१५ चैत, भैरहवा । विश्वकप क्रिकेट खेल्ने नेपाली क्रिकेट खेलाडीहरुलाई गृहजिल्ला भैरहवामा नागरिक सम्मान गरिएको छ । रुपन्देहीका क्रिकेटरहरु शक्ति गौचन, बसन्त रेग्मी, अमृत भट्टराई, राहुल विक र सागर पुनलाई नगारिक सम्मान गरिएको हो ।
पाँच क्रिकेट खेलाडीलाई सभासद दिपक बोहराले पूर्व घोषित जनही एक लाख प्रदान गरेका छन् । यस्तै रुपन्देही क्रिकेट संघका संस्थापक कोषाध्यक्ष रिषिकेश अग्रवालले जनही नगद दश हजार तथा भैरहवाको बज अटो मोबाइल्स, सिद्धार्थ यातायात, सीमा सुरक्षा बल रुपन्देही, राजश्व गस्ती गुल्म डण्डा, भैरहवाको पाशा गु्रप, मुनलाइट उच्च मा विद्यालयले खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा राप्रपा साभासद बोहराले खेलाडीहरुका लागि सरकारले ५० हजार रुपैयाँको बराबरको जागिर व्यवस्था गर्ने पर्ने बताए ।
यसअघि खेलाडीको स्वागतका लागि सभासद बोहरा, सभासद इस्तियाक अहमद, खेलाडीका अभिभावक, विद्यार्थीहरु, शुभेच्छक, क्षेत्रिय क्रिकेट संघ क्षेत्र नं. ४ भैरहवा र रुपन्देही क्रिकेट संघका पदाधिकारीले भैरहवा विमानस्थलमा पुगेका थिए ।

चटगाउँ (बंगलादेश), चैत्र ८ - नेपाली क्रिकेटले आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपअघि धेरै ठूलो सपना पालेको थिएन । पहिलो पटक विश्वकपमा सहभागी नेपालको मुख्य लक्ष्य नेपाली क्रिकेटलाई विश्वसामु चिनाउनु थियो ।प्रतियोगिताअघि ढाकाको पान प्यासेफिक सोनारगाउँ होटलमा सञ्चारकर्मीसामु राष्ट्रिय टिमका कप्तान पारस खड्का आत्मविश्वासी ढंगले प्रस्तुत हुँदै यही लक्ष्यमाथि प्रकाश पार्दै थिए । प्रतियोगिताको पहिलो चरणमा दुई खेल जित्दासमेत नेटरनरेटको आधारमा पछि पर्दै नेपाल सुपरटेनमा उक्लन सकेन । त्यसो हुँदा पनि नेपाली क्रिकेटले विश्वलाई आफ्नो परिचय मात्र दिएन, एसोसिएट्समध्ये अब्बल भएको प्रमाणित गर्यो ।
न्युजिल्यान्डमा आईसीसी वान-डे विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको महिना दिन बित्दैछ । ट्वान्टी-ट्वान्टी यात्राबाट त्यसको पीडा स्वात्तै हराएको छ ।
यूएईमा साता लामो अन्तिम अभ्यासमा नेदरल्यान्ड्स र यूएईसँग अभ्यास खेल खेलेको नेपाल सीधै बंगलादेश हानिएको थियो । बंगलादेशको फतुल्लाहमा यूएई र आयरल्यान्डसँग थप दुई अभ्यास खेलमा पराजित हुँदाको नमज्जा विश्वकपमा पटक्कै दोहोरिएन ।
ती पराजयबाट कमजोरी पत्ता लागेको, आत्मविश्वासमा कुनै कमी नआएको कप्तान खड्काले बताएका थिए । नभन्दै चटगाउँको
जोहर अहमद चौधरी स्टेडियमका तीनै खेलमा नेपाली टोली आत्मविश्वासी देखियो । अनि
दुईमा सफलता ।
सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपाली क्रिकेट सन् २००७ को एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटदेखि यो छोटकरी विधामा सहभागी हुन थालेको हो । सन् २०१२ को आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा सातौं स्थान हासिल गरेपछि विश्वकप खेल्ने सपना दुई वर्ष पछि सारेको नेपालले यसपटक एसीसी ट्वान्टी-ट्वान्टी र आईसीसी ट्वान्टी-ट्वान्टी छनोट दुवैमा अब्बल प्रदर्शन गरेको थियो । त्यसबाटै विश्वकप योग्यता सावित भएको थियो ।
कप्तान खड्का हङकङविरुद्धको पहिलो खेलमा प्राप्त जितलाई ऐतिहासिक भन्छन् । देशमा होलीको धुमधाम चलिरहँदा उनको टोलीले उक्त जितको उपहार दिएको थियो ।
'क्रिकेटले नेपाललाई एकसूत्रमा बाँधेको छ भने यो विजयले त्यसलाई अझ मजबुत बनाउनेछ,' खेलपछि उनले भनेका थिए ।
पहिलो खेलमा शक्ति गौचन र वसन्त रेग्मीको महत्त्वपूर्ण भूमिका रह्यो । शक्ति नौ रनमा तीन विकेटका लागि 'म्यान अफ द म्याच' पनि रहे । प्रतियोगिता भर वसन्त र शक्तिले समान पाँच विकेट लिए । त्यस्तै बलरद्वय सोमपाल कामी र जितेन्द्र मुखियाले चार-चार विकेट लिए । हङकङविरुद्ध ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउन दुई रनले चुके ।
यस पटक सुवास खकुरेल र सागर पुनको प्रारम्भिक जोडी खुबै जम्यो । उनीहरूले नेपाली ब्याटिङमाथिको भरोसालाई
दरिलो पारे ।
दोस्रो खेल विशेष थियो । हङकङलाई फराकिलो अन्तरले जितेर आत्मविश्वासी बनेको नेपाल पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको सामना गर्दै थियो । नेपालले गुमाउनु केही थिएन । बिनादबाब खेल्दै बंगलादेशसँग साहसिक र बहादुरीपूर्ण प्रदर्शन गर्दा सुपरटेनको सम्भावना जीवित रह्यो । तर टसले साथ दिएन । बंगलादेशले पहिले ब्याटिङ गर्नुको फाइदा उठायो, आठ विकेटको जित हासिल गर्यो । नेपालले खराब ब्याटिङ गरेन, पूरै ओभर खेल्दै १ सय २६ रन बनायो ।
नेपाली प्रशिक्षक पुबुदु दसानायके निराश भएनन् । बरु नेपाली खेलाडीलाई त्यो अनुभवबाट सिक्न प्रेरित गरे । 'नेपाली खेलाडी युवा छन् र उनीहरूले सिक्ने यस्तै खेलबाट हो,' उनले भने । बंगलादेशी खेलाडीले नेपाली प्रदर्शनको प्रशंसा गरे । म्यान अफ द म्याच अमिन हुसेनले एसोसिएट्सका रूपमा नेपाल आदर्श बनेको टिप्पणी गरे ।
तेस्रो खेल साँच्चै ऐतिहासिक थियो । अफगानिस्तानसँगको भेट नेपालका लागि सधैं महत्त्वपूर्ण हुने गर्छ । किनभने ट्वान्टी-ट्वान्टीमा नेपालले एसोसिएट्समध्ये एसियामा नहराएको एउटै राष्ट्र हो अफगानिस्तान । अझ विश्वकपको भेट र त्यसको नतिजा महत्त्वपूर्ण हुने गर्छ ।
एकआपसमा सातौं पटक भिड्न लागेका दुई देशको स्पर्धा पृष्ठभूमिमा अफगानिस्तान लगातार हावी थियो । यो पटक नेपालले क्रमभंग गर्दै नौ रनको सनसनीपूर्ण जित हात लगायो ।
