###
|
२३ असोज, काठमाडौं । डिफेण्डर रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर बनेका छन्। इण्डोनेशियाको लिग खेल्दै आएका रोहित कीर्तिमानी मूल्यमा मच्छिन्द्र क्लबमा आवद्ध भएका हुन् । ४ महिनाका लागि मच्छिन्द्रमा आवद्ध भएका उनले मासिक १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् ।
यो नेपाली फुटबल खेलाडीले अहिलेसम्म पाएको सबैभन्दा धेरै पारिश्रमिक हो । मच्छिन्द्रले यसलाई इंग्ल्याण्डका पूर्व कप्तान डेभिड वेकहृयामको जस्तै सम्झौता भनेको छ । ‘यो डेभिड वेकहृयामको जस्तै डिल हो’ क्लबका उपाध्यक्ष विप्लव गौतमले भन्नुभयो-’विदेशी क्लबहरुबाट प्रस्ताव नआएसम्म रोहितले हाम्रो लागी खेल्नेछन् । उनले मासिक डेढ लाख पाउनेछन् ।
टिमले राम्रो गरे बोनस पनि पाउने छन् ।’ रोहितले आफ्नो लक्ष्य विदेशी क्लबबाटै खेल्ने भएको भन्दै आफूहरुसँग रहेको ३-४ महिना नेपालकै क्लबाट खेल्न लागेको बताए । रोहितले मच्छिन्द्रबाट ३२ नम्बरको जर्सीमा खेल्नेछन् । रोहितले मच्छिन्द्रबाटै क्लब करियर सुरू गरेका थिए । भारतमा एक सिजन खेलेका उनले त्यसपछि इण्डोनेशियामा २ सिजन खेलेका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment