कपिलबस्तु, चैत्र २६ । कपिलवस्तुको धनकौली गाउं विकास समिति वडा नम्बर–१ बडिलवामा रहेको अनौठो अाँपको रुख हेर्न आउनेहरुको घुइंचो दिनानुदिन बढ्दै गएको छ । रुखमा दैवीशक्ति भएको कुरा बाहिर आए पछि त यहां पुजाआजाका लागि जिल्ला र जिल्ला बाहिरबाट आउने सर्बसाधारणको भिड नै बढेको हो ।
अदभुत रुखका हांगा बिगाहरु माथि नगई तल आई भुईमा लत्रिएको र भुई छोएर फेरी माथि फर्किएका छन् । करिव डेढ सय बर्ष पुरानो एउटै आँपको रुखमा तीन किसिमको आँप फल्ने गरेको स्थानीयको भनाई छ ।
उक्त रुख पटक पटक काट्ने प्रयास गर्दा पनि कसैले पनि काट्न नसकेको स्थानियहरु बताउंछन । रुख काट्न खोज्दा अकस्मात मौरी आई टोक्न थाल्ने, रुख काट्नेहरु बिहोस हुने गरेपछि रुखप्रति स्थानीयको आस्था झनै बढ्दै गएको स्थानिय जगदिश बरई बताउँछन् ।
रुखमा दैवीशक्ति रहेको भन्दै गाउंलेले रुखको पूर्वपट्टी समयमाई स्थान बनाई पुजाआजा गर्न थालेका छन् । त्यसै गरी रुखको पश्चिम तर्फ मुस्लिम समुदायको मजार छ ।
त्यहाँ ईस्लाम धर्मावलम्बीले पुजा प्रार्थना र भाकल गर्ने गरेका छन । अनौठो आपको रुखमा हिन्दु र मुस्लिम दुबै धर्माबलम्बीको विश्वास रहे पनि सो स्थानको संरक्षण र सम्वद्र्धनमा स्थानिय निकायको ध्यान नगएको स्थानियहरुले गुनासो पोख्ने गरेका छन ।
अदभुत रुखका हांगा बिगाहरु माथि नगई तल आई भुईमा लत्रिएको र भुई छोएर फेरी माथि फर्किएका छन् । करिव डेढ सय बर्ष पुरानो एउटै आँपको रुखमा तीन किसिमको आँप फल्ने गरेको स्थानीयको भनाई छ ।उक्त रुख पटक पटक काट्ने प्रयास गर्दा पनि कसैले पनि काट्न नसकेको स्थानियहरु बताउंछन । रुख काट्न खोज्दा अकस्मात मौरी आई टोक्न थाल्ने, रुख काट्नेहरु बिहोस हुने गरेपछि रुखप्रति स्थानीयको आस्था झनै बढ्दै गएको स्थानिय जगदिश बरई बताउँछन् ।
रुखमा दैवीशक्ति रहेको भन्दै गाउंलेले रुखको पूर्वपट्टी समयमाई स्थान बनाई पुजाआजा गर्न थालेका छन् । त्यसै गरी रुखको पश्चिम तर्फ मुस्लिम समुदायको मजार छ ।
त्यहाँ ईस्लाम धर्मावलम्बीले पुजा प्रार्थना र भाकल गर्ने गरेका छन । अनौठो आपको रुखमा हिन्दु र मुस्लिम दुबै धर्माबलम्बीको विश्वास रहे पनि सो स्थानको संरक्षण र सम्वद्र्धनमा स्थानिय निकायको ध्यान नगएको स्थानियहरुले गुनासो पोख्ने गरेका छन ।
