कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
###

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षामा २५ हजार ७ सय १५ जना परीक्षार्थी उत्तीर्ण भएका परिषद्ले जनाएको छ । मौका परीक्षामा सहभागी भएका कुल विद्यार्थी मध्ये ८५ दशमलव ९७ प्रतिशत उत्तीर्ण भएका हुन् ।
कात्तिक ९ गते भएको मौका परीक्षामा देशभरका २९ हजार ९ सय ११ जना विद्यार्थी सहभागी भएका थिए । २ जनाको भने परीक्षा रद्द भएको परिषद्ले जनाएको छ ।
परीक्षाफल परिषद्को वेवसाइट hseb.edu.np र नेपाल टेलिकमको वेबसाइट ntc.net.np मा  हेर्न सकिने छ ।
####

0 comments

Write Down Your Comment