प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल ५६ रन बनाउँदै विश्वकपमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बने । उनले तीन खेलमा ८६ रन बनाएका थिए । शरद भेषवाकरले तीन खेलमा सर्वाधिक ९१ रन बनाए भने पारस र ज्ञानेन्द्रले समान ८३ रन जोडे ।
ट्वान्टी-ट्वान्टी विश्वकपको यस्तो प्रेरणादायी अनुभवपछि कप्तान खड्काले एउटा सार्थक अभिव्यक्ति दिएका छन् । 'नेपाली क्रिकेटले एउटा चक्र पूरा गरेको छ, अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ,' उनले भने, 'यो जित सम्पूर्ण नेपालीमा समर्पित छ । हामी नेपाल र नेपालीका लागि खेल्छौं र जितका लागि प्रयास गर्छौं ।'
काठमाडौं, ४ फागुन । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको छ । बङ्गलादेशको चटगाउँस्थित जहुर अहमद चौधरी स्टेडियममा भएको खेलमा नेपालले पाँच विकेट गुमाउँदै १२७ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको आयोजक राष्ट्र बङ्गलादेशले १५ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा सो लक्ष्य पहिल्याउन सफल भएको थियो । पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेलेको नेपालले अन्तिम समयसम्म पनि जितका लागि प्रयत्न गरेपनि त्यो सफल हुन सकेन ।
आजको खेलमा नेपालका तर्फबाट शक्ति गौचन र बसन्त रेग्मीले एक/एक विकेट लिन सफल भए । यो विकटसँगै यी दुई खेलीडीले यो प्रतियोगितामा ४/४ विकेट लिन सफल भएका छन् । यसअघि आइतवार भएको खेलमा यी दुवै खेलीडीले ३/३ विकेट लिएका थिए ।
गौचनले अनुमल हक र रेग्मीले तमिम ईकवालको विकेट लिन सफल भएका थिए ।
बङ्गलादेशका प्रारम्भिक ब्याट्सम्यान हक र ईकवाल क्रिजमा जमेर खेल्न सफल भएपछि नेपाली टोली दवाबमा परेको थियो । हकले ४२ रन र ईकवालले ३० रन बनाएका थिए । नेपालले टस हारेर पहिले व्याटिङ गरेको थियो ।
आगामी खेल नेपालले अफगानिस्तानसँग खेल्नेछ ।
खेलको पहिलो पालिमा नेपालका तर्फबाट कप्तान पारस खड्काले ३५ बलमा पाँच चौका प्रहार गर्दै ४१ रन तथा ब्याट्सम्यान शरद भेषवाकरले ४३ बलमा पाँच चौका सहित ४० रन जोडेका थिए । कप्तान खड्का र व्याट्सम्यान शरद भेषवाकरको जोडीले नेपाली टोलीलाई सम्हालिएर व्याटिङ गर्दै सम्मानजनक योगफल निकाल्न सफल भएपनि खेल जित्नका लागि त्यो पर्याप्त हुन सकेन ।
नेपाली टोलीका कप्तान खड्काले आजको खेलमा १ सय ४० रन कटाउन सकेको भए आफूहरुले खेल जित्ने सम्भावना रहको बताउँदै त्यो पूरा नहुँदा हार भएको बताए । उनले आजको खेलका कमजोरी सच्याउँदै आगामी खेलमा जित हात पारिछाड्ने विश्वास व्यक्त गरे ।
यो प्रतियोगितासँगै यो समूहबाट पहिलो दश टोलीमा पर्ने बङ्गलादेशको सम्भावना बढेपनि नेपालको समभावना अझै समाप्त भएको छैन ।

चटगाउँ, ४ चैत्र । नेपालले टीट्वान्टी विश्वकपमा गरेको विजयी सुरुआतलाई विदेशी सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्। नेपालले आफ्नो पहिलो विश्वकपको पहिलो खेलमै हङकङलाई हराएको समाचारले आयोजक राष्ट्र बंगलादेशदेखि लिएर भारत, पाकिस्तान, युएईलगायका सञ्चारमाध्यममा पर्याप्त स्थान पाएको छ।यसैगरी अमेरिकाको एसोसिएटेड प्रेस (एपी), फ्रान्सको एजेन्सी फ्रान्स प्रेसे (एएफपी) लगायतका अन्तर्राष्ट्रिय समाचारमा पनि नेपाली क्रिकेटको समाचारले महत्त्वपूर्ण स्थान पाएको छ।
भारतीय च्यानल जी न्युजले हङकङविरुद्धको खेलमा नेपालको जितमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र वसन्त रेग्मीले दिएको योगदानको चर्चा गरेको छ। क्रिकेटको चर्चित वेभसाइट क्रिकइन्फोले पनि नेपाली स्पिनरको खुलेर प्रशंसा गर्दै सन् २००९ पछि पहिलोपटक आइसीसीको कुनै पनि एसोसिएट राष्ट्रले टीट्वान्टी विश्वकपमा सफलता हात पारेको तथ्यांक प्रस्तुत गरेको छ।
यसैगरी भारतको एनडीटिभी, आजतकजस्ता च्यानलले पनि विश्वकपमा नेपालको सफलताको समाचारलाई महत्त्वका साथ सम्प्रेषण गरेका छन्। पाकिस्तानको चर्चित समाचार संस्था दि डनले पनि पहिलो विश्वकपको पहिलो खेलमै नेपालले हात पारेको सफलताको प्रशंसा गरेको छ। विदेशी सञ्चारमाध्यमले खासगरी नेपाली खेलाडीको प्रदर्शन विश्व क्रिकेटका हस्ती राष्ट्रका खेलाडीको भन्दा कम नरहेको टिप्पणी गरेका छन्।
भारतको इन्डियन एक्सप्रेसले नेपाल र हङकङबीचको खेलका सबै टिकट बिक्री भएको प्रसंग कोट्याएर नेपाली क्रिकेटरले देखाएको उत्साहको चर्चा गरेको छ। बंगलादेशका सञ्चारमाध्यमले पनि नेपालको सफलतालाई निकै महत्त्व दिएका छन्। विश्वकप सुरु हुनुअघि आयोजक राष्ट्र बंगलादेशमा नेपाली क्रिकेटबारे कसैलाई थाहा थिएन। ढाका सहरमा नेपालले पनि क्रिकेट खेल्छ भनेर आश्चर्य व्यक्त गर्नेहरूको कमी थिएन।
बंगलादेशी राष्ट्रिय टोलीका क्रिकेटहरूले त विश्वकप सुरु हुनुअघि नेपाली क्रिकेटको बारेमा आफूहरू अनभिज्ञ रहेको सार्वजनिक रूपमै स्वीकार गरेका थिए। तर पहिलो खेलमा हङकङलाई हराएर नेपाली क्रिकेटरले आयोजक राष्ट्रका क्रिकेटर मात्र होइन, सर्वसाधारणलाई पनि गतिलो जवाफ दिएका छन्। नेपालले मंगलबार आफ्नो दोस्रो खेल बंगलादेशसँगै खेल्दै छ। नेपाल र हङकङबीचको खेल हेरेपछि बंगलादेशी खेलाडीले समेत नेपालविरुद्धको खेललाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
