ब्राजिलमा फुटबल समर्थकहरुबीच झडप, २० घाइते (भिडियोसहित)
###

काठमाडौं, मंसिर २४ । ब्राजिलमा दुई वटा फुटबल क्लबका समर्थहरुबीच भएको झडपमा २० जना घाइते भएका छन् । दक्षिणी राज्य सान्टा क्याटारिनामा ब्राजिलियन शीर्ष डिभिजनका क्लबहरु एथ्लेटिको पारानेन्सी र भास्को डा गामाबीचको खेलमा समर्थकमहरुबीच झडप भएपछि कम्तिमा एक घण्टा खेल रोकिएको थियो ।

त्यसक्रममा प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । सुरक्षा व्यवस्था फितलो भएका कारण घटना भएको भन्दै समर्थकहरुले ब्राजिल सरकारको आलोचना गरेका छन् ।

यस घटनाले अर्को वर्ष ब्रजिलमा हुन गइरहेको विश्वकप फुटबलका लागि समर्थकहरुको सुरक्षालाई लिएर प्रश्न समेत उठाएको छ ।

१ घण्टापछि सुचारु भएको खेलमा एथ्लेटिको पारानेन्सीले ५–१ ले विजयी भयो । यो हारसँगै भास्को डा गामा शीर्ष डिभिजनबाट रेलिगेसनमा परेको छ ।

उसँगै रियो दि जेनेरियोकै अर्को चर्चिक क्लव एवं साविक विजेता फ्लुमिनेन्सी समेत रेलिगेसनमा परिसकेको छ । यसपटक लिग उपाधि भने क्रुजेरोले जितेको छ ।

गएरातिको तनावपूर्ण खेलसँगै जारी सिजनको ब्राजिलियन लिग सकिएको छ ।
####

,

0 comments

Write Down Your Comment