समानुपातिकको मत गणना सकियो, कांग्रेसको मत २४ लाख १२ हजार
###
|
१३ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मथ गणना केहीबेर अघि सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ठूलो दल बनेको कांग्रेसले समानुपातिकमा पनि सबैभन्दा धेरै मत पाएको छ ।
कुल ९३ लाख ७७ हजार ५ सय १९ मत सदर भएको कांग्रेसले २४ लाख १२ हजार ८ सय ८७ मत पाएको छ ।
एमालेले २२ लाख ३० हजार ४ सय ६ मत पाएको छ भने तेस्रो स्थानमा रहेको माओवादीको १४ लाख २७ हजार ६४६ मत छ । प्रत्यक्षमा एक सिट पनि नजितेको राप्रपा नेपालले ६ लाख १६ हजार ५ सय ४६ मत पाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment