछ
मध्यपश्चिम र सुदूरपश्चिमका जंगलमा बस्ने राउटेहरूको जीवनशैलीमा उल्लेखनीय परिवर्तन देखिन थालेका छन्। जिल्ला वन कार्यालय सुर्खेतमा हेरालु हुन जानुले पनि उनीहरूमा आएको परिवर्तन देखाउँछ।
शिकार गरेर, आफूले बनाएका काठका भाँडासँग अन्न साटेर र मागेर जीविका चलाउँदै आएका राउटेलाई काम गर्दा सजिलोसँग जीविकोपार्जन हुने बुझाउन वन हेरालु बनाइएको जिल्ला वन कार्यालयका प्रमुख शम्भुप्रसाद चौरसिया बताउँछन्।
सामाजिकीकरण गर्न सक्दा राउटेको अस्तित्व पनि जोगिने उनको विश्वास छ। एक जनालाई मासिक रु.१० हजार तलब दिने गरी वन हेरालु बनाउन खोज्दा सबैलाई बनाउनुपर्ने माग गरेपछि चार जनालाई मासिक रु.२५०० पाउने गरी २१ फागुनमा वन हेरालु बनाइएको थियो।
जंगलमा बस्ने भएकाले धेरै पानी पर्दा वा चर्को घाम लाग्दा अरूभन्दा राउटेहरूले बढी समस्या भोग्छन्। ती समस्याबाट बच्ने उपाय सिकाउन जिल्ला वन कार्यालयले ४० जना राउटेलाई केही महीना अघि दुईदिने तालिम दिएको थियो।
तालिममा वन मासिंदा वातावरण बिग्रिने र त्यसले आफैंलाई अप्ठ्यारो हुने बुझेपछि उनीहरू अहिले काँचा रूख नकाट्ने, जंगलमा आगो लाग्दा निभाउने र गाउँलेलाई पनि रूख काट्न नदिने बताउन थालेका छन्।
बाध्यताले परिवर्तन
आफूले बनाएका काठका भाँडा बिक्री हुन र वनमा बाँदर पाउन छाडेकाले खान समस्या परेको मुखिया बीरबहादुर शाहीको भनाइ छ। सरकारले दिंदै आएको खाद्यान्न पनि धेरैले रक्सीसँग साट्ने गरेकाले भोको पेट दिन बिताउनु परेको उनी बताउँछन्।
तर, अरूले लगाएको देखेर उनीहरू मागेर जुत्ता, चप्पल लगाउन थालेका छन् भने औषधि र नुहाउने साबुन पनि माग्न थालेका छन्।
सुर्खेतको जंगलमा राउटे बस्ती । तस्वीरहरु: यामकुमारी कँडेलखोजेका वस्तु दिने हो भने राउटेहरूलाई सामाजिकीकरण गर्न सकिने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख टंक चापागाईंको विश्वास छ। वार्षिक रु.२० हजार पाउने गरी स्वास्थ्य स्वयंसेवक बस्न कुनै राउटे तयार नभए पनि जनस्वास्थ्यबाट खटिएका स्वयंसेविकाबाट जाँच गराउन मानेको उनले बताए।
औषधि खाँदा रोग निको हुने बुझन थालेकोले जँचाउन र औषधि खान उनीहरू तयार भएको उनको भनाइ छ। राउटेहरूको संरक्षण र स्वास्थ्य सुरक्षाका लागि ‘जिल्ला जनस्वास्थ्य समन्वय समिति’ ले यो वर्ष छुट्याएको रु.१ लाख ५० हजार स्वयंसेवक बनाएर भत्ता दिन, स्वास्थ्य जाँच र औषधिका लागि खर्च गरिने चापागाई बताउँछन्।
राउटेलाई आर्थिक सहयोग पुर्या उन जिल्ला वन कार्यालयको समन्वयमा वीरेन्द्रनगरमा ‘राउटे सामग्री खरीद बिक्री केन्द्र’ स्थापना गरिंदैछ। त्यो केन्द्र खुलेपछि राउटेहरूले बनाएका वस्तु सजिलोसँग बिक्री हुने र त्यसले उनीहरूमा आर्थिक महत्वाकांक्षा बढाउने वन कार्यालय सुर्खेतका प्रमुख चौरसिया बताउँछन्।
वन हेरालु बनेका राउटेहरूलाई नगदको साटो चेक दिएर ब्याङ्क जानुपर्ने बनाएको पनि उनको भनाइ छ। ‘चेक साट्न ब्याङ्क जाँदा धेरै कुरा थाहा पाउने भएकाले त्यो तरिका अपनाइएको हो’ चौरसिया भन्छन्।
राउटेहरूलाई समाजमा घुलमिल गराउन चलचित्रकी नायिका रेखा थापाले चार जना राउटे बालबालिकालाई काठमाडौं पुर्यााएर विद्यालय भर्ना गरिदिएकी छिन्। सुर्खेतको गढी गाविसमा गाडीको ठक्करबाट मृत्यु भएका राउटे युवा सुरेन्द्रबहादुरको परिवारले जिल्ला प्रशासन कार्यालय मार्फत रु.५ लाख क्षतिपूर्ति लिएको थियो।
तर, राउटेका पूर्व मुखिया मैनबहादुर शाही भने पुर्खादेखिको चालचलन छाड्न नसकिने भएकाले समाजमा घुलमिल हुन गाह्रो हुने बताउँछन्। छोराछोरीलाई पढ्न र जागीर खान पठाउन पनि अहिले नसकिने उनको भनाइ छ।
काठमाडौ, चैत्र २३ - पूर्वयुवराज पारस शाहले नेपाल छाडेको ठ्याक्कै साढे तीन वर्ष भयो । २०६७ साल भदौ ११ गतेका दिन नेपाल छाडेर सिंगापुर उडेका पारस त्यसयता एकपटक पनि स्वदेश आएका छैनन् । काठमाडौंबाट सोझै सिंगापुर उडेका पारस त्यहाँबाट थाइल्यान्ड हान्निएका थिए । थाइल्यान्ड बसाइ उनका लागि सुखद रहेन । थाइल्यान्डको फुकेटमा लागू औषधसहित पक्राउ परेपछि उनका अफ्ठ्यारा दिन प्रारम्भ भएका थिए । गिरफ्तारीमा परेपछि उनलाई काठमाडौंमा रहेका परिवारका सदस्यले पूरै बेवास्ता गरे । स्थिति कतिसम्म दयनीय थियो भने पूर्व युवराज पारस बेखर्चीसमेत भए । त्यसक्रममै उनलाई भारतीय मूलका जस्ता देखिने केही व्यक्तिले लगातार पिछा गरिरहे । थाईल्यान्ड सरकारलाई नेपाली राजदूतावासमार्फत जीवनमाथि नै असुरक्षा उत्पन्न भएको निवेदन दिएपछि उनी पिछा गर्नेहरूबाट मुक्त त भए, तर स्वास्थ्यले उनलाई धोका दियो । विगतमा चुरोट र गाँजाका अम्मली पारसलाई बैंककमै व्यवसाय गरेर बसिरहेका युवा उद्यमी सुनिल खड्काको निवासमा बसेका बेला हृदयाघात भयो । त्यो हृदयाघात यति खतरनाक थियो कि करिब १२ दिनसम्म उनी कोमामा रहे । करिब एक महिना लामो उपचारपछि उनी तंगि्रए । अस्पतालबाट डिस्चार्च भएको केही महिनासम्म उनी एउटा स्वास्थ्य सुधारगृहमा रहे । त्यहाँबाट पनि बिदा भएपछि यतिबेला उनी बैंककमै एउटा अपार्टमेन्टमा नेपाल फर्कने दिन पर्खेर बसिरहेका छन् ।अहिले के गर्दैछन् पारस ?
हृदयाघातको सफल उपचारपछि पारस शाहले केही महिना स्वास्थ्य सुधारगृहमा बिताएका थिए । सफल उपचारपछि पनि नियमित स्वास्थ्य परीक्षणका लागि भनेर उनलाई केही महिना सुधारगृहमा राखिएको थियो । अहिले उनी उक्त सुधारगृहमा छैनन् । पारस यतिबेला बैंककमै एउटा अपार्टमेन्टमा बस्छन् । अपार्टमेन्टमा उनको हेरचाह गर्ने जिम्मा विभिन्न सञ्चारमाध्यमहरूद्वारा प्रेमिकाका रूपमा चित्रण गरिएकी थाई युवती कन्निका चाइसानले गरिरहेकी छिन् । अहिले पनि नियमित औषधी सेवन गरिरहेका पारसलाई कन्निकाले सहयोगीका रूपमा साथ दिइरहेको बताइन्छ । पछिल्लो समय उनी आफ्नो शरीरको विशेष ख्याल गर्छन् । अपार्टमेन्ट नजिकैको एउटा क्लबमा नियमित रूपमा गल्फ खेल्छन् । प्रायः टिसर्ट र ट्राउजर लगाउन रुचाउने पारसको हरेक बिहान गल्र्फ कोर्समै बित्दै आएको छ ।
सूत्र भन्छ- फुर्सदमा इन्टरनेटमा समय बिताउने उनको बानी छ । इन्टरनेटमा उनी प्रायः नेपालका समाचार पढ्छन् । दिनको एकपटक प्रायः सबै नेपाली अनलाइन खोलेर समाचार पढेपछि उनी केही समय फेसबुकमा समेत बिताउँछन् ।
नेपाल फर्कने चाहना
पारस शाह चाँडोभन्दा चाँडो स्वदेश फर्कन चाहन्छन्, तर काठमाडौं बस्ने परिवारका सदस्यहरूले उनी अझै केही समय बैंककमै बसून् भन्ने चाहेका छन् । विगतमा जटिल प्रकृतिको हृदयाघात भैसकेका कारण उनका बुबा तथा पूर्वराजा ज्ञानेन्द्रले नै पारस अझै केही समय बैंककमै बसेर पूर्ण रूपमा स्वस्थ भएपछि मात्र स्वदेश फर्किऊन् भन्ने चाहेको एउटा स्रोतले उल्लेख गरेको छ । 'एकपटक हृदयाघात भैसकेको व्यक्तिलाई फेरि पनि नहोला भन्न सकिँदैन,' स्रोत भन्छ— 'त्यसैले परिवारका अधिकांश सदस्य, खासगरी बुवा ज्ञानेन्द्र नै छोराको स्वास्थ्यप्रति रिस्क लिन चाहँदैनन् । नेपालमा पुनः हृदयाघात भयो भने बैंककको जस्तो उपचार सम्भव नभएकाले पनि पारसलाई परिवारले अहिले नै स्वदेश आएको हेर्न चाहेको छैन ।' बुवा ज्ञानेन्द्रको हरेक कुरालाई सहर्ष स्वीकार गर्ने पारस यति बेला स्वदेश फर्कन बुवाकै अनुमति कुरिरहेका छन् । बैंककको बसाइ दिक्कलाग्दो भएकैले बुवाले अनुमति दिएको भोलिपल्टै उनी काठमाडौं फर्कन तयार भएर बसेको बताइन्छ । अर्को एउटा जानकार सूत्र भन्छ— बिमारी एउटा कारण भए पनि पूर्वराजा ज्ञानेन्द्र अझै पारसप्रति पूर्ण विश्वस्त छैनन् । पारसका कारण आफ्नो छवि फेरि बिग्रने हो कि भन्ने चिन्ता पनि उनलाई छ । त्यसैले पनि पारसले तत्काल नेपाल फर्कन पाउने 'गि्रन सिग्नल' नपाएका हुन् ।
अम्मलबाट मुक्त
विगतमा पारस सिंगापुरबाट बैंकक बसाइ सर्नुमा उनको अत्यधिक चुरोट तथा नशालु पदार्थ सेवनसँग सम्बन्धित रहेको अनुमान जो-कोहीले गरेका थिए । सिंगापुरमा चुरोटका ठुटा सडकमा फाल्नु पनि गैरकानुनी मानिन्छ, तर बैंककमा त्यही कुरा केही खुकुलो छ । चुरोट र गाँजाको अम्मलकै कारण उनी बैंकक पुगेका थिए । मदिरापानमा भने उनले विगतमा पनि खासै रुचि देखाएका थिएनन् । भनिन्छ- हृदयाघात हुनुअघि पारस चुरोट र गाँजाको प्रयोग अत्यधिक मात्रामा गर्थे । हृदयाघातको सफल उपचार भएपछि भने उनी ती दुवै कुराबाट टाढा भएका छन् । आफ्नो स्वास्थ्यप्रति सचेत पारस अहिले निकै कम अवसरमा वा कसैले धेरै नै कर गरेको खण्डमा मात्र एक-दुई प्याग मदिरापान गर्छन् । त्यसबाहेक चुरोटको तल-तल मेटाउन उनलाई चिकित्सकले इलेक्टि्रक चुरोट सेवन गर्ने अनुमति दिएका छन् । चार्ज गरेर सेवन गर्न मिल्ने इलेक्टि्रक चुरोटमा निकोटिन हुँदैन, स्वाद भने वास्तविक चुरोटको जस्तै हुन्छ । त्यसले स्वास्थ्यलाई कुनै हानि नपुर्याउने बताइन्छ ।
पारसको उद्धार
बैंककमा अज्ञात समूहले पिछा गरेपछि पारस शाह अत्यन्त तनावमा थिए । बैंककका केही नेपालीले उनलाई पिछा गर्ने समूहबाट मुक्त गराउन अनेकन प्रयास गरे । अन्ततः यो जिम्मेवारी युवा उद्यमी सुनिल खड्काको काँधमा आइपुग्यो । खड्काले आफ्नो निवासनजिकको एउटा सुपरमार्केटको पार्किङस्थलबाट पारसलाई उद्धार गरेका थिए । पारस आफू सवार कारबाट बाहिरिएर खड्काको कारमा बसेपछि उनलाई केही घण्टामै बैंककबाट २ सय किलोमिटर टाढाको फुकेट पुर्याइएको थियो । 'ज्यानको बाजी थापेर सकेसम्म स्पिडमा कार चलाउँदै फुकेट पुग्दाको क्षण वास्तवमै डरलाग्दो थियो,' खड्का भन्छन्— 'मैले पारस शाहलाई त्यही पार्किङस्थलमै पहिलो पटक भेटेको थिएँ । पहिलो भेटमा उहाँ हतासपूर्ण अवस्थामा हुनुहुन्थ्यो । हामी कारमा अघि बढेपछि मैले 'केही हुँदैन, हामी सुरक्षित स्थलसम्म पुग्छौं' भनेर सम्झाएको थिएँ ।' खड्काका अनुसार फुकेट पुगेको केही घण्टापछि उनीहरूले पुनः बैंकक फर्कने निर्णय गरे । त्यसक्रममा पारसले खड्काकै निवासमा बस्ने इच्छा व्यक्त गरेपछि उनीहरू भित्री मार्गमार्फत बैंकक पुगेका थिए । 'गत मंसिर २२ गते हृदयाघात नहुन्जेल उहाँ मेरै घरमा बस्नुभयो, खड्काका अनुसार करिब ५ महिनाको अवधिमा उनीहरूबीच दाजु-भाइको सम्बन्ध गाँसिसकेको थियो ।
सामान्य जीवनशैली
सुनिल खड्का दम्पतीले पारस शाहका लागि एउटा छुट्टै कोठा उपलब्ध गराएका थिए जहाँ पारसकी थाई सहयोगी कन्निका चाइसान पनि सँगै बस्थिन् । खड्काको निवासमा बिताएको करिब ५ महिनाको अवधिमा पारस मुस्किलले एक-दुई पटकमात्र घरबाट बाहिर निस्किए । गि्रन टीका पारखी पारस आफैं चिया बनाउँथे । कुखुराको मासुको झोल र भात पारसलाई सबैभन्दा मीठो लाग्ने परिकार हो । बेला-बेला उनी आफैं भान्सामा पसेर खानासमेत बनाउँथे । पहिरनको मामिलामा उनी खासै सौखिन छैनन् । सामान्य टिसर्ट, ट्राउजर मात्र लगाउन रुचाउने पारस लगाउने र खानेकुरामा सामान्य छन् । एकताका उनले आर्थिक अभावकै कारण एक जोडी जुत्ता महिनौंसम्म पनि लगाए । 'बेला-बेलामा चुरोट खाएको देख्दा कहिलेकाहीं म यसमा त्यस्तो विशेष के छ ? भनेर जिस्क्याउँथेँ,' सुनिल खड्का सम्झन्छन्—'पारस भन्थे- यसमा के छ भन्ने थाहा पाउन त आफैंले खानुपर्छ तर म तिमीलाई यो नखान सल्लाह दिन्छु, यो स्वास्थका लागि ठीक छैन ।'
कारका सौखिन
पारस शाह काठमाडौं छँदै सवारी साधनका सौखिनका रूपमा परिचित भैसकेका थिए । लाखौं पर्ने मोटरसाइकलमा सवार हुने उनको पुरानो बानी नै हो । सिंगापुरमा रहँदा उनले महँगो मानिएको कार ल्यामोर्घिनी किनेका थिए । अहिले पनि त्यो कार सिंगापुरमै छ, जसलाई उनले बेचेका छैनन् । अहिले बैंककमा भने उनीसँग बीएमडब्ल्यू कार छ ।
देशको चिन्ता
पारस शाह विदेशमा रहे पनि स्वदेशका राजनैतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । पारस अहिले शासन राजाले गरे पनि, जनताले गरे पनि जनताले दुःख पाउन नहुने, देशको विकास हुनुपर्ने तथा देश बन्नुपर्ने कुरा आफ्ना नजिकका साथीभाइमाझ गरिरहन्छन् । पारसलाई देशमा रहेका विभिन्न खानीबाट खनिज पदार्थहरू निकालेर निर्यात गर्न सके देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास छ । उनी उत्तर-दक्षिण भएर बग्ने प्रमुख नदीको दुवै किनारमा राजमार्ग बनाउन सके त्यसबाट नेपालले पर्याप्त फाइदा लिन सक्ने पनि बताउँछन् ।
निराजनको सम्झना
भनिन्छ- देशबाट राजतन्त्र विदा भएकोमा पारस शाहलाई खासै चिन्ता छैन । देशको शासन जसले गरे पनि देशको विकास हुनुपर्छ भन्ने कुरालाई महत्व दिने पारस दरबार हत्याकाण्डको दोष आफ्नो टाउकोमा आएकोमा जति दुःखी देखिन्छन् त्योभन्दा बढी दुःख निराजन शाहलाई गुमाउँदा छन् । 'नीराजनसँग म धेरै नजिक थिएँ, पारस सम्झन्छन्— 'नीराजन भाइलाई गुमाउनुपरेको पीडा म अहिलेसम्म भोगिरहेको छु ।' अहिले पनि उनी बेलाबेला नीराजनको सम्झना गर्दै उनीसँगका पुराना प्रसंगहरू कोट्याउँछन् ।
छोरा-छोरीको माया
पारस सबैभन्दा बढी माया कसैलाई गर्छन् भने आफ्ना तीन जना सन्तानलाई । पारस-हिमानीका तीन सन्तान छन् । जेठी छोरी पूणिर्का, छोरा हृदयेन्द्र अनि कान्छी छोरी कृतिका । उनी आफ्ना यी तीन सन्तानसँग टेलिफोनमा नियमित सम्पर्कमा रहन्छन् । छोरा-छोरीले पनि बुवालाई उत्तिकै मिस गरिरहेको उनी आफैं बताइरहेका हुन्छन् ।
थाई युवती सहयोगी मात्र ?
सार्वजनिक रूपमा पारस शाहकी प्रेमिका भनिएकी थाई युवती कन्निका चाइसान उनकी सहयोगी मात्र भएको दाबी पारस निकट सूत्रको छ । थाइल्यान्डमा भाषाको ठूलो समस्या छ । अधिकांश थाईलाई राम्रोसँग अंग्रेजी बोल्न आउँदैन, नेपालीलाई थाई भाषा बोल्न समस्या छ । यस्तो बेला पारसले कन्निकालाई दोभाषेका रूपमा राखेका हुन् । कन्निका थाई भए पनि अंग्रेजी भाषामा राम्राे दख्खल राख्ने भएकाले सुरुमा उनी दोभाषेका रूपमा पारसको जीवनमा आएकी थिइन् । हृदयाघात हुनु अघिदेखि नै कन्निका पारसको सहयोगीकै रूपमा कार्यरत थिइन् । अहिले पनि कन्निका पारससँग छिन् । 'पारस शाहकी प्रेमिका नै भन्न गाह्रो छ, स्राेत भन्छ— 'उनलाई पारसको सहयोगी एवं शुभचिन्तकका रूपमा चिन्दा राम्रो हुन्छ जस्तो लाग्छ ।'
त्यसो त, भन्नेहरू पारसले कन्निकालाई प्रेमिकाकै दर्जा दिएको समेत बताउँछन् । पारस स्वदेश फर्कन ढिला हुने कारण पनि कन्निका नै भएको समेत बताइँदै आएको छ । पारसले कन्निकालाई पनि आफूसँगै ल्याउन चाहेको तर परिवारका सदस्य विशेष गरी पूर्व युवराज्ञी हिमानी शाहले नमानेको समेत बताइँदै आएको छ । स्रोत भन्छ— 'पारस स्वदेश र्फकंदा कन्निका उनका साथमा हुने छैनन् ।' आजको मितिसम्म पारसले दोस्रो विवाह नगरेको पनि स्राेतले दावी गरेको छ ।
घमन्ड छैन
अहिले पारस शाहमा आफू पूर्वयुवराज भएको कुनै छनक देखिँदैन । उनले बैंकक रहँदा कहिल्यै आफूलाई क्राउन प्रिन्सका रूपमा चिनाएनन्, न त कुनै दम्भ नै देखाए । उनी बैंककमा सामान्य नेपाली सरह नै जीवनयापन गरिरहेका छन् । युवा उद्यमी सुनिल खड्काले लामो समय सँगै बिताउने क्रममा पारसले आफूसँग कुनै पनि कुरा लुकाएको अनुभव गरेनन् । 'मनमा जे छ त्यही भन्नुहुन्थ्यो, सुनिल भन्छन्— 'मैले पारस शाहलाई एउटा खुला हृदय भएको व्यक्तिका रूपमा चिनेको छु ।'
पारस-ज्ञानेन्द्र सम्बन्ध
सञ्चारमाध्यमहरूमा पारस शाह र ज्ञानेन्द्र शाहको सम्बन्धका बारेमा विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । भनिन्छ, पारस र ज्ञानेन्द्रको सम्बन्ध बाहिर हल्ला भएजस्तो बिगि्रएको भने छैन । बुवा र छोराबीच प्रोटोकलका कारण पनि यस्तो समस्या देखिएको हो । त्यसबाहेक ज्ञानेन्द्र शाहलाई पारसका बारेमा गरिने रिपोर्टिङ नै गलत हुने दाबीसमेत गरिएको छ । 'बुबा ज्ञानेन्द्रलाई ज-जसले पारसका बारेमा रिपोर्टिङ गरे, ती सबै गलत भए, स्रोत भन्छ— 'गलत रिपोर्टिङमा विश्वास गर्दा बाबु-छोराको सम्बन्धमा फाटो आएजस्तो देखिएको हो ।' पारसलाई बैंककबाट स्वदेश फर्कन कुनै समस्या छैन, तर बुवा ज्ञानेन्द्रले 'अहिले नआउनू' भनेकैले पारस उतै रोकिएका हुन् । स्रोत भन्छ— 'बुवा-छोराको सम्बन्ध वास्तवमै बिगि्रएको भए पारसले बुवाको कुनै पनि कुरा नमान्नुपर्ने हो ।' भनिन्छ अहिले पनि बाबु-छोराबीच एसएमएसमार्फत कुराकानी भैरहन्छ, यद्यपि फोनमा प्रत्यक्ष कुराकानी भने विरलै हुने गरेको छ ।
दोलखा– हावाहुरीले प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको चुडामणि स्तम्भ ढलेको छ। मन्दिर क्षेत्रभित्रको ३४ फिट अग्लो स्तम्भ ढलेपछि मन्दिरमा बलि पूजा रोकिएको छ। तान्त्रिक विद्या प्रयोग गरी क्षमा पूजा गरेर नयाँ स्तम्भ ठड्याइएपछि मात्र बलि पूजा सुचारु गरिने पूजा व्यवस्थापन समितिले जनाएको छ।
भीमेश्वरको चुडामणि स्तम्भलाई मन्दिरका सबै देउताको बासस्थान मानिन्छ। देवताको सहर्ष रूप मानिने भीमेश्वर मन्दिरभित्र विभिन्न देवता अनुसारको पूजा हुँदा अन्य देवता चुडामणि स्तम्भमा गएर बस्ने धार्मिक विश्वास छ।
भीमेश्वरलाई भक्तजनले विभिन्न रूपमा पूज्ने गर्छन्। ‘बलि पूजा हुँदा भीमेश्वर, महादेव र विष्णुले बलि नखाने हुनाले शिलामा बली दिने बेलामा यही स्तम्भको माथि गएर बस्ने गर्छन् भन्ने विश्वास छ,' मन्दिरका गुठियार भरत श्रेष्ठले भने। यस्तै मन्दिरमा रुद्री पूजा हुँदासमेत भीमेश्वरको शिलाबाट डोरा तानेर यही स्तम्भसम्म डोराले जोडिन्छ र चुडामणिमा रहेका महादेव शिलामा आइपुगेर रुद्री गरिने जनविश्वास छ। भीमेश्वरलाई सहर्ष रूप मानिने हुनाले भक्तजनले बलि खाने र नखाने देवताको पूजा गर्ने समयमा अन्य देवता यही स्तम्भमा गएर बस्ने गरेको बताउने स्थानीय बूढापाका बताउँछन्।
२००९ सालमा ठड्याइएको स्तम्भ बिहीबार दिउसो चलेको हावाहुरीले ढालिदिएको मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जनाए। उनका अनुसार स्तम्भ ढलेपछि बलि पूजा रोकिएको छ। ‘सबै देवीदेवता शिलामा आएर बस्ने जनविश्वास रहेकाले अर्को स्तम्भ नठड्याउन्जेल बलि पूजा रोकेको हौं,' उनले भने।
उनका अनुसार अहिलेको स्तम्भ मक्किँदै गएपछि ४ वर्षअघि नै नयाँ काठको स्तम्भ ल्याइसकिएको छ। ‘तान्त्रिक विद्या प्रयोग गरी होम गरेर पूजाआजा गरी जोर राँगा र जोर बोका बली दिएर मात्र नयाँ स्तम्भ ठड्याइन्छ,' उनले भने।
उनका अनुसार साइत जुराएर उपत्यकाबाट तान्त्रिक विद्या जान्ने गुभाजूहरू झिकाएपछि मात्र नयाँ स्तम्भ ठड्याइनेछ। नयाँ स्तम्भ ठड्याउन एक साता लाग्छ। स्तम्भ ढलेपछि मन्दिर पुगेका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले तत्काल नयाँ स्तम्भ ठड्याउने व्यवस्था मिलाउन मन्दिरका पुजारी र गुठियारलाई निर्देशन दिएका थिए।

मर्मत गर्ने होइन?
कालीगण्डकी ए जलविद्युत परियोजनाको बाँध वरिपरिका भित्ता भत्केर बाँध पुरिँदै जाँदा पनि मर्मत थालिएको छैन।

१५ चैत, भैरहवा । विश्वकप क्रिकेट खेल्ने नेपाली क्रिकेट खेलाडीहरुलाई गृहजिल्ला भैरहवामा नागरिक सम्मान गरिएको छ । रुपन्देहीका क्रिकेटरहरु शक्ति गौचन, बसन्त रेग्मी, अमृत भट्टराई, राहुल विक र सागर पुनलाई नगारिक सम्मान गरिएको हो ।
पाँच क्रिकेट खेलाडीलाई सभासद दिपक बोहराले पूर्व घोषित जनही एक लाख प्रदान गरेका छन् । यस्तै रुपन्देही क्रिकेट संघका संस्थापक कोषाध्यक्ष रिषिकेश अग्रवालले जनही नगद दश हजार तथा भैरहवाको बज अटो मोबाइल्स, सिद्धार्थ यातायात, सीमा सुरक्षा बल रुपन्देही, राजश्व गस्ती गुल्म डण्डा, भैरहवाको पाशा गु्रप, मुनलाइट उच्च मा विद्यालयले खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा राप्रपा साभासद बोहराले खेलाडीहरुका लागि सरकारले ५० हजार रुपैयाँको बराबरको जागिर व्यवस्था गर्ने पर्ने बताए ।
यसअघि खेलाडीको स्वागतका लागि सभासद बोहरा, सभासद इस्तियाक अहमद, खेलाडीका अभिभावक, विद्यार्थीहरु, शुभेच्छक, क्षेत्रिय क्रिकेट संघ क्षेत्र नं. ४ भैरहवा र रुपन्देही क्रिकेट संघका पदाधिकारीले भैरहवा विमानस्थलमा पुगेका थिए ।

४ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका नराम्राको सूचीमा दसौं स्थानमा परेको छ ।
यात्रुहरु उडानका लागि आवश्यक प्रक्रिया पूरा गर्नका साथै केही समय पर्खाइका लागि पनि विमानस्थल परिसरमा रहन्छन् । यस्तोमा विमानस्थलको सेवा-सुविधाको स्तरले यात्रुलाई धेरै प्रभाव पार्छ । अन्तर्राष्ट्रिय वेभ पोर्टल वैल्सटचटसिट डटकमले गत जनवरीमा सार्वजनिक गरेको सूचीमा त्रिभुवन विमानस्थल उक्त स्थानमा परेको हो ।
सानो मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विभानस्थलको अध्यागमनमा कर्मचारीहरुले राम्रो व्यवहार नगर्ने, अनावश्यक प्रश्न सोधेर झन्झट दिने, प्रस्थान हल सानो भएको र मर्मत/सुधारका काम प्रभावकारी नदेखिएको लगायत कारणले नराम्रो विमानस्थलको सूचीमा परेको हो । ‘प्रस्थान बोर्डको अवस्था साना बच्चाहरुले खेलेको अव्यवस्थित फुटबल खेल मैदान जस्तो छ,’ सीएनएन ट्राभलको भनाईलाई उक्त वेभपोर्टलले उदृत गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय मुलुकसँग जोड्ने विमान कम्पनीहरुलेसमेत यी सबैको गुनासो पहिलेदेखिनै गर्दै आएका छन् । तर थोरै भएपनि नागरिक उड्डयन प्रधिकरणले गरेको सुधारका कारण विमानस्थल १० औ स्थानमा उक्लेको हो । यसअघि सन २०११ मा सीएनएन ट्राभलले निकालेको विश्वका खराब विमानस्थलको सूचीमा त्रिभुवन विमानस्थल ८ औ स्थानमा थियो ।
तेस्रो खराबमा न्युर्योक
त्यस्तै न्युर्योकको जान एफ केन्डी इन्टरनेसनल नराम्रा विमानस्थलको सूचीमा तेस्रो स्थानमा परेको छ । खुला व्यागेज सेक्युरिटी चेक र बढी कीरा फट्याङ्ग्राको समस्याका कारण रिपब्लिक अफ चादको एनडिजामिना इन्टरनेसनल विमानस्थल चौथो स्थानमा परेको छ । यी दुवै समस्याबारे यात्रुहरुले बारम्बार गुनासो गरेपनि विमानस्थलले कुनै सुधार नगरेको वेभपोर्टलले लेखेको छ । वेभपोर्टलको सूचीमा सबैभन्दा नराम्रो विमानस्थलको रुपमा साउ पाउलो गाउरुहोस अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । लामो अध्यागमन लाइन, घोषणा नगरी गेट परिवर्तन गरिने र महँगो खाना र पेय पदार्थका कारण साउ पाउलो नराम्रो विमानस्थलमा पर्छ । दोस्रोमा भने सिकागो मिडवे इन्टरनेसनल विमानस्थल रहेको छ ।

। गोरखा, फागुन २ - हाजिरीजवाफ र अन्य प्रसङमा नेपालका प्रथम शहीद को हुन् भनेर सोध्यो भने धेरैले सहजै उत्तर दिन्छन् – लखन थापा ।
तर उनीहरुमध्ये धेरैलाई थाहा नहुन सक्छ, नेपालका प्रथम शहीद लखन थापा हुन् भनेर सरकारी लिखतहरुमा औपचारिक रुपमा लेखिएको छैन । त्यो भन्दा पनि अर्को अनौठो तथ्य फेला परेको छ, देशका प्रथम शहीद र उहाँका सहकर्मी जैसिं चुमीको अझैसम्म काजक्रिया हुन सकेको छैन ।
राणाशासन विरुद्ध विद्रोह गरेका थापा र चूमीलाई तत्कालिन शासकले विसं १९३३ साल फागुन २ गते उहाँहरुकै घर गोरखाको बुङकोट गाविस वडा नम्वर ४ को काहुलेभंगारमा रुखमा झुण्ड्याएर मारेका थिए ।
तर मारिएको १ शय ३७ वर्ष भैसक्दा पनि प्रथम शहीद र उहाँका सहकर्मीको काजक्रिया हुन नसकेको हो । उहाँहरुको स्मृति दिवसका अवसरमा शुक्रबार बुङकोटको काहुले भंगारमा भएको कार्यक्रममा सहभागी हुन आएका प्रथम शहीद लखन थापाका सहयोगी चैसिं चूमीका पनाति ७७ वर्षका रत्नबहादुर चूमी रानाले काजक्रिया हुन नसकेको बताउनुभएको हो ।
उहाँका अनुसार लखन थापाका कुनै सन्तान नभएपनि सहयोगी चूमीका भने त्यतिबेला ६ महिनाका छोरा थिए । दुबैका परिवारले तत्कालिन शासकको डरले त्यतिबेला काजक्रिया गरेनन् । पछि समय अनुकुल भएपनि काजकिरियाको सन्दर्भ पुरानो हुँदै गएकाले बेवास्ता गरिएको उहाँको भनाई छ । काजक्रिया गर्नका लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने चूमीले बताउनुभयो । वि.सं १८९१ मा गोरखाको बुङकोटमा जन्मिएका लखन थापामगर नेपाली सेनामा समेत रहि राणाशासन विरुद्ध संगठित हुनु भएको थियो । सोही क्रममा वि.सं १९३३ फागुनमा बुङकोटकै काहुलेभंगारमा आफैले बनाएको बिद्रोही किल्ला परिसरमा रहेको खिर्राको रुखमा झुण्डाएर उहाँलाई मारिएको थियो । कतिपय पाठ्यपुस्तकमा प्रथम शहीद भनेर उल्लेख गरिएपनि राज्यले औपचारिक रुपमा त्यस्तो घोषणा गरेको छैन ।
सहिद लखन थापा मगर तथा जैसिं चूमी प्रजातान्त्रिक क्लवले गरेको कार्यक्रमका वक्ताहरुले राणा शासक जंगबहादुर राणाको निरकुंश शासनविरुद्ध पहिलो विद्रोह गरेर राजनीतिक आन्दोलनको सुरुवात गरेका लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गरेका छन् ।
एक सय ३७ औ लखन थापा स्मृति दिवसको अवसरमा गरिएको कार्यक्रममा सहभागीहरुले निरकुशताको विरुद्ध लड्ने पहिलो ब्यक्ति लखन थापा नै भएकोले उहाँलाई पहिलो सहिद घोषणा गर्नु पर्ने धारणा राखेका हुन् ।

काठमाडौं-लाजिम्पाटकी इन्दिरा श्रेष्ठ सडक विस्तार क्रममा निस्किएको धुलोले पटकपटक बिरामी परिरहन्छिन्। धुलोकै कारण श्वासप्रश्वासमा समस्या आएपछि केही महिनायता उनी दुईपटक टिचिङ अस्पताल महाराजगन्जमा भर्ना भइसकिन्।
उनी डाक्टरको सल्लाहअनुसार हिजोआज सकभर घरबाहिरै निस्किन्नन्। निस्कनैपरे मास्क टुट्दैन।
इन्दिरा र उनका श्रीमान राजेश सडक विस्तार भइरहेको धुलाम्मे लाजिम्पाटमा किराना पसल चलाउँछन्। दिनहुँ पसलमा बस्दा धुलो र धुवाँ खाएर इन्दिरा 'रोगी' भएपछि अचेल पसलमा बस्ने काम राजेशको भागमा परेको छ। इन्दिरा बिहान खाना खाने बेला पालो दिन मात्र आउँछिन्। अरू बेला घरको घरै।
'डाक्टरहरूले धुलो र धुवाँबाट जोगिनू भनेका छन्, लाजिम्पाटको हालत त देख्नुभएकै छ, कोठाधरि धुलोले कुइरीमण्डल हुन्छ, पसलमा त बसिसाध्य छैन,' बिहीबार त्यही पसलमा धुलो लागेका सामान टक्टक्याइरहेका राजेशले नागरिकसँग भने, 'अचेल उनी घरभित्रै बस्छिन्, पसलमा बसे फेरि तेस्रोपटक अस्पताल भर्ना गर्नुपर्ला भन्ने डर।'
पसलका सामान, फर्निचर र आफ्नै कपडामा जमेको धुलो देखाउँदै उनले भने, 'कपडा र सामानको धुलो त पटकपटक पुछ्दा जाला, तर सास फेर्दा हाम्रो फोक्सोमा पुगेको धुलो कसरी सफा होला?' दुई वर्षदेखि यसैगरी धुलोसँग जुध्दै व्यापार गर्दा आफू पनि पटकपटक रुघाखोकीले आक्रान्त भएको उनी बताउँछन्।
सडक विस्तारका नाममा राजधानीमा भइरहेका निर्माण कार्य हेर्ने हो भने सरकार र ठेकेदार कम्पनीहरू सर्वसाधारणको स्वास्थ्यप्रति अत्यन्तै लापरवाह रहेको प्रस्टै देखिन्छ। बीच बजारमा सास फेर्नै गाह्रो हुनेगरी बुङ्बुङ्ती धुलो उडाएर कुनै पनि निर्माण गर्नुहुन्न भन्ने सामान्य चेत न सरकारले राखेको छ, न निर्माण ठेकेदारहरूले। उनीहरूको यो रवैयाले
दिनहुँ इन्दिराजस्ता सयौं श्वासप्रश्वासका रोगी जन्मिरहेका छन्।
सरकारी निर्माणमा देखिएको बेथितिको एक ज्वलन्त उदाहरण हो, लाजिम्पाट।
राजधानीको अति व्यस्त सडक लैनचौर–पानीपोखरीको १५ सय मिटर खण्डमा दुई वर्षदेखि धुलोको राज छ। निर्माण क्रममा धुलो उड्न नपाओस् भनेर नियमित पानी हाल्नुपर्छ। तर, ठेकेदारले आफ्नो यो जिम्मा पूरा नगर्दा सडकमा दिनभरि बुङ्बुङ्ती धुलो उडिरहेको हुन्छ। त्यहीबीच सवारीसाधन धुलो र धुवाँले कुइरीमण्डल पार्दै बेतोड हुइँकिन्छन्। धुलोकै कारण दुई मिटर अगाडि–पछाडि देख्नसमेत मुस्किल पर्छ। सडक दायाँबायाँका घर तथा पसल धुलोले छपक्कै ढाकेका हुन्छन्। जिउ नै ढाक्ने धुलो छिचोल्दै बटुवाहरू अनुहारमा मास्क र टाउकोमा रुमाल वा अन्य कपडा बेरेर हिँडिरहेका हुन्छन्। धुलोकै कारण स्थानीयदेखि लाजिम्पाट हुँदै दिनहुँ आउजाउ गर्ने बटुवामा श्वासप्रश्वासको रोग बढ्दो छ।
'सरकारले सडक निर्माणमा चरम लापरबाही देखाएको छ, न धुलो नउडोस् भनेर पानी छर्कन्छ, न निर्माण नै समयमा सक्छ,' लाजिम्पाटका स्थानीय बाबुकाजी महर्जनले भने, 'यही धुलो र धुवाँले यहाँका स्थानीय सबैजना पटकपटक बिरामी परिरहेका छौं, अब थला पर्न मात्र बाँकी छौं।'
ठेकेदारले सडकमा पटकपटक पानी हाल्नुपर्नेमा एकचोटि पनि नहाल्दा यस्तो समस्या आएको उनले बताए। 'यसरी मनलाग्दी काम गर्दा पनि ठेकेदारलाई कारबाही हुँदैन,' उनले भने, 'सर्वसाधारणको स्वास्थ्यसँग यहाँ कसैलाई सरोकारै छैन।'
लाजिम्पाट मात्र होइन, विस्तारित अन्य सडक खण्डमा पनि ठेकेदारको लापरवाहीले धुलो उड्ने क्रम बढिरहेको छ। पछिल्लो समय रुघाखोकी, एलर्जी, ब्रोङकाटिसजस्ता श्वासप्रश्वासजन्य रोगको समस्या देखिनुमा यही विस्तारित सडकको धुलोधुवाँ प्रमुख कारण रहेको पाटन अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अर्जुन कार्की बताउँछन्।
उनका अनुसार छोटो समयका लागि धुलोको सम्पर्कमा आउने व्यक्तिमा रुघाखोकी, एलर्जी, ब्रोंकाइटीसजस्ता समस्या देखिन्छन् भने लगातार सम्पर्कमा आइरहनेलाई कडा खालको दम (क्रोनिक अब्स्ट्रेटिक पल्मोनरी डिजिज–सिओपिडी), क्षयरोग र फोक्सोको क्यान्सरसम्म हुने खतरा छ।
