बर्षमा एकपटक खुल्ने रानीपोखरीमा भाइटिका लगाउनेको भीड
###

काठमाडौं, कार्तिक १९ । बर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुल्ने रानीपोखरीको यमलेश्वर, बालगोपाल महादेव मन्दिरमा आज बिहानैदेखि दिदीबहिनी नहुने दाजुभाईको भीड लागेको छ । दिदीबहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिर वरपर बसेका दिदीबहिनीबाट भाईटीका लगाए । दिदीबहिनी नहुने कतिपय दाजुभाईले तुलसीको डाँठले आपैंm टीका लगाउने पनि गर्छन् । मन्दिर परिसरमा सप्तरंगी टिका र रातो अक्षता लिएर बसेका दिदीबहिनीको हातबाट थुप्रै सर्वसाधारणले आज टीका थापिरहेका छन् । वर्षमा एक पटक मात्र खुल्ने भएकाले यहाँ टीका लगाउने मात्र नभई घुमफिरका लागि आउनेको पनि चाप बढ्छ ।
####

0 comments

Write Down Your Comment