###
|
आजकल सुन्दरी प्रतियोगितामा जति सिर्जनशीलता सायदै हुन्छ होला । सयौं थरीका सुन्दरी प्रतियोगिता गर्दा–गर्दा मानिसहरुको कल्पनाको पराकाष्टातिर पुग्न थालेका छन् । हालै ब्रिटेनमा अनौठो भयो । ९ हप्ताकी एक नवजात शिसु सुन्दरी प्रतियोगितामा बिजयी भइन् । ९ हप्ताकी इला ओलिभर हालै ब्रिटेनकी सवैभन्दा कान्छी सुन्दरी घोषित भइन् । इलाको यो सफलताको श्रेय उनकी आमा जेनीलाई जान्छ । जेनी जब सात महिनाकी गर्भवती थिइन्, उनले आफ्नो हुनेवाला छोरी इलाको रजिस्ट्रेशन यूकेको मिस न्याचुरल स्पार्कलमा गराइन् ।
२३ जुलाई २०१३ मा जन्मिएकी इला ६८ दिनपछि ¥याम्पमा उत्रिइन् । जेनी भन्छिन्–मैले इलालाई केही पनि मेकअप गरेकी छैन । किनकी उनी मेकअपका सानी छिन । उनी न्याचुरल छिन् ।’ इला गुलाबी रंगको ड्रेसमा थिइन् र त्यस्तै रंगको ह्याण्डबल पनि थियो । ¥याम्पमा आएकी उनले निर्णायकतर्फ हेरेर मुस्कान दिइन् । मिस न्याचुरल स्पाकलमा एक फ्यामली इभेन्ट हो, जसमा यो पटक नवजातका लागि एक राउण्ड राखिएको थियो । जसमा आमाबाबु आफ्नो नयाँ सन्तानलाई चिटिक्क पारेर ल्याएका थिए । जेनीले आफ्नो ७ वर्षीया अर्की छोरीलाई पछिल्लो ३ वर्षमा १० अलग अलग इभेन्टमा सहभागी गराउन करिव २ हजार पाउण्ड खर्च गरिसकेकी छिन् । २७ वर्षीया जेनीकी तीन सन्तान छन् ।
####
.jpg)







0 comments
Write Down Your Comment