काठमाडौं, चैत्र २१ । ट्राफिक प्रहरीले चालकको लापरबाहीका कारण राजधानीमा हुने माइक्रोबस दुर्घटना कम गर्न विशेष अभियान थाल्ने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र उपत्यकामा सञ्चालित माइक्रोबस व्यवसायीका प्रतिनिधिहरुबीच आज भएको छलफलमा दुर्घटना न्यूनीकरणका लागि अभियान चलाउने सहमति भएको हो ।अभियान अन्तर्गत माइक्रोबसका चालक र सहचालकका लागि सचेतना कार्यक्रम र ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने योजना अघि सारिएको छ ।
यस्तै, धेरै पटक दुर्घटना गराउने चालकको बारेमा अभिलेख राख्ने र उनीहरुलाई कडा कारबाही गर्ने प्रहरीको तयारी छ । अभियान अन्तर्गत असल माइक्रोबस चालक र उत्कृष्ट माइक्रोबस समितिलाई पुरस्कार दिइने महाशाखाका प्रमुख डिआइजी केशवप्रसाद अधिकारीले जानकारी दिए ।
ट्राफिक प्रहरीले व्यवसायीहरुसँग मिलेर संयुक्त रुपमा राजधानीमा सञ्चालित माइक्रोबसको अनुगमन गर्ने योजना पनि अघि सारेको छ । माइक्रोबस व्यवसायीहरुले पनि आ–आफ्नो समिति अन्तर्गत सञ्चालित माइक्रोबसहरुबारे अनुगमनका लागि भोलिदेखि नै कर्मचारी खटाउने बताएका छन् ।
पछिल्ला दिनमा राजधानीमा माइक्रोबस दुर्घटना बढेपछि त्यसलाई कम गर्ने उपाय खोजी गर्न प्रहरीले आज माइक्रोबस व्यवसायीसमितिसँग छलफल गरेको हो । छलफलमा कतिपय व्यवसायीहरुले ट्राफिक प्रहरीले आफूहरुलाई अनावश्यक दुःख दिने गरेको भन्दै गुनासो पोखेका थिए ।
ओएस नेपाल-१० चैत । आफ्नो हवाई सीमा उल्लंघन गरेको भन्दै टर्कीले सिरियाको एउटा विमान लाई आकाशबाट खसाली दिएको छ। बारम्बार चेतावनी दिँदादिँदै पनि सिरियाले हवाई सीमा उल्लंघन गरेकाले आफ्ना सेनाले विमान खसालिदिएको प्रधानमन्त्री रेजेप ताईपले बताए ।
प्रधानमन्त्री अर्दोआनले अझै पनि हवाई सीमा उल्लंघन गरिरहे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी सिरियालाई दिएका छन् । सिरियाले भने विमान आफ्नै आकाशमा उडेको र हवाई सीमा उल्लंघन नगरेको भन्दै टर्कीले जानी जानी आक्रमण गरेर खसालेको आरोप लगाएको छ ।
प्रधानमन्त्री अर्दोआनले अझै पनि हवाई सीमा उल्लंघन गरिरहे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी सिरियालाई दिएका छन् । सिरियाले भने विमान आफ्नै आकाशमा उडेको र हवाई सीमा उल्लंघन नगरेको भन्दै टर्कीले जानी जानी आक्रमण गरेर खसालेको आरोप लगाएको छ ।
काठमाडौ, चैत्र ८ - ९९ वर्षको उमेरमा बिहीबार निधन खुसवन्त सिंहले जिउँदै छँदा भनेका थिए- मरेका मान्छेलाई सन्त बनाएर लेख्नुजति बोरिङ कुरा केही हुँदैन । उनी आफू मरेपछि आफूलाई जसले जति गाली गरे पनि फरक नपर्ने बताउँथे । रमाइलो त के थियो भने उनले आफ्नो मृत्युको शोकलेख आफैले लेखेका थिए, त्यसलाई पनि कथाका रूपमा प्रकाशित गरेका थिए । सन्डे अब्जर्भर नामक पत्रिकाले ३१ वर्षअगाडि नै उनको काल्पनिक समवेदना लेख छापेको थियो । खुसवन्त सिंह भारतका प्रसिद्ध लेखक एवं पत्रकार थिए । इल्युस्टे्रटेड विक्ली र हिन्दुस्तान टाइम्सका सम्पादक रहिसकेका सिंहले थुप्रै साहित्यिक कृतिका साथै सिखहरूको इतिहासमाथि पनि पुस्तक लेखेका थिए ।गम्भीर पुस्तकका साथै चुट्किलाहरूका लागि पनि उनले प्रसिद्धि पाएका थिए । 'फोहोरी बूढो'को उपनामसमेत पाएका उनी विविध विषयमा लेख्थे । ९५ वर्षको छँदा निस्किएको पुस्तक 'एब्सुलुट खुसवन्त'मा उनले भनेका थिए, 'म प्रायः मृत्युका बारे सोच्छु तर योसँग डराउँदिनँ । डराएर निदाउन छोड्दिनँ । बरु म मरेका मान्छेका बारे सोच्छु । ती कहाँ गए होलान्, के गर्दै होलान् ?' यसको चार वर्षपछि अन्ततः यी बूढा सिख पनि त्यही लोकमा गए, जहाँको खबर कसैलाई आउँदैन । खुसवन्तका बारे यहाँ प्रस्तुत गरिएका यी किस्साहरू आउटलुक, दी हिन्दू, इन्डियन एक्सप्रेस तथा खुसवन्तका पुस्तक तथा उनीमाथि लेखिएका ब्लगहरूबाट लिइएको हो ।
ख सन् १९९९ को लोकसभाको चुनावमा दक्षिणी दिल्लीबाट उम्मेदवार बनेका डा. मनमोहन सिंहले चुनाव हारे । चुनाव हारेको केही दिनपछि मनमोहनले लेखक खुसवन्त सिंहलाई भेट्ने समय मागे । भेट्न जाँदा उनी एउटा प्याकेट बोकेर गएका थिए । जानासाथ प्याकेट खुसवन्तलाई दिएर उनले भने, 'तपाईंले दिनुभएको पैसा मैले प्रयोग गरिनँ, फिर्ता लिनुहोस् ।' भएको के थियो भने चुनाव प्रचारका लागि ट्याक्सी भाडामा लिन भनेर मनमोहनका ज्वाइँले खुसवन्तसँग २ लाख भारु लिएका थिए । यो पैसा मनमोहनले खर्च गरेनन् ।
-खसुबन्त सिंहलाई आफू सय वर्ष बाँच्छु भन्ने थियो । तर, शतक प्रहार गर्न एक रनबाट चुकेको कुनै सिद्धहस्त ब्याट्स्म्यानझैं उनी पनि एक वर्षबाट यसमा चुके । उनकी आमा सय वर्ष बाँचेकी थिइन् ।