चटगाउँमा नेपालले हङकङमाथि ८० रनको जित हात पारेको समाचारले सोमबार स्थानीय पत्रिका भरिएका थिए। पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाले समेत नेपाली टोलीको खेलको खुलेर प्रशंसा गरेका छन्। ‘बंगलादेशमा चम्कियो नेपाल’ चटगाउँको एक दैनिक पत्रिका दि डेली स्टारले लेखेको थियो। शक्ति गौचन र ज्ञानेन्द्र मल्लको तस्बिर सहितको समाचार लेखेको डेली स्टारले नेपाली समर्थकको पनि मुक्तकण्ठले प्रशंसा गरेको थियो।
नेपालको खेल हेर्न नआएका व्यक्तिले पनि नेपालको जितको चर्चा गरेका थिए। ‘नेपालले जित्यो होइन?’, स्थानीय केक पसलका एक व्यापारीले नेपाली पत्रकारको समूहलाई देखेपछि सोधेका थिए। आइतबारको खेलमा घरेलु दर्शकले पनि नेपाली टोलीलाई साथ दिएका थिए। स्थानीय सञ्चारमाध्यमले स्थानीय भाषामा नेपाली क्रिकेटको विषयमा लेखेपछि कप्तान पारस खड्काले भनेजस्तै विश्वसामु नेपाललाई चिनाउने पहिलो लक्ष्य पूरा भएको छ।
४ फागुन, काठमाडौं । बिश्वकै चर्चित खेल एंग्री बर्ड सायद तपाईले धेरैचोटी खेलिसक्नुभएको होला । यो बिश्वचर्चित खेललाई यहाँसम्म ल्याउनुमा एकजना नेपाली इन्जिनियरको ठूलो हात छ । सफलताको मामलामा विश्वका प्रसिद्ध कम्पनी रोभियो र विजय गुरुङको कथाले मेल खाएको छ । रोभियोले जसरी आफ्नो ‘एङ्ग्री बर्ड’ विश्वमा यो स्तरमा लोकपि्रय होला भन्ने सोचेका थिएन, विजयलाई पनि कुनै दिन विश्वप्रसिद्ध कम्पनी रोभियोको एक जना कायकारी हुँला भन्ने थिएन । तर, आज यी दुवै कुरा भएका छन् । फिनल्याण्डमा जमेका विजय भन्छन्, ‘मेरा धेरै सपना विस्तारै विपनामा परिणत भएका छन् ।
२५ वर्षको उमेरमा सफ्टवेयरको अन्तर्राष्ट्रिय बजार छिरेका विजय १० वर्षको हुँदा लमजुङको बेसीशहरबाट पढ्न काठमाडौं बूढानिलकण्ड आएका थिए । बूढानिलकण्ठ स्कूलबाट एसएलसी र ओ-लेभलको पढाइ पूरा गरेपनि उनी इन्टरनेशनल रिलेशनमा डिप्लोमा गर्न १९९७ मा बेलायत गए । दुई वर्ष लन्डनमा पढ्दा उनी सफ्टवेयर र एप्लिकेशनहरुको संसारमा तानिन थाले । त्यसपछि मास्र्टस गर्न फिनल्याण्ड पुगेका उनी ‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ बाट अमेरिका पुगेको आइतवार प्रकाशित हिमालखवर साप्ताहिकले छापेको छ । २००५ मा अमेरिकाबाट फर्केर फिनल्याण्डमै मोबाइलका लागि गेम बनाउने एउटा बिल्कुल नयाँ र सानो प्रोजेक्टमा काम गर्न थाले । त्यतिबेला रिङटोनदेखि गेमसम्मका मोबाइल विजनेश सेवा प्रदायककै हातमा हुन्थ्यो ।
‘त्यतिबेलाको एप्लिकेशन डेभलपमेन्ट अहिले जस्तो सजिलो थिएन,’ विजय सम्झछन् । ‘जाभा प्रविधिका एपह मात्र चल्ने मोबाइलका स्त्रिmनको आकार अनुसार एउटै एप्लिकेशनको दर्जनौ भर्सन बनाउनुपथ्यो ।’ अहिले एप्लिकेशन निमार्ताहरुले कुल रेभेन्युको ७० प्रतिशतसम्म शेयर पाउँछन् । त्यतिखेर ५० प्रतिशत पाउनुपनि भाग्यको कुरा हुन्थ्यो । अर्थात काममा झन्झट र पैसामा कमी थियो । त्यसैकारण सँगै काम थालेका साथी अन्यत्रै लागे, तर विजय डटिरहे । त्यसको दुई वर्षमा कम्पनी बदलेर कम्प्युटर सफ्वेयर बनाउन थाले । नयाँ कम्पनीमा त्यतिखेर उत्कृष्ट मानिएको मिडिया प्लेयरका लागि काम गर्न पाउँदा विजयको ज्ञान, व्यावसायिक जिम्मेवारी र आम्दानी सबै बढ्यो । त्यसपछि उनी जेाडिए रोभियोसँग । २००३ मा स्थापना भएको रोभियोले ‘एङ्ग्री बर्ड’ भन्दा पहिले ५१ वटा अरु एप्लिकेशन बनाइसकेको थियो, तर कुनै पनि एप्लिकेशनले बजार पाएको थिएन ।
यस्तो असफलताका कारण रोभियोमा सात जना डेभलपर मात्र बाँकी थिए । अन्तिम प्रयासस्वरुप आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर त्यो टोलीले ‘एङ्ग्री वर्ड’ बनायो । त्यसको एक बर्षपछि २०१० मा विजय को-डाइरेक्टरको रुपमा रोभियोसँग जोडिँदा ‘एङ्ग्री बर्ड’ आईओएस प्रयोगकर्ताहरुका लागि मात्र थियो । त्यो पनि पैसा तिरेर डाउनलोड गर्न मिल्ने । त्यो अवस्थामा उनको प्रमुख जिम्मेवारी थियो । तुरुन्त ‘एङ्ग्री बर्ड’ को प्रयोगकर्ताको संख्या बढाउने । त्यसपछि उनले धमाधन चीन, ताइवान र कोरियाका मोबाइल फोन सेवा प्रदायकसँग सम्झौता गर्न थाले, जसले केही हप्तामै नतिजा देखाउन थाल्यो ।
डाउनलोड गर्नेहरुको संख्या बढाउन उनले ‘एङ्ग्री बर्ड’ एन्ड्रोइडमा लगेर सित्तैमा डाउनलोड गर्न दिने प्रस्ताव राखे । ‘तर प्रश्न आयो, आम्दानीको’ उनी भन्छन् ‘लामो समयको छलफलपछि विवभिन्न एड नेटवर्क मार्फत गेममा प्रचार सामाग्री राख्ने निर्णय भयो ।’ एड नेटवर्कहरुसँग सम्झौता गर्ने जिम्मा पनि विजयकै काँधमा आयो । उनले अमेरिका, चीन, पूर्वी एसियाली देशहरुमा एड नेटवर्कहरुसँगबाट सम्झौता प्रक्रिया सुरु गरे । उनले सामसुङ, एलजी, सोनी, नोकिया, लगायतका मोबाइल फोन उत्पादनसँग पनि सम्झौता प्रक्रिया अघि बढाए । यसरी नयाँ मोबाइल सेटहरुमा समेत ‘एङ्ग्री बर्ड’ इन्स्टल भएर आउन थाल्यो । यसरी उनी लाखौको लागि आदर्श पनि बनेका छन् ।
जहाँ जान्छन केही सोध्ने र तस्वीर खिच्नेहरुको भीड लाग्छ । ‘एङ्ग्री बर्ड’ को प्रारम्भिक भर्सनमा अहिले खलनायकका रुप्मा देखिने सुँगुर थिएन । विजय रोभियो टोलीमा आएपछि ‘एङ्ग्री बर्ड’ को ग्राफिक्स र साउण्डदेखि कथासम्ममा धेरै परिमार्जन भइसकेको छ । सबभन्दा महत्वपूर्ण कुार विजयको योगदानलाई ८ सय ५० कर्मचारी रहेको राभियोले मात्रै हैन, प्रतिस्पर्धी कम्पनीहरुले पनि उच्च मूल्यांकन गरेका छन् । अहिले पनि उनी हरेक बर्ष आफ्ना अभिभावकलाई भेटन बेशीसहर आइपुग्छन, साना साना नानीहरुलाई एंग्री बर्ड अंकित टीसर्ट बाँडछन् र रमाउँछन् ।

तेस्रो खेलमा हङकङसंग १० विकेटले पराजित
५ माघ, काठमाण्डौ । एकदिवसीय विश्वकप क्रिकेट छनौटको आफ्नो तेस्रो खेलमा पनि नेपाल हङकङसंग १० विकेटले पराजित भएको छ । लगातार तेस्रो पराजयसंगै नेपाल एकदिवसीय क्रिकेट छनौटको समूह चरणवाटै बाहिरिएको छ ।
नेपालले दिएको एक सय ५१ रनको झिनो लक्ष्य पछ्याएको हङकङले ३३ दशमल २ ओभरमा विना विकेटको क्षतिमा १ सय ५४ रन बनाएर लक्ष्य भेट्टाएको हो । हङकङलाई जित दिलाउन इरफान अहमदले ८६ र वाकस बर्कतले ५६ रनको योगदान दिए । जितसंगै हङकङले सन् २००६ नेपालसंग ब्यहोर्दै आएको हारको बदलसमेत लिएको छ ।
यसअघि न्यूजिल्याण्डको रंगीओरा मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलब ३ ओभरमा सवै विकेट गुमाएर मात्र एक सय ५० रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले सर्वाधिक ४५ रनको योगदान दिए । ७९ बलको सामना गरेका बसन्तले चार चौका र एक छक्का प्रहार गरे ।
यस्तै ७५ बलको सामना गरेका कप्तान पारस खड्काले दुई चौकासंगै मात्र २९ रन बनाएर पेभिलियन फर्केका थिए । यसैगरी ४८ बलको सामना गरेका सोमपाल कामीले चार चौका प्रहार गर्दै २६ रन बनाए ।
नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक नै बटुल्न सकेनन् । नेपालका लागि विनोद भण्डारी र शक्ति गौचनले समान ८-८ रनको योगदान दिए भने शरद भेष्वाकरले ४, अनिल मण्डलले , सागर पुनलले २ तथा पृथु बास्कोटा एक रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्ल खाता नै नखोली पेभिलिनय फर्किदा अविनाश कर्णले नटआउट ३ रनको योगदान दिएका थिए ।
यसअघि भएका खेलमा नेपाल स्कटल्याण्ड्संग ९० रनले र युएईसंग एक सय २ रनले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा मंगलवार क्यानडासंग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वर्ष खेलाडीको उपाधि क्रिष्टियानो रोनाल्डोलाई
पुस ३० – पोर्चुगलका स्ट्राइकल क्रिष्टियानो रोनाल्डोले यो वर्षको फिफा ब्यालोन डे ओर अर्थात फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् ।
रोनाल्डोले फ्रेन्च स्टार फ्राङ्क रिबेरी र अर्जेन्टिाइन स्टार लियोनल मेस्सीलाई पछि पार्दै यो उपाधि जितेका हुन् । रोनाल्डोले २००८ मा पनि यो उपाधि जितेका थिए । विश्वका १ सय ८४ देशका प्रशिक्षक तथा कप्तान र १ सय ७३ खेल पत्रकारले दिएको भोटका आधारमा विजेता छनोट गरिएको थियो ।
लगातार ४ पटक फिफा वर्ष खेलाडी बनेका मेस्सीलाई पछि पार्दै रोनाल्डोले यो उपाधि जिते । २८ वर्षीय रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान तथा स्पेनी जाइन्ट रियल मड्रिडका स्ट्राइकर हुन् । रोनाल्डोले कुल १ हजार ३ सय ६५ मत अंक पाएका थिए ।
यस्तै मेस्सीले १ हजार २ सय ५ र रिबेरीले १ हजार १ सय २७ मत पाएका थिए । रोनाल्डोले २०१३ मा क्लव तथा देशका लागि ५६ खेलमा ६६ गोल गरेका थिए । स्वीडेन विरुद्ध उनले गरेको उत्कृष्ट ह्याट्रिकको मद्दतले पोर्चुगल यही वर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा छनोट भएको थियो ।
‘सर्वप्रथम त म मेरा सहकर्मीलाई धेरै धन्यवाद दिन चाहन्छु,’ उपाधि जितेपछि रोनाल्डोले भने, ‘उनीहरुको साथ र सहयोगले नै मैले यो उपाधि जितेको छु । यो उपाधि जित्नु मेरा लागि त्यती सजिलो थिएन ।’ निकै भावुक मुद्रामा प्रस्तुत भएका रोनाल्डोले आफ्नी श्रीमती र छोरालाई पनि विशेष गरी सम्झिए ।
यस्तै दि ब्यालोन डेओर प्रिक्स डि अनररबाट ब्राजिलका पेलेलाई सम्मान गरिएको छ । यो वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि जर्मन गोलकिपर नाडिने एंगररले पाईन् भने वायर्न म्यूनिखका पूर्व प्रशिक्षक जुप हेन्केस कोच अफ दि इयर भए ।
एजेन्सीको सहयोगमा

सरकारले बजेट नदिएपछि ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माणमा ढिलाइ
२८ पुस, भैरहवा । सागर थापा, शक्ति गौचन, अमृत गुरुङ्ग र राहुल विश्वकर्माजस्ता क्रिकेटमा अन्तर्राष्ट्रिय खेलाडीमात्र जन्माएन सिद्दार्थ रंगशालाले । बसन्त राई, राजु खड्का, सञ्जय गुरुङ्ग र जगत टमाटाजस्ता पहिलोपटक अन्र्तराष्ट्रिय क्रिकेट खेल्ने खेलाडीसमेत यही रंगशालाबाट खारिएर निस्केका हुन् ।
यही मैदानमै खेलेर खेलजीवन थालेका यहाँका खेलाडीहरु विश्वकप खेल्न लाग्दा उनीहरुलाई क्रिकेटमा ताते गर्न सिकाएको सिद्दार्थ रंगशाला भने अहिले अलपत्र छ ।
सरकारले सिद्दार्थ रंगशालालाई अन्र्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेर बजेट नपठाएपछि यसको भविष्य पनि अन्योलमा परेको छ । आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि रंगशाला निर्माणको लागि विनियोजित बजेट नआउँदा यहाँका क्रिकेटप्रेमीहरु निराश भएका छन् ।
रंगशालामा निर्माणको काम ०६७ साउनमा गरेर ०६८ मा खेलाडीका लागि बस्ने, प्रेस प्लेस र क्रिकेट संघको कार्यालय भवनसमेत निर्माण भैसकको छ । तर क्रिकेट मैदान सुरक्षित राख्न ताराबार र पर्खाल पनि लगाइएको छैन ।
करिब ४ विगाहा क्षेत्रफलको उक्त मैदानमा अचेल क्रिकेटको बल गुड्ने होइन चौपायाहरुको दिसा पिसाव थुप्रिने गरेको छ । यही मैदानमा ब्याट चलाउन थालेकाा खेलाडीले अन्तर्राष्ट्रिय चर्चा पाईंरहदा क्रिकेट संघको स्वामित्वको भैरहवा–३ मा रहेको सिद्धार्थ रंगशालाको अवस्था भने दयनीय बन्दै गएको हो ।
०५२/५३ बाट भैरहवामा क्रिकेट मैदान बनाउन माग गर्दै आएका क्रिकेट संघ रुपन्देहीका निवर्तमान अध्यक्ष प्रेम सेन्चुरीको अगुवाईमा भवन बनेपनि अरु भौतिक निर्माणले भने गति लिन नसक्दा रंगशाला गौचरण बनेको छ ।