'श्वासप्रश्वासको सामान्य समस्या देखिएका बिरामी लामो समय धुलोको सम्पर्कमा आइरहे उनीहरूको अवस्था झनै गम्भीर हुँदै जान्छ,' डा. कार्कीले नागरिकसँग भने। राजधानीका विस्तारित सडक खण्डमा पसल चलाउने, ओहोरदोहोर गर्ने र ट्राफिकहरू लगातार धुलो र धुवाँको सम्पर्कमा आएर कालान्तरमा दम, सिओपडीजस्ता श्वासप्रश्वासको दीर्घ समस्याबाट पीडित हुने खतरा रहेको उनले बताए।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अन्तर्राष्ट्रिय मापदण्डअनुसार वायुमा धुलोको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुनुहुन्न। नेपालले उक्त मापदण्डलाई आधार मानेर १ सय २० माइक्रोग्राम प्रति घनमिटरसम्मको राष्ट्रिय मापदण्ड बनाएको छ। तर उपत्यकामा यी दुवै मापदण्डको तुलनामा पा"च गुणा बढीसम्म प्रदूषण रहेको विभिन्न अध्ययनले देखाएको छ।
वातावरण मन्त्रालयले सन् २००५ मै गरेको एक अध्ययनमा उपत्यकाका अधिकांश स्थानमा धुलोको मात्रा राष्ट्रिय मापदण्डभन्दा झन्डै तीन गुणा बढी अर्थात् ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटर देखिएको थियो। त्यसयता ६० प्रतिशतभन्दा बढी प्रदूषण भइसकेको स्वच्छ ऊर्जा नेपालका अनुसन्धानकर्ता मञ्जित ढकालले बताए।
'पछिल्लो समय बढेका सवारीसाधनको संख्या र सडक विस्तार क्रममा भत्काइएका संरचनाले प्रदूषणको मात्रा झन् बढाएको छ,' उनले भने, 'मापदण्डभन्दा बढी प्रदूषणले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्नेछ।'
वातावरण मन्त्रालयकै तथ्यांकअनुसार पनि सन् २००५ मा लाजिम्पाट–लैनचौर खण्डमा प्रदूषणको मात्रा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी थियो। त्यसैलाई आधार मान्दा पनि उक्त स्थानका मानिस फोक्सो तथा श्वासप्रश्वासका विभिन्न रोगको जोखिममा रहेको छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन्।
'पछिल्लो समय बढेको धुलो, धुवाँ र प्रदूषणले त रोगीको संख्या ह्वात्तै बढाएको छ,' उनले भने, 'प्रदूषण रोक्ने विषयमा सरकारले समयमै ध्यान नदिने हो भने अबका केही वर्षपछि श्वासप्रश्वाससम्बन्धी रोगको अवस्था भयावह हुनेछ।'
ढकालका अनुसार राजधानीका सडकमा आँखाले देख्न नसक्ने धुलोका कण जोखिमपूर्ण अवस्थामा छ। धुलोका मसिना कण 'पिएम' १० माइक्रोनभन्दा कम भए नाकबाट सहजै भित्र छिर्न सक्छ। त्यही धुलो सास नली र फोक्सोमा जमेर विभिन्न समस्या ल्याउँछ।
विज्ञहरूका अनुसार पिएम–१० लगायत मसिना धुलाका कण नै सबैभन्दा खतरनाक वायुप्रदूषक हुन्। सवारीसाधनबाट निस्कने धुवाँमा यस्ता मसिना धुलाका कण प्रशस्त हुन्छन्।
अन्य धुलोसँगै मिसिएर श्वासप्रश्वास क्रममा मानिसको फोक्सोसम्म पुग्ने यस्ता कणमा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बनजस्ता विषालु रासायनिक पदार्थ र गह्रौं धातुका कण टाँसिएका हुन्छन्। यी पदार्थका कारण मानिसको फोक्सोमा क्यान्सर हुन सक्छ। रगतमा मिसिएर मुटु तथा स्नायुसम्बन्धी रोगसमेत लाग्न सक्छ। पिएम–१० धुलाका कण ज्यादै मसिना भएकाले नाकको रौंले पनि रोक्न सक्दैन।
काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेल भने ठेकेदारले निर्माणाधीन सडकमा पानी हालिरहेको दाबी गर्छन्। सडक निर्माणमा भएको ढिलाइ धुलोको समस्या बढ्नुको कारक रहेको उनको भनाइ छ।
उनको यो दाबी कतै पनि पूरा भएको पाइँदैन। उपत्यकाका निर्माणाधीन कुनै पनि सडकमा नियमित पानी हालिएको छैन। लाजिम्पाट क्षेत्रमा स्थानीयले विरोध गरेपछि 'झारा टार्न' बिहान–बेलुकी पानी हाल्ने गरिएको थियो। त्यो पनि नियमित छैन। त्यसमाथि दिनभरि उड्ने धुलोलाई बिहान–बेलुकी हाल्ने पानीले एकछेउ पनि काम गर्दैन।
'अहिलेको रफ्तारमा प्रदूषण बढ्दै जाने हो भने नेपालमा भविष्यमा सिओपिडीका बिरामी नै धेरै हुनेछन् र मृत्युको प्रमुख कारण यही हुनेछ,' डा. कार्कीले भने, 'यो रोगमा श्वासनली साँघुरिँदै गएर सास फेर्न गाह्रो हुन्छ। समस्या बढ्दै गएपछि सास रोकिएर मानिसको मृत्युसमेत हुन सक्छ।'
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म सिओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ। गत आर्थिक वर्ष वीर अस्पतालमा भएको कूल मृत्युमध्ये सिओपिडीबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै थियो। अस्पतालको रेकर्ड शाखाका अनुसार गत वर्ष मेडिकल ओपिडीमा झन्डै ५५ हजार बिरामी उपचारका लागि आएका थिए। तीमध्ये श्वासप्रश्वास तथा फोक्सोको समस्याका मात्र १३ हजारभन्दा बढी बिरामी थिए। अस्पतालमा आएका बिरामीमध्ये सिओपिडीका कारण भर्ना नै गर्नुपर्ने अवस्थामा पुगेका बिरामी ४ सय १२ थिए। तीमध्ये ४८ जनाको मृत्यु भएको छ।
त्यस्तै, वीर अस्पतालमा कूल मृत्युमध्ये निमोनिया दोस्रो नम्बरमा छ। गत वर्ष अस्पतालमा निमोनियाका कारण भर्ना नै गर्नुपर्ने अवस्थामा पुगेका २ सय १४ बिरामीमध्ये ३१ जनाको मृत्यु भएको थियो। रेकर्ड शाखाका अनुसार मेडिकल ओपिडीमा आएका बिरामीमध्ये निमोनियाका बिरामीको संख्या ५ हजार भन्दामाथि थियो। निमोनियाको प्रमुख कारण पनि धुलो र धुवाँ नै हो।
देशका अन्य अस्पतालमा समेत सिओपिडी, दम, निमोनिया, ब्रोङकाइटिसजस्ता फोक्सो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या उच्च रहेको डा. कार्कीले बताए। उनका अनुसार उपचारका लागि मेडिकल विभागमा आउने बिरामीमध्ये एकतिहाइभन्दा बढीमा श्वासप्रश्वासको समस्या छ।

१ फागुन,काठमाडौ।अघिल्लो सरकारकै पालामा पक्राउ परेका डनलाई छुटाउन नयाँ प्रधानमन्त्रीको कार्यालयबाट फोन जान थालेको छ। काठमाडौं प्रहरीले थालेको गुण्ड अप्रेसनका क्रममा प्रकाउ परेका बलराम सापकोटा 'बले' र तेजेन्द्र गुरुङ लगायतलाई छुटाउन प्रधानमन्त्रीकै पिएले प्रहरीलाई फोन गरेका छन् ।स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाका पिए लक्ष्मण ढकालले बलेलाई छुटाउन प्रहरी नेतृत्वलाई दबाब दिएका छन्। प्रहरी नेतृत्वले काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई बलेलाई छाड्न प्रधानमन्त्री कार्यलयबाटै फोन आएको जानकारी गराएको छ। तर, खरेलले त्यस्तो दबाब नसुन्ने जवाफ दिइसकेका छन् । कांग्रेसका सभासद तीर्थ लामा भने बलेलाई छुटाउन हनुमानढोका नै पुगेका थिए। 'मलाई चुनावमा सहयोग गरेको मान्छे हो, छुटाइदिनु पर्यो दाई' भन्दै उनी हनुमानढोका नै पुगेर दबाबदिएको काठमाडौ परिसरका एक उच्च अधिकारीले बताए।
सभासद लामा र बले काभ्रेका हुन तर खरेलले बलेले गलत व्यक्ति भएकाले छाड्न नसक्ने भन्दै सभासद लामाको आग्रहलाई अस्विकार गरिदिएको स्रोत बताउँछ ।त्यस्तै महराजगञ्ज क्षेत्रका व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका तेजेन्द्र गुरुङ्गलाइ छुटाउन कांग्रेस तथा एमालेका प्रभावशाली नेताले दबाब दिएका छन्।
कांग्रेसका नेताहरु प्रकाशमान सिंह र जगदिश्वरनर्सिङ केसीले दैनिकजसो प्रहरी अधिकारीलाई फोन गरेर दबबा दिने गरेको स्रोत बताउँछ। बले र तेजेन्द्र दुबै विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको छ । जिल्ला प्रशासन कार्यालयमा छिट्टो अनुसन्धान प्रतिवेदन बुझाएर छुटाउन नेताहरुले दबाब दिएका छन्।
एसएसपी खरेलले केहि व्यक्तिलाई छुटाउन केही व्यक्तिको दबाब आएको स्विकारे तर कसकसले दबाब दिए भन्ने विषयमा भने बोल्न चाहेनन्। नयाँ पत्रिका बाट
र यो पनि पढ्नुहोश एसएसपी खरेलको १० बुँदे कार्ययोजना
सभासद लामा र बले काभ्रेका हुन तर खरेलले बलेले गलत व्यक्ति भएकाले छाड्न नसक्ने भन्दै सभासद लामाको आग्रहलाई अस्विकार गरिदिएको स्रोत बताउँछ ।त्यस्तै महराजगञ्ज क्षेत्रका व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका तेजेन्द्र गुरुङ्गलाइ छुटाउन कांग्रेस तथा एमालेका प्रभावशाली नेताले दबाब दिएका छन्।कांग्रेसका नेताहरु प्रकाशमान सिंह र जगदिश्वरनर्सिङ केसीले दैनिकजसो प्रहरी अधिकारीलाई फोन गरेर दबबा दिने गरेको स्रोत बताउँछ। बले र तेजेन्द्र दुबै विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको छ । जिल्ला प्रशासन कार्यालयमा छिट्टो अनुसन्धान प्रतिवेदन बुझाएर छुटाउन नेताहरुले दबाब दिएका छन्।