-उनको त्रियानब्बेऔं जन्मदिन नजिक आइरहेको थियो । घरमा फोन आयो । फोन गर्ने मानिसले राष्ट्रपति एपीजे अब्दुल कलामले उनलाई भेट्नलाई समय मागेको बतायो । 'मलाई लाग्यो, कसैले मलाई उल्लु बनाउँदै छ, राष्ट्रपतिले पनि कसैको समय माग्छन्,' उनले भनेका छन्, 'मैले पत्याइनँ । दुई दिनपछि मेरो घर वरिपरि पुलिस डुल्न थालेपछि बल्ल हो कि झैं लाग्यो ।' जन्मदिनको दिन कलाम सिंहको घर पुगे । यी दुईका बीच केहीबेर पुस्तकका बारे वार्ता भयो । दुवैले एकअर्कालाई आफ्ना पुस्तकहरू आदानप्रदान गरे । गफगाफका क्रममा कलामले खुसवन्तसँग देश चलाउने विषयमा सल्लाह मागे । खुसवन्तले जवाफ दिए, 'तपाईंलाई सल्लाह दिने काम मेरो होइन । म एउटा जोकर हुँ । मेरो काम दुनियाँलाई हँसाउने हो, सल्लाह दिने होइन ।'
- प्रसिद्ध लेखिका अमृता पि्रतमको उपन्यास 'पिञ्जर'को पन्जाबीबाट अंग्रेजीमा अनुवाद खुसवन्त सिंहले गरेका थिए । अनुवादबाट आएको सबै रोयल्टी उनले अमृतालाई नै दिए । यसमा उनको एउटा सर्त थियो, अमृताले आपmनो प्रेम जीवनका बारे खुसवन्तलाई अर्को पुस्तक लेखेर दिनुपर्ने ! तर, अमृताले त्यस्तो केही लेखिनन् । उनले खालि कवि एवं गीतकार साहिर लुधियानवीका प्रति आफ्नो प्रेमको मात्र कुरा गरिन्, जसलाई उनले कहिल्यै भेटेकी थिइनन् । अमृताको यो कुरा खुसवन्तलाई खास मन परेन । किनभने, अमृता लाहोर हुँदैदेखि साहित्य वृत्तका 'आसिक'हरूको ध्यानको केन्द्रमा थिइन् । खुसवन्तले उनलाई भने, 'यति कुरा त रसिदी टिकट -हुलाक टिकट) मै लेख्न सकिन्छ ।' पछि जब अमृताले आपmनो आत्मकथा लेखिन्, जसमा साहिरसँगको सम्बन्धको बयान थियो त्यसको नाम 'रसिदी टिकट' राखिन् ।
- साहित्यिक लेखनका अलावा खुसवन्त सिंह आपmना जोक्सका कारण पनि चर्चित रहे । दिल्लीको केन्द्रीय इलाकामा घर भएका खुसवन्त निकै धनी लेखक हुन् । ठूलो कम्पाउन्ड र ठूलो घरमा बस्ने भए पनि उनी मध्यमवर्गीय भारतीयका पि्रय लेखक बने र त्यसैअनुसारको आपmनो छवि बनाए । हरेक रात दुई पेग स्कच पिउने उनको बानी थियो । आपmनो ९६ औं जन्मदिनमा उनले निम्तालुहरूलाई ब्ल्यु लेबल हि्वस्की 'सर्व' गरेका थिए । त्यसको अर्को साता लेखक एवं आउटलुकका पूर्वप्रधानसम्पादक विनोद मेहताले आपmनो कोलममा पहिलोपटक खुसवन्तको घरमा ब्ल्युलेबल खाएको कुरा लेखे ।
- अमृता पि्रतमले आफ्नो पुस्तकको नाम चोरेर आफ्नो किताबको नाम राखेको भन्दै अर्की लेखिका कृष्णा सोवतीले एकपटक मुद्दा हालेकी थिइन् । यो मुद्दामा अमृताका तर्फबाट खुसवन्तले बयान दिएपछि कृष्णाले न्यायाधीशलाई भनेकी थिइन्, 'महोदय, यसका कुरा नसुनियोस्, यो मान्छे पनि धनी लेखकको त्यही माफियाको एउटा सदस्य हो ।'