अघिल्लो आर्थिक वर्षमा सरकारले काठमाडौंको मूलपानी क्रिकेट मैदान र भैरहवाको सिद्धार्थ रंङ्गशाला निर्माणका लागि ५ करोड रुपैयाँ दिने भने पनि त्यो घोषणामात्र सीमित छ ।
सरकारले घोषणा गरेको बजेटबाट एक पैसो पनि अहिलेसम्म क्रिकेट संघ रुपन्देहीले प्राप्त गरेको छैन । क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त मल्लले केन्द्रबाट बजेट विनियोजन भएपनि अहिलेसम्म बजेट नपाएको बताए । उनले चाँडै एक करोड दिने आश्वासन भने सरकारबाट पाएको बताए ।
अनलाइनखबरसँगको कुराकनीमा अध्यक्ष मल्लले भने–“केन्द्रबाट बजेट विनियोजन भएको छ तर हामीले पाउन सकेका छैनौं, जसकारण मैदानका अन्य भौतीक संरचना निर्माण पनि अलपत्र छ ।”
अध्यक्ष मल्लले अहिले मैदान सम्म्याउने काम पूरै बाँकी रहेको बताउँदै आठवटा पिचसमेत बनाउन नसकिएको बताए । त्यसैगरी दर्शकका लागि पोडियमका साथै ढल निकाशको पूर्वाधार पनि बन्न सकेको छैन ।
पहिलो चरणमा मैदान सम्म्याउन, पिच बनाउन र तारबारका लागि रकम अतिआवश्यक रहेको क्रिकेट संघका रुपन्देहीका अध्यक्ष मल्लको भनाई छ । यहाँको गौरवका रुपमा लिइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन यसक्षेत्रका सरोकारवालाहरुले चासो नदिंदा क्रिकेट प्रेमीहरुको मन कुँडिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन ढिलाई भएपछि अहिले त्यहाँ सिद्धार्थनगर उद्योग बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले आलोपालो मेला र महोत्सव गर्दै आएका छन् ।
क्रिकेट संघको मातहातको “सिद्धार्थ रंगशाला” लाई मेला लगाउने स्थान बनाउन नहुने बताउँदै यसको विकल्प खोज्नुपर्ने जिल्ला क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त मल्ल बताउँछन ।
२८ पुस, भैरहवा । सागर थापा, शक्ति गौचन, अमृत गुरुङ्ग र राहुल विश्वकर्माजस्ता क्रिकेटमा अन्तर्राष्ट्रिय खेलाडीमात्र जन्माएन सिद्दार्थ रंगशालाले । बसन्त राई, राजु खड्का, सञ्जय गुरुङ्ग र जगत टमाटाजस्ता पहिलोपटक अन्र्तराष्ट्रिय क्रिकेट खेल्ने खेलाडीसमेत यही रंगशालाबाट खारिएर निस्केका हुन् ।
यही मैदानमै खेलेर खेलजीवन थालेका यहाँका खेलाडीहरु विश्वकप खेल्न लाग्दा उनीहरुलाई क्रिकेटमा ताते गर्न सिकाएको सिद्दार्थ रंगशाला भने अहिले अलपत्र छ ।
सरकारले सिद्दार्थ रंगशालालाई अन्र्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेर बजेट नपठाएपछि यसको भविष्य पनि अन्योलमा परेको छ । आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि रंगशाला निर्माणको लागि विनियोजित बजेट नआउँदा यहाँका क्रिकेटप्रेमीहरु निराश भएका छन् ।
रंगशालामा निर्माणको काम ०६७ साउनमा गरेर ०६८ मा खेलाडीका लागि बस्ने, प्रेस प्लेस र क्रिकेट संघको कार्यालय भवनसमेत निर्माण भैसकको छ । तर क्रिकेट मैदान सुरक्षित राख्न ताराबार र पर्खाल पनि लगाइएको छैन ।
करिब ४ विगाहा क्षेत्रफलको उक्त मैदानमा अचेल क्रिकेटको बल गुड्ने होइन चौपायाहरुको दिसा पिसाव थुप्रिने गरेको छ । यही मैदानमा ब्याट चलाउन थालेकाा खेलाडीले अन्तर्राष्ट्रिय चर्चा पाईंरहदा क्रिकेट संघको स्वामित्वको भैरहवा–३ मा रहेको सिद्धार्थ रंगशालाको अवस्था भने दयनीय बन्दै गएको हो ।
०५२/५३ बाट भैरहवामा क्रिकेट मैदान बनाउन माग गर्दै आएका क्रिकेट संघ रुपन्देहीका निवर्तमान अध्यक्ष प्रेम सेन्चुरीको अगुवाईमा भवन बनेपनि अरु भौतिक निर्माणले भने गति लिन नसक्दा रंगशाला गौचरण बनेको छ ।
अघिल्लो आर्थिक वर्षमा सरकारले काठमाडौंको मूलपानी क्रिकेट मैदान र भैरहवाको सिद्धार्थ रंङ्गशाला निर्माणका लागि ५ करोड रुपैयाँ दिने भने पनि त्यो घोषणामात्र सीमित छ ।
सरकारले घोषणा गरेको बजेटबाट एक पैसो पनि अहिलेसम्म क्रिकेट संघ रुपन्देहीले प्राप्त गरेको छैन । क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त मल्लले केन्द्रबाट बजेट विनियोजन भएपनि अहिलेसम्म बजेट नपाएको बताए । उनले चाँडै एक करोड दिने आश्वासन भने सरकारबाट पाएको बताए ।
अनलाइनखबरसँगको कुराकनीमा अध्यक्ष मल्लले भने–“केन्द्रबाट बजेट विनियोजन भएको छ तर हामीले पाउन सकेका छैनौं, जसकारण मैदानका अन्य भौतीक संरचना निर्माण पनि अलपत्र छ ।”
अध्यक्ष मल्लले अहिले मैदान सम्म्याउने काम पूरै बाँकी रहेको बताउँदै आठवटा पिचसमेत बनाउन नसकिएको बताए । त्यसैगरी दर्शकका लागि पोडियमका साथै ढल निकाशको पूर्वाधार पनि बन्न सकेको छैन ।पहिलो चरणमा मैदान सम्म्याउन, पिच बनाउन र तारबारका लागि रकम अतिआवश्यक रहेको क्रिकेट संघका रुपन्देहीका अध्यक्ष मल्लको भनाई छ । यहाँको गौरवका रुपमा लिइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन यसक्षेत्रका सरोकारवालाहरुले चासो नदिंदा क्रिकेट प्रेमीहरुको मन कुँडिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन ढिलाई भएपछि अहिले त्यहाँ सिद्धार्थनगर उद्योग बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले आलोपालो मेला र महोत्सव गर्दै आएका छन् ।
क्रिकेट संघको मातहातको “सिद्धार्थ रंगशाला” लाई मेला लगाउने स्थान बनाउन नहुने बताउँदै यसको विकल्प खोज्नुपर्ने जिल्ला क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त मल्ल बताउँछन ।