एसएसपी खरेलले केहि व्यक्तिलाई छुटाउन केही व्यक्तिको दबाब आएको स्विकारे तर कसकसले दबाब दिए भन्ने विषयमा भने बोल्न चाहेनन्। नयाँ पत्रिका बाट
र यो पनि पढ्नुहोश एसएसपी खरेलको १० बुँदे कार्ययोजना
![]() |
| श्रोत नागरिक |
गुल्मी, २७ माघ । गुल्मीको बढिघाट खोलामा डुबेर आज एक महिलाको ज्यान गएको छ । जिल्लाको आँपचौर गाविस वार्ड नम्बर ६ घर भएर स्थानीय इन्द्रैगैँडा बजारमा किराना पसल गर्ने बर्ष ३५ की कल्पना खराललको बडीगाड खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बडिघाट खोलामा मृत भेटिएकी खरालको शब ।
खराललाई आज विहान स्थानीयले बडागाउँ गाविस १ मा मृत अवस्थामा देखेपछि प्रहरी चौकी वामीटक्सारलाई खवर गरेका थिए । प्रहरीचौकी वामीटक्सारबाट प्रहरी नायव निरिक्षक जिवन पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा पठाएको छ । खरालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिन’भएको छ ।
दुई छोरा र एक छोरी सगै आईतबार साँझ १० बजे तिर खाना खाएर सुतेकी खराल बिहान घरमा नदेखेपछि स्थानीयले खोजतलास गरेका थिए । उहाँका श्रीमान भने बैदेशिक रोजगारमा रहेको स्थानीले बताएका छन । खरालको मगंलवार दिउसो मात्र पोष्टमार्टम हुने बताइएको छ ।

अनुरोध: मृतकको तस्बिर अली बिभत्स छन्, कृपया कमजोर मुटु हुनेहरुले नहेरिदिनुहोला ।
यो पनि पढ्नुस्: बढिघाट खोलामा डुबेर एक महिलाको मृत्यु
गुल्मी । नेपाल टेलिकमको विश्वस्त श्रोतका अनुसार उनले चलाउँदै आएको सिमबाट ११ दिन देखि कुराकानी बन्द भएको थियो । यस हिसावले उनि कसैको बल्याकमेलमा परेको हुनुपर्छ भन्ने अनुमान लगाउन पनि सकिन्छ । श्रीमान गत चार वर्ष देखि बैदेशिक रोजगारका लागि युरोपेली मुलुक लग्जम्बर्गमा हुनहुन्छ । ५ बर्ष र ११ बर्षका दुई छोरा घरमैं र १३ वर्षकी जेठी छोरी मामा घर बुटुवलमै बसेर पढ्दै थिईन् । दुई तिन दिन अघि मात्र उनि छोरी र श्रीमानसंग कुराकानी भएको उनको छोरा बताउँछन् । माघ २६ गते साँझ करिव ८ वजे सदा झैँ खाना खाएर विस्तरामा लडेकी उनलाई एक पुरुषको फोन आउँछ । केहि वेर कुरा हुन्छ । वालकहरु सुते ।
फोन आएको मात्रै थाह भयो के कुरा भयो पुरै उनिहरुले सुन्न पाएनन् । विहानपख करिव ४ वजेतिर वस आउँछ । दिदी.....दिदी भनेर एक जना पुरुषले दोकानको समान राख्न बोलाएपछि आमा बाहिर निस्केको बताउँछन् मृतक खरालका ११ बर्षिय छोरा अनि कति वेला भन्छन् त्यति वेला मात्रै थाह पाएको हुँ आमा विस्तरामा हुनु हुन्न भन्ने कुरा । यो २७ माघ विहान दोभान नजिकै बडिघाट खोलामा मृत फेला परेकी आँपचौर ६ ईन्द्रगौंडाकी ३५ वर्षिय कल्पना खरालको छोरा र आफन्तजनसंग गरिएको रेडियो कुराकानीमा आधारित सामग्री हो यो । उहाँका श्रीमान घनश्याम खराल विदेश हुनु हुन्छ । उहाँका छोराको कुरा सुन्ने हो भने बैदेशिक रोजगारको परिणती जो जसले भोगेका छन्, त्यही भोगाई उहाँका श्रीमानले र त्यही मराई कल्पनाको हो कि भन्ने अडकल काट्न सकिन्छ ।
कसैले ब्ल्याकमेल गरेको थियो कि भन्ने उहाँको छोराको भनाईले देखाउँछ । सत्य यहि हो पत्याउनुस वा नपत्याउनुहोस समाजमा नजिकका हुन वा टाढाका विदेश श्रीमान भएकी महिला माथीको गिद्धेदृष्टी डाल्ने भुसतिघ्रेहरुबाट बच्न गारो भई सकेको छ । निर्दोषलाई पनि वापत लगाउने, लोग्नेले विदेशमा कमाएको पैसा प्रति डाह गर्ने र त्यसको रिस उसकी श्रीमतिसंग पोख्ने, भरसक घर विगार्ने षडयन्त्र भई नै रहन्छ हाम्रो समाजमा । विदेश श्रीमान भएका कैयौं महिलाको विकृतिको खवर पनि लेखेँ मैले र उनिहरु मध्ये निर्दोषहरुको पिडा पनि लेखेँ र परिवार, समाजले छुटाउन लागेकाहरुलाई पनि जोडाएँ मैले जस्तो लाग्छ । केहि घटनाहरु म संग छन् ।
ओझेलका खवरमा सुनि सक्नु पनि भएकै होला । खास के हो भने कसैसंग जान आँटेका महिलाहरुले श्रीमानले कमाएको पैसा धुलो पार्छन र छोरा छोरीहरुको हेर विचार पनि गर्दैनन् । तर कल्पनाले थुकले टिपेर पैसो जोगाए जस्तो देखिन्छ । उहाँले किराना पसल गर्नु हुन्थ्यो । अर्लाङ्गकोटस्थित माईती परिवार पनि प्रतिष्ठीत र यता घरमा पनि त्यस्तै । ईज्जत उहाँको सवै भन्दा ठुलो सम्पत्ति हो भन्ने कुरा म पनि छिमेकी गाविस भएको नाताले बुझ्न सक्छु । तर नियतिले त्यसरी झम्टीन पनि सक्छ । सुन्दा कम्मरमा बाँधेको रुमाल कम्मरमैं छ । पानीमा डुवेका शरिर धेरै माथीबाट बगेको छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । शवको प्रकृतिले र ११ वािर्षय छोराको भनाईले यहि भन्छ कि कल्पनाको मृत्यु घटना साजिस भनिने हिन्दी फिल्मको झैं ठुलो रहस्यको गर्वमा छ । प्रहरीले आफ्नो धर्म निभायो भने रहस्य छिट्टै पत्ता लगाउन सक्छ ।

को को थिए त उनि माथी डाह गर्नेहरु ? को को थिए त आँखा गाड्न खोज्नेहरु ? को को थिए त उनलाई सुत्ने बेलामा फोन गर्नेहरु ? पहिल्लै देखि प्रयोग गर्दै आएको मोवाईलको अन्तिम कल कसको थियो ? के के कुरा भएका थिए ? यि सवै पत्ता लगाउन प्रहरीले सक्छ । हत्या हो वा आत्महत्या ? यो प्रहरीले बाहिर ल्याउन जरुरी छ । यदि उसले आत्महत्या नै भने पनि हत्या हो र उनलाई मर्न बाध्य पार्नेलाई कार्बाही नभए अव जनता उठ्नुहोुस । भोली तपाई, म र जो कोहिपनी त्यसरी नै मर्नेछौं । यस्तो पनि कानुन हुन्छ ? यो त ज्यानमारा कानुन हो । कसरी मरे थानापतिमा पढाउने शिक्षक ? कसरी मरिन दौँघा माईती भएकी अर्घखाँची पडेनाकी चेली ? कसरी झण्डै प्रहरीले निर्दोष सावित गरी सकेको थियो अमरपुरमा श्रीमती मारेर झुण्डीएको बनाउने श्रीमान ? गुल्मी जिल्लाका यस्ता धेरै उदाहरणहरु म संग सुरक्षित छन् । प्रहरीलाई मेरो आग्राह अव भिर देखि तल भेटिने शव, झुण्डीएर, विष सेवन गरेर वा खोलामा डुवेर मरेका मान्छे उपर गहिरो छानविन गरोस । खाली आत्महत्याको संख्या बढि देखाउने र टेन्शन सेन्सन मिल्काउने परिपाटीले नै जिल्लामा धेरै मान्छे आत्महत्या भन्दै कसैबाट मारिएका हुन सक्छन् ।
वस्तुको कुलोमा भेटिएका हिमालय उच्च मावि वस्तुका तत्कालिन परिचरको हत्या नै भएको हो भन्ने कुरा सर्वसाधरणले समेत अडकल गर्छन् । यहाँ सम्मकी त्यसको बारेका खोजि निती गरीस भने तेरो पनि तेही हालत होला भनेर धम्की दिने मान्छेको फोन नम्वर र कल गरेको समय दिँदा समेत गुल्मी प्रहरीले उसलाई बोलाएर सोधपुछ गर्न सकेको छैन । परिवारजनका अनुसार आसंका गरिएको त्यो ब्याक्तिको प्रहरीमा ठुलै ओहदाको मान्छे छ । त्यस्तो भए पहँुचमा भएका मान्छेहरुबाट पहँुच विहिनहरु अकालमै मारिने त ? प्रहरीले उल्टो पिडितलाई धम्काउँछ । वस्तुका ति पिडितहरुलाई पनि त्यही गरेको हो । यस्ता थुप्रै घटना पत्रकार हुँ भन्नेहरुले खोजौं तर प्रहरीको भनाई राखेर मात्रै समाचार लेख्ने हो भने उसको प्रवक्ता हुँ भनेर घोषण गरौं जसले गर्दा मान्छेहरु अकाल मर्नबाट बच्न सक्थे कि भन्ने लाग्न थाल्यो ।
थानापतिका शिक्षकले छात्रालाई दुब्यबहार गरेको र मदिरा सेवन गरेको कुरा त आयो सञ्चार माध्यममा तर उनि माथी कति सम्म प्रहार हुँदै आई रहेको थियो ? त्यो कुरा किन आएन ? यस्तो प्रश्नमा घोतलिँदै उनका परिवार तड्पिएर बसेका छन् । उनि माथीको त्यो प्रहार स्थानियवासीबाट बुझने हो भने त्यो मदिरा सेवन, त्यो छात्रामाथीको दुर्ब्यवहार भन्ने कुरा पनि त सुनियोजित मञ्चन हुन सक्यो । नागरिक पत्रकारिताको यो दुनियाँमा कसैले कसै माथी भ्रष्टचारको आरोप लगाउँछ भने त्यो नियम संगत छानविन हुने कि लेख्ने मान्छेलाई नै प्रहरी र आफ्ना दलवल लगाएर ठिक पार्ने ? यो प्रश्न पनि उनका परिवारजनले गरेका छन् ।