- खुसवन्तका पिता सोवा सिंह कन्ट्याक्टर थिए । तीस चालीसको दशकमा दिल्ली सहरका धेरै निर्माणको काम सोवा सिंह र उनका पिता सुजन सिंहले गरेका थिए । एकथरी मानिसहरू दिल्ली सहर सोवा सिंहले बनाएका हुन् भन्थे । १९४७ मा एउटा भनाइ थियो रे, '९९ प्रतिशत दिल्लीको स्वामित्व सरकारको हो, १ प्रतिशत सोवा सिंहको ।'
- 'सन्डे अब्जर्भर' नामक पत्रिकामा खुसवन्त सिंहको अबिचुरी (मृतकको सम्झनामा लेखिने लेख) आजभन्दा ३१ वर्षअघि सन् १९८३ मा छापिएको थियो । धिरेन भगतले लेखेको यो काल्पनिक अबिचुरीमा खुसवन्तले 'इल्युस्ट्रेडेट विक्ली' र 'हिन्दुस्तान टाइम्स'को सम्पादकका रूपमा पत्रकारितालाई दिएको योगदानका साथै उनको लेखकीय जीवन र व्यक्तिगत जीवनको पनि चर्चा गरिएको थियो ।
- जुन बेला खुसवन्त भारतीय परराष्ट्र सेवाको कर्मचारीका रूपमा लन्डनमा कार्यरत थिए, त्यतिबेला भारतका प्रधानमन्त्री जावहरलाल नेहरू थिए । अंग्रेज सरकारका तर्फबाट भारतका अन्तिम भायसराय लर्ड माउन्टवेटनकी पत्नी एड्विना माउन्टवेटनसँग नेहरूको प्रेम सम्बन्धको त्यतिबेला चर्चा थियो । भारतको प्रथम प्रधानमन्त्रीका रूपमा नेहरू लन्डन भ्रमणमा आएका थिए । यो भ्रमणमा सिंह नेहरूको 'पब्लिक रिलेसन अफिसर'का रूपमा खटिएका थिए । नेहरू लन्डन उत्रिएको चिसो राति अन्य कर्मचारीसँगै उनलाई स्वागत गर्न विमानस्थल पुगेको टोलीलाई नेहरूले 'यति चिसोमा किन आएको, गएर सुत' भनेर पठाइदिए । भोलिपल्ट बिहानै छापिएको पत्रिका 'द डेली हेराल्ड'मा नेहरूको तस्बिर छापिएको थियो । तस्बिरमा नेहरू लेडी माउन्टवेटनको घरको ढोकाअगाडि उभिएका थिए, एड्विना ढोका खोल्दै थिइन् । पत्रिकाले तस्बिरलाई क्याप्सन दिएको थियो, 'लेडी माउन्टवेटन्स मिडनाइज भिजिटर ।' यो समाचारमा लर्ड माउन्टेवटन अहिले लन्डनमा छैनन् भन्ने पनि लेखिएको थियो ।
नेहरूको यो भ्रमण खासै फलदायी भएको थिएन । उनले केही पुस्तक किने र फर्किने अघिल्लो दिन एड्विना माउन्टवेटनलाई गोप्य डिनरका लागि एउटा रेस्टुरेन्टमा बोलाए । रेस्टुरेन्टको मालिकले उनीहरूलाई चिन्यो र आफ्नो रेस्टुरेन्टको प्रचार हुने देखेर प्रेसलाई खबर गरिदियो । भोलिपल्ट फेरि नेहरू र एड्विनाको तस्बिर छापियो । खुसवन्तलाई नेहरूले भेट्न खोजेको खबर आयो । उनी भेट्न गए । नेहरूले उनलाई चिनेनन् र सोधे, 'तिमी को हौ ?' उनले भने, 'म तपाईंको पीआरओ !' रिसले चुर नेहरूले भने, 'प्रचार गराउने तिम्रो अचम्मको शैली रैछ !'