काठमाडौं, पौष १८ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपालमै पहिलो पटक कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान हातामा इन्डोर क्रिकेट हल निर्माण गर्ने भएको छ । परिषदका अध्यक्ष युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले कीर्तिपुरमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त हलको शिलान्यास गरे ।
१ सय ४० फिट लम्बाइ र ४० फिट चौडाइको उक्त हलले कुल ५ हजार ६ सय वर्ग फिट क्षेत्रफल ओगट्नेछ । हलको अनुमानित लागत खर्च ७४ लाख ३५ हजार २ सय ७९ रुपैयाँ रहेको राखेप अन्तर्गत पूर्वाधार, निर्माण तथा मर्मत शाखाले जनाएको छ ।
शिलान्यास भएको ४० दिनमा दुई लेन हलको निर्माण कार्य पूरा हुनु पर्नेछ । निर्माण कार्यको जिम्मा जोरपाटीस्थित आर एन्ड सी बिल्डर्सले पाएको छ ।
सन् २०१४ मा हुने विश्वकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारी र वर्षायाममा पनि नियमित क्रिकेट प्रशिक्षणको व्यवस्था गर्न हल निर्माण गर्न थालिएको हो ।

काठमाडौं– श्रीलंका भ्रमणमा विजय यात्रालाई जारी राख्ने क्रममा नेपाली क्रिकेट टोलीले बिहीबार ब्लुमफिल्ड क्लबलाई १६ रनले हराएको छ।
चौथो तथा अन्तिम अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाई २ सय ४६ रन जोड््यो। कप्तान पारस खड्काले अर्धशतक पूरा गरे। जवाफमा ब्लुमफिल्ड दुई बलअघि अलआउट हुँदै २ सय ३० रनमा सीमित भयो। तीब्र गतिका बलर सोमपाल कामी र स्पिनर वसन्त रेग्मीले समान ३ विकेट लिए।
ओपरद्वय सुवास खकुरेल र अनिल मण्डलले पहिलो विकेटमा ८४ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याए। अनिलले ६३ बलमा ३८ रन बनाए। सुवासले ८२ बलमा ४१ रन जोडे। उपकप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए।
कप्तान पारस र शरद भेषावकरले चौथो विकेटमा ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५८ बल खेलेका पारसले २ छक्का र ४ चौकाबाट ६२ रन बनाए। शरदले ६५ बलमा ३६ रन बनाए। विनोद भण्डारीले तीब्रगतिमा रन जोड्ने क्रममा १२ बलमा ३ छक्का र १ चौकासहित २८ रन बनाए। सागर पुनले ५, बसन्तले ९ र प्रदीप ऐरीले अविजित २ रन बनाए।
इरान खान, अमिला अपोस्नु र अडिसा नानायाकाराले २–२ विकेट तथा क्रिसन वारिरत्ने र निपुल करुणारत्नेले १–१ विकेट लिए।
जवाफ ३८ रनमा पहिलो विकेट गुमाएको ब्लुमफिल्डले त्यसपछि लगातार विकेट गुमायो। नेपाली बलर वसन्तले ७.४ ओभर बलिङ गर्दा २ मेडन राख्दै २५ रन खर्चे। सोमपालले १० ओभरमा ४७ रन दिए। अविनाश कर्ण र शक्ति गौचनले पनि १–१ विकेट लिए।
ब्लुमफिल्डबाट सादुन रणतुङ्गेले ४८, निपुन करुणारत्नेले ३१, अदिशा नानायाकाराले २९ रन जोडे।
यसअघि नेपालले मोर्स क्रिकेटक्लबलाई २ विकेट र कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा मंगलबार नेपालले श्रीलंका पोर्टस्समाथि २ विकेटको विजय पाएको थियो। माघ २ गतेदेखि न्युजिल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप छनोटमा भाग लिन नेपाल बिहीबार राती श्रीलंकाबाट त्यसतर्फ प्रस्थान गरेको छ। छनोट स्पर्धाअघि नेपालले केही अभ्यास खेल खेल्नेछ।

काठमाडौं, ११ पुस
नेपालकी राष्ट्रिय क्रिकेट टोलिले श्रीलंङकामा खेलेका ४ वटै खेलमा जित हात पारेको छ ।
नेपालले आफ्नो पछिल्लो खेलमा विहीबार श्रीलंका ब्लुमफिल्ड क्रिकेट क्लबलाई १६ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो ।
२ सय ४७ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको घरेलु टोली ब्लुमफिल्ड ४९ दशमलव ४ ओभरमा २३० रनमा समेटिएपछि नेपालले खेल जितेको हो ।
लगातार चौथो जित दर्ता गर्ने क्रममा नेपालका कप्तान पारस खड्काले सर्वाधिक ६२ रनको महत्वपूर्ण पारी खेले । सुबास सकुरेलले ४१ र विनोद भण्डारीले २८ रन बनाए ।
आगामी मार्चमा न्युजिल्यान्डमा हुने वान डे विश्वकप छनोट खेल्नुअघि १० दिने अभ्यासका लागि नेपाली टोली श्रीलंका गएको हो ।
श्रीलंकामा रहँदा नेपालले यसअघि कोलम्बो कल्टस, मोर्स क्रिकेट र पोर्ट अथोरिटी क्लबलाई हराएको थियो ।
नेपालकी राष्ट्रिय क्रिकेट टोलिले श्रीलंङकामा खेलेका ४ वटै खेलमा जित हात पारेको छ ।
नेपालले आफ्नो पछिल्लो खेलमा विहीबार श्रीलंका ब्लुमफिल्ड क्रिकेट क्लबलाई १६ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो ।२ सय ४७ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको घरेलु टोली ब्लुमफिल्ड ४९ दशमलव ४ ओभरमा २३० रनमा समेटिएपछि नेपालले खेल जितेको हो ।
लगातार चौथो जित दर्ता गर्ने क्रममा नेपालका कप्तान पारस खड्काले सर्वाधिक ६२ रनको महत्वपूर्ण पारी खेले । सुबास सकुरेलले ४१ र विनोद भण्डारीले २८ रन बनाए ।
आगामी मार्चमा न्युजिल्यान्डमा हुने वान डे विश्वकप छनोट खेल्नुअघि १० दिने अभ्यासका लागि नेपाली टोली श्रीलंका गएको हो ।
श्रीलंकामा रहँदा नेपालले यसअघि कोलम्बो कल्टस, मोर्स क्रिकेट र पोर्ट अथोरिटी क्लबलाई हराएको थियो ।
काठमाडौं-इन्चोन सहरले १७औं एसियाली खेलकुद आयोजनाको तयारी गरिरहँदा कोरियाली क्रिकेट संघले एसियाली खेलमेलाका लागि महिला क्रिकेट टोली तयार गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ।
सन् २०१४ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगितालाई आयोजक राष्ट्रले महिला क्रिकेट टोली तयार गरिरहँदा नेपालले पनि गर्व गर्ने ठाउँ पाएको छ। किनकि कोरियाली क्रिकेट संघले आधारभूत क्रिकेट अभ्यासका लागि महिला खेलाडीको एक टोली नेपाल पठाएको छ। कोरियाको महिला टोली तयार हुँदा नेपालको पनि योगदान रहने पक्का भएको छ।
११ खेलाडीसहित कोरियाली टोली कीर्तिपुरस्थित क्रिकेट मैदानमा तीन दिनदेखि अभ्यास गरिरहेको छ भने अन्य ६ खेलाडी शुक्रबार काठमाडौं आइपुग्दैछन्।
'हामी आयोजक राष्ट्र भएकाले एसियाली खेलकुदमा महिला क्रिकेटमा सहभागी हुन चाहन्छौं, नेपाल भ्रमण त्यसैका लागि हो,' केसिए मातहतको इन्चोन क्रिकेट संघका प्रशिक्षक नासिर खानले भने, 'हामीले विश्वविद्यालयका विद्यार्थी, शिक्षिका र केही अन्य खेलका खेलाडी गरी २३ जना छनोट गरेका छौं। तीमध्ये ६ जना चाहिँ नेपाल आउन नसक्ने भए।'
लाहोर पाकिस्तानबाट २० वर्षअघि कोरिया पुगेर त्यहाँको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका नासिरका अनुसार छनोटमा परेका खेलाडीले विगत डेढ महिनाभित्र हप्ताको दुईदिन अभ्यास गर्दै आएका थिए।
'इन्चोनमा निकै चिसो छ, त्यहाँ यहाँ जस्तो प्राकृतिक पिचहरूको निर्माण भइसकेको छैन, त्यसैले अबको एक महिना हामीले यहाँ (नेपालमा) अभ्यास गर्ने निर्णय गरेका हौं,' खानले भने, 'नेपाल राम्रो क्रिकेट खेल्ने राष्ट्रका रूपमा विकास भइरहेकाले पनि हामीले नेपाल छान्यौं।'
कोरियाली महिला खेलाडीलाई आधारभूत क्रिकेट ज्ञान दिन नेपाल क्रिकेट संघले प्रशिक्षकहरू राजु बस्न्यात, कलाम अली र नीरा राजोपाध्यायलाई खटाएको छ।
'यहाँ आउनु पहिले हामीले नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका नीराजस्ता महिला प्रशिक्षकहरू पनि छन् भन्ने थाहा पाएका थियौं,' खानले भने, 'हामीसँग नेपाल ओलम्पिक कमिटी र नेपाल क्रिकेट संघको सुमधुर सम्बन्ध भएकाले पनि हामी नेपाल नै आयौं।'
गाच्योन विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया सोङ स्युङ मिन केसिएले छनोट गरेका २३ खेलाडीमध्ये एक हुन्। साथीभाइसँग कहिलेकाहीं बेसबल खेल्दा पिचरको भूमिका निभाउने उनी डेढ महिनादेखि भने ब्याट र बलसँग अभ्यास गरिरहेकी छन्।
'मैले पहिलोपल्ट क्रिकेटबारे सुन्दा यसको केही पनि जानकारी थिएन,' सोङले भनिन्, 'तर अहिले अभ्यास गरिरहँदा मैले यसलाई रुचिकर पाएकी छु। सजिलै लाग्दैछ।'
क्रिकेटको पहिलो कक्षा लिइरहेका भए पनि सोङ र उनका साथीहरूको आत्मविश्वास भने चुलिन थालेको छ। 'हामी एसियाली खेलकुदमा कांस्य पदक जित्ने आशा गछौं,' सोङले बिनाहिच्किचाहट आफ्नो सपना सुनाइन्।
नेपाली महिला टोलीकी पूर्वकप्तान एवम् प्रशिक्षक नीरा राजोपाध्यायले कोरियाली खेलाडीले प्रारम्भिक ज्ञान लिइरहेको भए पनि उनीहरू मेहनती र आत्मविश्वासी भएको बताइन्। 'उनीहरूलाई सिकाउनु भनेको केटाकेटीलाई सिकाउनु जस्तै छ,' उनले भनिन्, 'तर उनीहरू साह्रै छिटो सिक्छन्, मेहनत पनि उत्तिकै गर्छन्। चाँडै प्रगति गर्छन् जस्तो लाग्छ।'
नेपालबाट प्रारम्भिक ज्ञान लिएर कोरिया फर्केपछि इन्चोनमा अभ्यास गर्ने र एसियाली खेलअघि नेपाली महिला टोलीलाई कोरिया आमन्त्रण गर्ने योजनाको खाका पनि बनिरहेको कोरियाली प्रशिक्षक खानले बताए। 'केसिए भर्खरै कोरियाली ओलम्पिक कमिटीको सदस्य बनेको छ,' खानले भने, 'हामीले सरकारी सहयोग लिने प्रयास गरिरहेका छौं। त्यसो हुनसके हाम्रा सबै योजना पूरा हुनेछन्।'
नेपालले पनि सन् २००६ मा महिला क्रिकेटमा पहिलो पाइला नेपालगन्जबाट चालेको थियो। अरु विभिन्न खेलका खेलाडीलाई क्रिकेटको अभ्यास गराउँदै महिला क्रिकेट सुरु गर्दा नेपालगन्जले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट ग्लोबल अवार्डसमेत प्राप्त गर्यो। सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा एसिसी महिला ट्रफीमा भाग लिएको नेपाल उपविजेता बनेको थियो।

काठमाडौं, पुस ९ - एकदिवसीय विश्वकप छनोट क्रिकेटको तयारी अन्तर्गत श्रीलंकामा भएको तेस्रो अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ ।श्रीलंकाको पोर्ट्स अथोरिटी क्रिकेट क्लब विरुद्धको खेल नेपालले दुई विकेटले जित्यो ।
खराब शुरुवात गरेपनि पुनरागमन गर्दै नेपाल विजयी भयो ।
पहिले ब्याटिङ गरी पोर्ट्स अथोरिटी क्रिकेट क्लबले दिएको २ सय १ रनको लक्ष्य नेपालले आठ विकेट गुमाएर ६ बल बाँकी छँदै पुरा गर्यो । नेपालका लागि कप्तान पारस खड्काले ९१ र शरद भेषवाकरले ३९ रनको योगदान गरे ।
काठमाडौ, पुस ८ - नेपाली खेलकुदमा नयाँ स्वरूपको प्रतियोगिता थपिएको छ । अबदेखि प्रत्येक पहिलो वर्ष बृहत् खेलकुद र दोस्रो वर्ष लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप आयोजना हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्ले आइतबार नयाँ स्वरूपको च्याम्पियनसिपबारे जानकारी दिएको हो । 'लुम्बिनीलाई ब्रान्डका रूपमा स्थापित गर्न यसै नाममा च्याम्पियनसिपको नाम राखेका हौं,' राखेप सदस्य सचिव युवराज लामाले प्रतियोगिताबारे जानकारी दिंदै भने, 'अहिले ३३ खेल समावेश गरिएको छ ।' उनले सक्रिय संघ र खेलको मात्र राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको बताए । 'सक्रिय रहेका खेललाई समावेश गरेका छौं, पसल थापेर बस्नेहरू बिस्तारै पाखा लाग्छन्,' उनले भने । उनले लुम्बिनीलाई सबैतिर प्रचारका लागि पनि यसले मदत गर्ने धारणा राखे ।
त्यस अवसरमा प्रतियोगिताको नारा र लोगो पनि सार्वजनिक गरिएको थियो । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप २०७० को नारा 'शान्तिका लागि खेलकुद' र लोगो लुम्बिनीको मन्दिर रहेको छ ।