पछिल्लो पटक ईन्द्रेगौडाकी कल्पनाको मृत्यु घटनाले मलाई साह्रै यस कुरामा चिन्तीत पार्यो कि अव अकाल मृत्युको शिकार हुनेमा बैदेशिक रोजगारमा हुने पुरुषका श्रीमतीहरुको सङ्ख्या बिस्तारै बढ्दै छ । मृतक खरालका जेठा छोराको कुरा सुन्दा कसैले उनिहरुलाई कठोर बन्न सिकाए जस्तो छ । ए वावा, ति अवोध वालक अरुका बाबु आमा मर्दा त आँशु थाम्न नसक्ने हुनु पर्ने तर उनि भन्छन्, "हामीलाई नै रातमा छोडेर जाने आमा सम्झेर कति रुने ? बरु मन सम्हालेर त्यो पाँच वर्षको भाईलाई हुर्काउने, पढाउने गर्दछौं ।" अडियोमा रेकर्ड उनिहरुसंगको कुराकानी जती मार्मिक र हृदयबिदारक छ उती नै सोचनिय पनि छ । प्रतिक्षा गर्नुहोस् ओझेलका खवर सम्म । यस सम्बन्धमा स्थलगत अडियो रिपोर्ट तयार पारी गुल्मीन्युज डट कममा केही दिनमै राख्नेछौ । श्रोत गुल्मीन्युज
यो पनि पढ्नुस् बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो)
यो पनि पढ्नुस्: बढिघाट खोलामा डुबेर एक महिलाको मृत्यु
गुल्मी । नेपाल टेलिकमको विश्वस्त श्रोतका अनुसार उनले चलाउँदै आएको सिमबाट ११ दिन देखि कुराकानी बन्द भएको थियो । यस हिसावले उनि कसैको बल्याकमेलमा परेको हुनुपर्छ भन्ने अनुमान लगाउन पनि सकिन्छ । श्रीमान गत चार वर्ष देखि बैदेशिक रोजगारका लागि युरोपेली मुलुक लग्जम्बर्गमा हुनहुन्छ । ५ बर्ष र ११ बर्षका दुई छोरा घरमैं र १३ वर्षकी जेठी छोरी मामा घर बुटुवलमै बसेर पढ्दै थिईन् । दुई तिन दिन अघि मात्र उनि छोरी र श्रीमानसंग कुराकानी भएको उनको छोरा बताउँछन् । माघ २६ गते साँझ करिव ८ वजे सदा झैँ खाना खाएर विस्तरामा लडेकी उनलाई एक पुरुषको फोन आउँछ । केहि वेर कुरा हुन्छ । वालकहरु सुते ।
फोन आएको मात्रै थाह भयो के कुरा भयो पुरै उनिहरुले सुन्न पाएनन् । विहानपख करिव ४ वजेतिर वस आउँछ । दिदी.....दिदी भनेर एक जना पुरुषले दोकानको समान राख्न बोलाएपछि आमा बाहिर निस्केको बताउँछन् मृतक खरालका ११ बर्षिय छोरा अनि कति वेला भन्छन् त्यति वेला मात्रै थाह पाएको हुँ आमा विस्तरामा हुनु हुन्न भन्ने कुरा । यो २७ माघ विहान दोभान नजिकै बडिघाट खोलामा मृत फेला परेकी आँपचौर ६ ईन्द्रगौंडाकी ३५ वर्षिय कल्पना खरालको छोरा र आफन्तजनसंग गरिएको रेडियो कुराकानीमा आधारित सामग्री हो यो । उहाँका श्रीमान घनश्याम खराल विदेश हुनु हुन्छ । उहाँका छोराको कुरा सुन्ने हो भने बैदेशिक रोजगारको परिणती जो जसले भोगेका छन्, त्यही भोगाई उहाँका श्रीमानले र त्यही मराई कल्पनाको हो कि भन्ने अडकल काट्न सकिन्छ ।कसैले ब्ल्याकमेल गरेको थियो कि भन्ने उहाँको छोराको भनाईले देखाउँछ । सत्य यहि हो पत्याउनुस वा नपत्याउनुहोस समाजमा नजिकका हुन वा टाढाका विदेश श्रीमान भएकी महिला माथीको गिद्धेदृष्टी डाल्ने भुसतिघ्रेहरुबाट बच्न गारो भई सकेको छ । निर्दोषलाई पनि वापत लगाउने, लोग्नेले विदेशमा कमाएको पैसा प्रति डाह गर्ने र त्यसको रिस उसकी श्रीमतिसंग पोख्ने, भरसक घर विगार्ने षडयन्त्र भई नै रहन्छ हाम्रो समाजमा । विदेश श्रीमान भएका कैयौं महिलाको विकृतिको खवर पनि लेखेँ मैले र उनिहरु मध्ये निर्दोषहरुको पिडा पनि लेखेँ र परिवार, समाजले छुटाउन लागेकाहरुलाई पनि जोडाएँ मैले जस्तो लाग्छ । केहि घटनाहरु म संग छन् ।
ओझेलका खवरमा सुनि सक्नु पनि भएकै होला । खास के हो भने कसैसंग जान आँटेका महिलाहरुले श्रीमानले कमाएको पैसा धुलो पार्छन र छोरा छोरीहरुको हेर विचार पनि गर्दैनन् । तर कल्पनाले थुकले टिपेर पैसो जोगाए जस्तो देखिन्छ । उहाँले किराना पसल गर्नु हुन्थ्यो । अर्लाङ्गकोटस्थित माईती परिवार पनि प्रतिष्ठीत र यता घरमा पनि त्यस्तै । ईज्जत उहाँको सवै भन्दा ठुलो सम्पत्ति हो भन्ने कुरा म पनि छिमेकी गाविस भएको नाताले बुझ्न सक्छु । तर नियतिले त्यसरी झम्टीन पनि सक्छ । सुन्दा कम्मरमा बाँधेको रुमाल कम्मरमैं छ । पानीमा डुवेका शरिर धेरै माथीबाट बगेको छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । शवको प्रकृतिले र ११ वािर्षय छोराको भनाईले यहि भन्छ कि कल्पनाको मृत्यु घटना साजिस भनिने हिन्दी फिल्मको झैं ठुलो रहस्यको गर्वमा छ । प्रहरीले आफ्नो धर्म निभायो भने रहस्य छिट्टै पत्ता लगाउन सक्छ ।

को को थिए त उनि माथी डाह गर्नेहरु ? को को थिए त आँखा गाड्न खोज्नेहरु ? को को थिए त उनलाई सुत्ने बेलामा फोन गर्नेहरु ? पहिल्लै देखि प्रयोग गर्दै आएको मोवाईलको अन्तिम कल कसको थियो ? के के कुरा भएका थिए ? यि सवै पत्ता लगाउन प्रहरीले सक्छ । हत्या हो वा आत्महत्या ? यो प्रहरीले बाहिर ल्याउन जरुरी छ । यदि उसले आत्महत्या नै भने पनि हत्या हो र उनलाई मर्न बाध्य पार्नेलाई कार्बाही नभए अव जनता उठ्नुहोुस । भोली तपाई, म र जो कोहिपनी त्यसरी नै मर्नेछौं । यस्तो पनि कानुन हुन्छ ? यो त ज्यानमारा कानुन हो । कसरी मरे थानापतिमा पढाउने शिक्षक ? कसरी मरिन दौँघा माईती भएकी अर्घखाँची पडेनाकी चेली ? कसरी झण्डै प्रहरीले निर्दोष सावित गरी सकेको थियो अमरपुरमा श्रीमती मारेर झुण्डीएको बनाउने श्रीमान ? गुल्मी जिल्लाका यस्ता धेरै उदाहरणहरु म संग सुरक्षित छन् । प्रहरीलाई मेरो आग्राह अव भिर देखि तल भेटिने शव, झुण्डीएर, विष सेवन गरेर वा खोलामा डुवेर मरेका मान्छे उपर गहिरो छानविन गरोस । खाली आत्महत्याको संख्या बढि देखाउने र टेन्शन सेन्सन मिल्काउने परिपाटीले नै जिल्लामा धेरै मान्छे आत्महत्या भन्दै कसैबाट मारिएका हुन सक्छन् ।
वस्तुको कुलोमा भेटिएका हिमालय उच्च मावि वस्तुका तत्कालिन परिचरको हत्या नै भएको हो भन्ने कुरा सर्वसाधरणले समेत अडकल गर्छन् । यहाँ सम्मकी त्यसको बारेका खोजि निती गरीस भने तेरो पनि तेही हालत होला भनेर धम्की दिने मान्छेको फोन नम्वर र कल गरेको समय दिँदा समेत गुल्मी प्रहरीले उसलाई बोलाएर सोधपुछ गर्न सकेको छैन । परिवारजनका अनुसार आसंका गरिएको त्यो ब्याक्तिको प्रहरीमा ठुलै ओहदाको मान्छे छ । त्यस्तो भए पहँुचमा भएका मान्छेहरुबाट पहँुच विहिनहरु अकालमै मारिने त ? प्रहरीले उल्टो पिडितलाई धम्काउँछ । वस्तुका ति पिडितहरुलाई पनि त्यही गरेको हो । यस्ता थुप्रै घटना पत्रकार हुँ भन्नेहरुले खोजौं तर प्रहरीको भनाई राखेर मात्रै समाचार लेख्ने हो भने उसको प्रवक्ता हुँ भनेर घोषण गरौं जसले गर्दा मान्छेहरु अकाल मर्नबाट बच्न सक्थे कि भन्ने लाग्न थाल्यो ।
पछिल्लो पटक ईन्द्रेगौडाकी कल्पनाको मृत्यु घटनाले मलाई साह्रै यस कुरामा चिन्तीत पार्यो कि अव अकाल मृत्युको शिकार हुनेमा बैदेशिक रोजगारमा हुने पुरुषका श्रीमतीहरुको सङ्ख्या बिस्तारै बढ्दै छ । मृतक खरालका जेठा छोराको कुरा सुन्दा कसैले उनिहरुलाई कठोर बन्न सिकाए जस्तो छ । ए वावा, ति अवोध वालक अरुका बाबु आमा मर्दा त आँशु थाम्न नसक्ने हुनु पर्ने तर उनि भन्छन्, "हामीलाई नै रातमा छोडेर जाने आमा सम्झेर कति रुने ? बरु मन सम्हालेर त्यो पाँच वर्षको भाईलाई हुर्काउने, पढाउने गर्दछौं ।" अडियोमा रेकर्ड उनिहरुसंगको कुराकानी जती मार्मिक र हृदयबिदारक छ उती नै सोचनिय पनि छ । प्रतिक्षा गर्नुहोस् ओझेलका खवर सम्म । यस सम्बन्धमा स्थलगत अडियो रिपोर्ट तयार पारी गुल्मीन्युज डट कममा केही दिनमै राख्नेछौ । श्रोत गुल्मीन्युज
यो पनि पढ्नुस् बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो)
भोजपुर, माघ २७ - भोजपुरमा एक कृषकको गाईले आईतबार विहान एकै बेतमा ३ वटा बाछा जन्माएको छ ।
जिल्लाको दक्षिण खैराङ्ग गाउँ विकास समिति वार्ड नं. ९ निवासी शेरबहादुर राईले पालेको गाईले १ वटा वहर र २ वटा वाछी जन्माएको हो ।
स्थानीय जातको गाईले दोस्रो बेतमा ३ वटा वाछा जन्माएपछि वरपरका मान्छेहरु रमीत हेर्न जानेको घुँईचो लागेको घोडेटारका नारायणप्रसाद निरौंलाले बताउनुभयो । माउ तथा वाछावाछी सबै स्वस्थ छन् ।
माघ २६ – उसै पनि उराठलाग्दो मरभूमिले मन एकतमासको बनाइदिन्छ । आँखाले देखुञ्जेल बलौटे भूमि बाहेक केहि छैन । कक्रक्क परेर लस्करै ठिङ्ग उभिएका खजुरका बोट कुनै कारखाना अघिल्तिरको रुखो चौकीदार झै लाग्छन् । यसो आक्कलझुक्कल घुमफिर गर्न आउने नेपालीसँगको भेटघाटले नै हो नेपालको तिर्सना मेटाउने ।
