एमाओवादी उम्मेदवारलाई थप्पड
###
![]() |
२४ असोज, रसुवा । आगामी संविधानसभा निर्वाचनका लागि भोट माग्ने क्रममा एकीकृत नेकपा (माओवादी)का उम्मेदवार प्रेमबहादुर तामाङलाई एक व्यक्तिले थप्पड हानेका छन् ।
चुनावको लागि र्यालीसहित निस्केका उम्मेदवार तामाङलाई सदरमुकाम धुन्चे ८ मा रुद्रगंगा होटल अगाडि राम तितुङ्ले थप्पड हानेका हुन् ।
तितुङ्ले जनताको काम ग्रन नसकेको भन्दै थप्पड हानेका थिए ।
तामाङ तल्लो क्षेत्र वेत्रावती, कालिकास्थान, घुम्ती, राम्चे, ठाडे हुँदै जुलुससहित सदरमुकाम पुगेका थिए । उनी नाराजुलुस सहित स्थानीयवासीसँग भेटघाट र दसैको शुभकामना दिंदै भोट माग्न निस्केका थिए । उनी २०६४ सालको चुनावमा पनि रसुवा क्षेत्र नम्बर १ बाट सभासद् बनेका थिए ।
(
कान्तिपुर अनलाइनको सहयोगमा)
####
0 comments
Write Down Your Comment