- खुसवन्त सिंहले लेखेका पुस्तकमध्ये 'दी टे्रन टु पाकिस्तान'लाई सबभन्दा राम्रो मान्ने धेरै छन् । भारत पाकिस्तान विभाजनको त्रासदीमाथि लेखिएको यो प्रेमकथा उनले परराष्ट्र सेवामा रहेका बेला लेखेका थिए । सन् १९५५ उनले लेखेको 'मनो माजरा' नामक सानो उपन्यासले अमेरिकाको ठूलो धनराशि भएको पुरस्कार पायो । पछि यही उपन्यासलाई खुसवन्तले 'दी टे्रन टु पाकिस्तान'का रूपमा निकालेका थिए । उनको अर्को उपन्यास 'कम्पनी अफ वोमन' पनि प्रसिद्ध भएको थियो । ९५ वर्षको उमेरमा उनले 'दी सनसेट क्लब' उपन्यास लेखेका थिए । ३० भन्दा बढी पुस्तक लेखेका उनले दिल्ली सहरमाथि लेखेको पुस्तक 'दिल्ली' पनि चर्चित छ । ९८ वर्षको उमेरमा गत वर्ष उनको अन्तिम पुस्तक 'द गुड, द ब्याड एन्ड द रिडिक्युलस' प्रकाशित भएको थियो ।
- खुसवन्त सिंहलाई भारतमा सबैभन्दा बढी पढिएको अखबारको कोलमिस्ट मानिन्छ । ३० वर्षसम्म उनले हरेक हप्ता दुइटा कोलम लेख्ने गरेका थिए । विभिन्न भाषामा अनुवाद भएर यी थुप्रै पत्रिकामा छापिन्थे । उनको कोलम 'विथ मसिल टुवार्डस् वान एन्ड अल' लोकपि्रय थियो ।
- छुद्र र फोहोरी बूढोको उपनामसमेत पाएका खुसवन्त जे विषयमा पनि लेख्ने लेखकका रूपमा चिनिन्छन् । उनी पत्रिकाहरूका बारे पनि टिप्पणी लेख्थे । एकपटक 'आउटलुक' पत्रिकामा उनले लेखे, 'आउटलुकजस्ता पत्रिकाले बेला बेला देशका उत्कृष्ट कलेज, हस्पिटल के-के भनेर लिस्ट छापिरहेका हुन्छन् । म यस्ता लिस्टको कुनै औचित्य र विश्वसनीयता देख्दिनँ । छाप्ने नै हो भने उत्कृष्ट नाइट क्लब, वेश्यालय र मानसिक रोगीको आश्रयस्थलको लिस्ट पनि किन नछाप्ने ?'
- १९७४ मा दिइएको पद्मभूषण उनले १९८४ मा अमृतसरको स्वर्ण मन्दिरमा भारतीय सेनाले धावा बोलेपछि फर्काएका थिए । शिख उग्रवादी नेता जनरलसिंह भिण्डारवालेलाई पक्रिनका लागि चलाइएको 'अपरेसन ब्ल्युस्टार'मा स्वर्ण मन्दिरमाथि हमला गरिएको थियो ।
- इन्दिरा गान्धीले लगाएको संकटकाललाई सुरुमा खुसवन्तले समर्थन गरेका थिए । उनको तर्क थियो- हिंसा भयो भने सरकारले त्यसलाई दबाउन जे पनि गर्न सक्छ । तर, जब इन्दिराले प्रेसमाथि प्रतिबन्ध लगाउन सुरु गरिन् उनले आपmनो समर्थन फिर्ता लिए । पछि खुसवन्तले भने, 'आपmनो विरोध गर्ने सबै चीजलाई खत्तम पार्ने इन्दिराको बानी थियो । तर, उनले मलाई खत्तम पार्न सकिनन्, किनभने म त्यसपछि उनको नजिकै गइनँ ।'
- यौनका विषयमा खुलेर लेख्ने छिल्लिएको बूढो भनिए पनि खुसवन्तले आपmनो लेखनको सुरुवात भारतको योजना आयोगको जर्नल 'योजना'का लागि लेखेर सुरु गरेका थिए । पछि गएर उनी व्यंग्य चेतका कारण प्रसिद्ध भए ।
- उनको निधनमा मनमोहन सिंहदेखि नरेन्द्र मोदी र शाहरूख खानसम्मले ट्विटरमा समवेदना प्रकट गरे । सिंहलाई निकै मन पराउने लेखिका शोभा डेले भने यस्तो ट्विट गरिन्, 'खुसवन्त सिंहले मात्रै यस्तो भन्न सक्थे, 'कलमका लागि कुनै कन्डम बनेको छैन ।'
.jpg)





