एक फुर्को झार समेत उम्रिन मुस्किल पर्ने त्यहि मरभूमिलाई खनिखोस्री गरेर खेती लाउनु आफैंमा कम्ती आश्चर्यको कुरा होइन । यो कुरा कतारमै बस्ने कतिपय नेपालीले समेत देख्न पाउँदैनन् । त्यहि गेग्रयानलाई खनजोत गर्दै, त्यसमा मलखाद हालेर पानी पटाउँदै रहरलाग्दो गरी हरियो तरकारी फलाउने काममा धेरै नेपाली खटिएका छन् कतारका मजराहरुमा । तरकारी बारीको खेताला भएर अनी हाँस, कुखुरा स्याहार्दै उनले बैंसका आठ बर्ष बिताए त्यो बिरानो भूमिमा । उनी अर्थात उदयपुरका २७ बर्षे दिपक धमला ।
असरल्ल परेको कपाललाई ऊनीको टोपीले छोपछाप पारेका दिपकलाई यतिबेला झण्डै एकहात लामो पालुङ्गोको साग र हरियो धनियाँ मुठो पारी क्रेटमा हाल्न भ्याईनभ्याई छ । केहि बेरमै साग लिन गाडी आइपुग्छ । त्यसअघि नै उनले क्रेटहरुको थाक तयार पारिसक्नु छ । नत्र मुदिर(म्यानेजर) को खप्की खानुपर्छ । साग बोकेर गाडी बजारतिर लागेपछि मात्रै केहि बेरलाई होलो खुकुलो हुन्छ कामको ।
फेब्रुअरीको महिना हल्का चिसो छ । त्यसैले यतिबेला त दिनभरी काम गर्दा पनि उति सास्ती हुन्न । बिहान ६ बजेदेखि सुरु भएको काम बेलुका ६ बजेसम्म नै चलिरहन्छ । बीचमा दुई घण्टाको छुट्टी पाउँछन् । छुट्टी पनि के भन्ने र ? झुपडीमा फर्केर भात र कुखुराको मासुमा झोल हालेर खाइ सक्दा नसक्दै खेतमा फर्किने बेला भइहाल्छ । दिन र महिना मात्रै होइन उनका यौवनका थुप्रै बर्षहरु यसरी नै सुलुलु चिप्लिरहेछन् समालको मरभूमिमा ।
मामाले बोलाएर बिदेशी काम गर्न हिंडेका दिपकका मामा भाञ्जालाई उतै छोडेर उहिल्यै घर फिरिसके । मामाले भिराइदिएको जडौरी यो कामले उनलाई वाक्कै लाईसक्यो । कहिलेकाहिं त लाग्छ यहि मरभूमिमै परान(प्राण) जाने पो हो की ? सम्झिल्याउँदा पनि आतेस लाग्छ ।
बिदेशी काम दिपकलाई मात्रै होइन उनलाई पर्खेर उदयपुरको एउटा गाउँमा बसेकी उनकी बुढी आमालाई पनि पुगिसक्यो । फोन गरेपिच्छे आमाले घर आइज भनेर कराइरहन्छिन् । आखिर घर फर्केर बिहे पनि त गर्नुछ ।
दिपकलाई पनि मन नभएको कहाँ हो र ? कपिल(मालिक) ले फर्किन दिए पो ? विदेशमा काम गर्न पुगेकाहरुका लागि पासपोर्ट चराको पखेंटा जस्तै हो । कपिलले राखेको पासपोर्ट फिर्ता नदिएसम्म उनी नेपाल फर्किन पाउँदैनन् । आखिर मालिकको हात परेको त्यहि पासपोर्ट नै उनका लागि लगाम बनेको छ बाध्यताको कामको ।
गाउँबाट बाटो लाग्दा उनी दुईतीन बर्षलाई भनेर हिंडेका थिए रे । ८० हजार खर्च गरेर कतार पुगेका उनी सिधै समालको मरभूमिको बीचमा रहेको त्यो मजरामा पुगे । साँझ ढल्किंदै जाँदा ८० किलोमिटर टाढाको राजधानी दोहामा हुने झिलिमिलि उनले देखेका पनि छैनन् । उनले देखे त केवल उनीजस्तै केहि हजार कमाउने सपनामा कतार पुगेका नेपाली र बंगलादेशी कामदारको पसिनाले हरेक सिजनमा हरियो पारेको मरभूमिबीचको त्यहि मजरा र आँखाले देखुञ्जेलको अत्यासलाग्दो मरभूमि ।
घर फिर्ने मन गरेको पनि निक्कै भइसक्यो । मुदिरलाई भन्यो कपिललाई देखाइदिन्छ । अनी कपिलले अर्को बर्ष वा दुईचार महिना पछि भन्दै धकेलिरहेछ उनको नेपाल फर्किने मितिलाई । अव तीन महिनामा त कसो घर फर्किन नपाइएला र ? उनको मनले यहि भन्दैछ । जाँदा लिएको ऋण पनि त निखनिसके उनले । कमाई सम्झेर ल्याउँदा बिरक्ति अझै बढ्छ रे । ६ सय रियाल सुख्खा तलव । खानेकुरा सवै आफैंले किन्नु पर्छ । हरेक बर्षको ईदमा कपिलले दिने एकबोरा चामलले महिना दिन पनि पुग्दैन । जति फारुतिनो गर्दा पनि डेढसय रियाल त खानामै खर्च भइहाल्छ । त्यसैले चार देखि साढे चारसय रियाल मात्रै हो महिनाको कमाई । नेरुमा हिसाव गर्दा १२ हजारको हाराहारी हुँदो रै’छ ।
कहिलेकाहिं मजरामा आउने नेपालीलाई आफैंले पालेका हाँस, कुखुरा काटेर पकाइ तुल्याई गरेर खुवाउँदा खुसीले उनीहरुले दिने एकदुई सय रियाल नै हो ओभरटाइम आम्दानी । यति कमाईका लागि बित्थामा आएँछु भन्ने त लागिरहन्छ । तर कपिलले राखेको पासपोर्ट फिर्ता नदिएसम्म कसरी घर फिर्ने र ? तर पनि अव चैं तीन महिनाको भाखा राखेको छ रे कपिलले । त्यहि आशमा फर्किने जहाजको टिकट काट्ने पैसाको पनि जोहो गरेर बसेका छन् दिपक ।
के अव फेरी उनी कतार फर्केलान् त ? ‘अहँ ज्यान गए पनि आइन्न अव त यो ठाउँमा, के खोज्न आउनु र ?’ उनले गरेको निधो यहि हो । त्यहि कतारको बालुवा खेलाउँदै उनले नेपाल फर्केपछिको जीवन गुजाराको मेलोको योजना समेत बुनिसकेका छन् । ‘याँ(यहाँ) बालुवामा खेती गर्दा त कमाई नै हुँदो रै’छ र त हामीजस्तालाई ल्याउँदो हो, नेपालमै खेती गरे पनि कमाइ हुन्न होला र ?’ अर्थात दिपक अव नेपाल फर्केर बिहे गरी आफ्नै माटोमा पौरख गर्ने निश्कर्षमा पुगेका छन् । सायद अरु धेरै नेपालीले बिदेशमा सिकेको कुरा पनि यहि हो, गरे आफ्नै देशमा के हुन्न र ?

सल्लेटार (नुवाकोट) : माथिल्लो त्रिशूली थ्री'ए' जलविद्युत आयोजनाको ड्याममा शनिबार खोला थुनेर पानी प्रवाह गराइएको छ। ड्याममा पानी पठाइएपछि आयोजनाको काम ३५ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ।
निर्माणको जिम्मा पाएको चिनिया गेजुवाले शनिबार नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूको उपस्थितिमा आयोजनाको मुख्य ड्याममा त्रिशूली खोला थुनेर पानी पठाएको हो।
पानीलाई खोला थुनेर आयोजनाको ड्याममा लगिएपछि आयोजनाको सुरुङ र विद्युत गृहको निर्माणको काम बाँकी रहेको आयोजना कामु प्रमुख उत्तम अमात्यले जानकारी दिए।
सम्झौता अनुसार आगामी दुई महिनाभित्र आयोजनाको काम सम्पन्न गर्नुपर्छ। तर, निर्माण कार्यको ठेक्का लिएको चीनको गेजुवा कम्पनीले समयावधि भित्र काम नसकिने संकेत दिइसकेको आयोजनाले जनाएको छ।
नुवाकोटको मनकामना गाविस ९ र रसुवाको डाडागाउँ गाविस ७ मा निर्माण भइरहेको सो आयोजना साढे १० अर्ब नेपाली रुपैयाँ ऋण सहयोगमा ३५ महिनामा सम्पन्न गरिसक्ने गरि २०११ जूनदेखि सुरु भएको थियो।
आयोजनाको लागि समय थप्नु पर्ने निर्माण पक्षको माग रहेको छ। गेजुवाले दुई वर्ष समय थप्नु पर्ने माग गरेपनि नेपालले समय थपेको छैन।
सन् २०१४ को अप्रिलसम्ममा काम सम्पन्न गरिसक्नु पर्ने ६० मेगावाट क्षमताको आयोजनाको केही दिन अगाडि विद्युतीय लाइनको टावर र पोल राख्ने जग्गाको विषयमा स्थानीयसँग विवाद भएको थियो। स्थानीयले आयोजना तथा निर्माण पक्ष गेजुवाको गाडी आवतजावत नै गर्न रोक लगाएपछि आयोजनाको काम प्रभावित भएको थियो।
निर्माणको जिम्मा पाएको चिनिया गेजुवाले शनिबार नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूको उपस्थितिमा आयोजनाको मुख्य ड्याममा त्रिशूली खोला थुनेर पानी पठाएको हो।पानीलाई खोला थुनेर आयोजनाको ड्याममा लगिएपछि आयोजनाको सुरुङ र विद्युत गृहको निर्माणको काम बाँकी रहेको आयोजना कामु प्रमुख उत्तम अमात्यले जानकारी दिए।
सम्झौता अनुसार आगामी दुई महिनाभित्र आयोजनाको काम सम्पन्न गर्नुपर्छ। तर, निर्माण कार्यको ठेक्का लिएको चीनको गेजुवा कम्पनीले समयावधि भित्र काम नसकिने संकेत दिइसकेको आयोजनाले जनाएको छ।
नुवाकोटको मनकामना गाविस ९ र रसुवाको डाडागाउँ गाविस ७ मा निर्माण भइरहेको सो आयोजना साढे १० अर्ब नेपाली रुपैयाँ ऋण सहयोगमा ३५ महिनामा सम्पन्न गरिसक्ने गरि २०११ जूनदेखि सुरु भएको थियो।
आयोजनाको लागि समय थप्नु पर्ने निर्माण पक्षको माग रहेको छ। गेजुवाले दुई वर्ष समय थप्नु पर्ने माग गरेपनि नेपालले समय थपेको छैन।
सन् २०१४ को अप्रिलसम्ममा काम सम्पन्न गरिसक्नु पर्ने ६० मेगावाट क्षमताको आयोजनाको केही दिन अगाडि विद्युतीय लाइनको टावर र पोल राख्ने जग्गाको विषयमा स्थानीयसँग विवाद भएको थियो। स्थानीयले आयोजना तथा निर्माण पक्ष गेजुवाको गाडी आवतजावत नै गर्न रोक लगाएपछि आयोजनाको काम प्रभावित भएको थियो।
Farmers making sugarcane juice in Palpa.Photo from Palpa
.jpg)

.gif)

.jpg)