पुस १५ देखि माघ १५ सम्म काठमाडौं, पोखरा, लुम्बिनी, सातदोबाटो, चितवन, नेपालगन्ज, विराटनगर, नवलपरासी र इलाममा प्रतियोगिता सञ्चालन हुनेछन् ।
'पहिले प्रत्येक खेलका छुट्टाछुट्टै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न राखेपले केही आर्थिक सहयोग गथ्र्यो,' सदस्य सचिव लामाले भने,'यस पटकदेखि प्रतियोगितालाई थप व्यवस्थित र सहभागितामूलक बनाउने प्रयास सुरु गरेका छौं ।'
उनले च्याम्पियनसिपका लागि राखेप, युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयले तीन करोड एक लाखको बजेट विनियोजन गरेको बताए ।
उनले यसै प्रतियोगितालाई आधार बनाएर अर्को वर्ष कोरियाको इन्चेनमा हुने १७ औं एसियाली खेलकुलमा सहभागी हुने सम्भावित खेलका खेलाडी पनि छनोट गरिने जानकारी दिए ।
लुम्बिनी च्याम्पियनसिपमा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेललाई मात्र राखिएको र त्यसको मात्र राष्ट्रिय प्रतियोगिता गरिने जानकारी राखेपले दिएको छ । यस वर्ष पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने तय भए पनि संविधानसभाको चुनावको कारण अर्को वर्षका लागि सारिएको हो ।
यस पटक समावेश भएकामध्ये तीस खेल तोकिएको समयमा सम्पन्न हुनेछन् भने पौडी, शारीरिक सुगठन र गल्फका लागि अहिलेको समय अनुकूल नभएकाले फागुन र चैतमा सञ्चालन हुनेछन् ।
सहभागी खेलहरू
जुडो, बास्केटबल, बुद्धिचाल, टेबलटेनिस, उसु, ब्याडमिन्टन, सुटिङ, क्रिकेट, फुलकन्ट्याक्ट कराँते, पौडी, नेपाल आईटीएफ, तेेक्वान्दो युनियन, कुस्ती, साइक्लिङ, स्क्वास राकेट्स, विलियर्ड स्नुकर तथा पुल, भारोत्तोलन, हकी, लनटेनिस, कपर्दी, तेक्वान्दो, आर्चरी, कराँते, फुटबल, बक्सिङ, एथलेटिक्स, जिम्न्यास्टिक, गल्फ, सफ्टटेनिस, शारीरिक सुगठन, भलिबल, बुदोकैदो र ह्यान्डबल ।
- See
राष्ट्रिय खेलकुद परिषद्ले आइतबार नयाँ स्वरूपको च्याम्पियनसिपबारे जानकारी दिएको हो । 'लुम्बिनीलाई ब्रान्डका रूपमा स्थापित गर्न यसै नाममा च्याम्पियनसिपको नाम राखेका हौं,' राखेप सदस्य सचिव युवराज लामाले प्रतियोगिताबारे जानकारी दिंदै भने, 'अहिले ३३ खेल समावेश गरिएको छ ।' उनले सक्रिय संघ र खेलको मात्र राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको बताए । 'सक्रिय रहेका खेललाई समावेश गरेका छौं, पसल थापेर बस्नेहरू बिस्तारै पाखा लाग्छन्,' उनले भने । उनले लुम्बिनीलाई सबैतिर प्रचारका लागि पनि यसले मदत गर्ने धारणा राखे । त्यस अवसरमा प्रतियोगिताको नारा र लोगो पनि सार्वजनिक गरिएको थियो । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप २०७० को नारा 'शान्तिका लागि खेलकुद' र लोगो लुम्बिनीको मन्दिर रहेको छ ।
पुस १५ देखि माघ १५ सम्म काठमाडौं, पोखरा, लुम्बिनी, सातदोबाटो, चितवन, नेपालगन्ज, विराटनगर, नवलपरासी र इलाममा प्रतियोगिता सञ्चालन हुनेछन् ।
'पहिले प्रत्येक खेलका छुट्टाछुट्टै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न राखेपले केही आर्थिक सहयोग गथ्र्यो,' सदस्य सचिव लामाले भने,'यस पटकदेखि प्रतियोगितालाई थप व्यवस्थित र सहभागितामूलक बनाउने प्रयास सुरु गरेका छौं ।'
उनले च्याम्पियनसिपका लागि राखेप, युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयले तीन करोड एक लाखको बजेट विनियोजन गरेको बताए ।
उनले यसै प्रतियोगितालाई आधार बनाएर अर्को वर्ष कोरियाको इन्चेनमा हुने १७ औं एसियाली खेलकुलमा सहभागी हुने सम्भावित खेलका खेलाडी पनि छनोट गरिने जानकारी दिए ।
लुम्बिनी च्याम्पियनसिपमा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेललाई मात्र राखिएको र त्यसको मात्र राष्ट्रिय प्रतियोगिता गरिने जानकारी राखेपले दिएको छ । यस वर्ष पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने तय भए पनि संविधानसभाको चुनावको कारण अर्को वर्षका लागि सारिएको हो ।
यस पटक समावेश भएकामध्ये तीस खेल तोकिएको समयमा सम्पन्न हुनेछन् भने पौडी, शारीरिक सुगठन र गल्फका लागि अहिलेको समय अनुकूल नभएकाले फागुन र चैतमा सञ्चालन हुनेछन् ।
सहभागी खेलहरू
जुडो, बास्केटबल, बुद्धिचाल, टेबलटेनिस, उसु, ब्याडमिन्टन, सुटिङ, क्रिकेट, फुलकन्ट्याक्ट कराँते, पौडी, नेपाल आईटीएफ, तेेक्वान्दो युनियन, कुस्ती, साइक्लिङ, स्क्वास राकेट्स, विलियर्ड स्नुकर तथा पुल, भारोत्तोलन, हकी, लनटेनिस, कपर्दी, तेक्वान्दो, आर्चरी, कराँते, फुटबल, बक्सिङ, एथलेटिक्स, जिम्न्यास्टिक, गल्फ, सफ्टटेनिस, शारीरिक सुगठन, भलिबल, बुदोकैदो र ह्यान्डबल ।
- See
३० मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीलाई सिङ्गा स्टिल्स अन्तरगतको ब्राइट स्पोट्र्सले ३ करोडको प्रयोजना गर्ने भएको छ । आगामी ३ वर्षका लागि भएको प्रयोजन सम्वन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार ब्राइट स्पोट्र्सले नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १ करोड बराबरको किट्स उपलब्ध गराउनेछ । नेपाली राष्ट्रिय क्रिके टोली, यू-१९ र महिला क्रिकेट टोलीको जर्सीमा मुख्य प्रायोजक ब्राइट स्पोट्र्स हुनेछ । सम्झौता बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप त्रिकेटबाट लागू हुनेछ ।
यसैबीच सरकारले विश्वकपमा छनोट भएको नेपाली टोलीलाई सोमबार पूर्व घोषित पुरस्कार दिने भएको छ । सरकारले १५ खेलाडीलाई जनही १० लाख, प्रशिक्षकलाई ५ लाख र व्यवस्थापकलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

.jpg)