औषधी खुर्सानी
###

डा. प्रमोद गौतम | बिषय: जनस्वास्थ्य



आज भोलि केटा केटी देखि ठुलाबडा सम्म धेरैले खुर्सानीको प्रयोग स्वास्थ्यको दृष्टिकोणले हितकर हुदैन। विभिन्न समस्याहरु यसको अत्यधिक कारण हो भन्ने गर्छन्। वास्तवमा त्यस्तो नभई खुर्सानीको प्रयोग बुझेर गर्दा यसले ओखतीकै काम गर्छ।

१. बङ्गारा दुखेमा सफा सिलौटामा मसिनो गरी खुर्सानीमा पानी मिसाई पिँधेर कपडाछान गर्नुपर्छ। यदि वायाँ वङ्गारो दुखेको छ भने दाहिने कानमा यसको झोल हाल्नुपर्छ। यदि खुर्सानी पानीले    पोल्यो भने अलिकति घ्यू मनतातो पारेर एक दुई थोपा कानमा हाल्दा सन्चो हुन्छ।

२. मोतीया विन्दु : पुरानो खुर्सानीको बोटको जरा सुरक्षित राखी जरालाई चन्दन बनाएर मोतीया बिन्दु हुन लागेको या आँखामा लगाउदा आराम गर्छ।

३. घाँटीको घाउ : एउटा खुर्सानी पानीमा डुवाउनुपर्छ। त्यसलाई छानेर अलिकति मह मिसाई कुल्ला गर्दा घाँटीको घाउ निको हुन्छ। केही बेर पोल्न सक्छ।

४. स्वर बन्द भएमा/ गला बसेमा: तीन वटा खुर्सानी एउटा कागती तीन मासा बदाम, तीन ग्राम मिश्री र बबुरको गुँद पिधनु र गोली बनाउनुएर दिनमा दुई-दुई पटक गोली मुखमा राखी               चुस्नुपर्छ। बसेको स्वर खुल्छ।

५. मृगौला शुल: एउटा खुर्सानी पानीमा हाली खुव पिँधि चन्दन जस्तो भएपछि शुल भएको ठाउमा लेप लगाउनु, दुख्ने एकदम छोड्छ।

६. निमोनिया: एउटा खुर्सानीमा पानी हालेर खुव पिँधि चन्दन जस्तो लेप तयार भएपछि मनतातो बनाई दुखेको ठाउमा लेप गर्दा दुख्न छोड्छ। लेप लगाएको ठाउमा सहन नसक्ने गरी पोल्यो भने    १५ मिनेट पछि लेप हटाई पोलेको ठाउमा गाईको घ्यू लगाई दिनु पर्छ।

७. औंलो ज्वरोमा: खुर्सानी पानीमा भिजाएर खुव पिँधनु र ज्वरो आउनुभन्दा दुई घण्टा पहिले विरामीको देव्रे हातको चोर औंलामा लेप गर्नु र खुव वलियो गरी पट्टि बाँध्नु। लेप सुक्न नपाउदै        पानी हाल्दै चिस्याई राख्नु
     यसो गर्नाले ज्वरो आउने बेलामा मुटु ढुकढुक गर्छ तर ज्वरो फुट्दैन। ज्वरो फुट्नुभन्दा पहिले खुर्सानीलाई चन्दन बनाई हातका दसै औंलाका नङ्गमा लेप गर्नाले पनि ज्वरो आउदैन।

८. हैजामा: खुर्सानीको गेडा मात्र झिकी बाँकी रहेको बोक्रा राम्ररी पिँधी मसिनो चन्दन बनाउनुपर्छर यसमा मह मिसाएर दुई/दुई रतिका गोली बनाउनु हैजा भएको बिरामीलाई दुई गोली पानीसंग     खानुपर्छ। १० मिनेट भित्र
    पसिना आउन बन्द हुन्छ। शरीर र मुटु बलियो हुन्छ र गर्मी बढ्छ र ज्वरो आउन सक्छ। यसले सिताङ्ग भएको रोगीमा तत्काल प्रभाव देखाउँछ।

९. शुल भएमा: ११.६४ ग्राम गाईको घ्यू एउटा भाँडामा तताई र त्यसमा एउटा खुर्सानी हाली डढाएर बाहिर निकालेर भाँडामा राख्नु एवं प्रकारले एउटा एउटै गरी सात वटा खुर्सानी डढाल्दै निकालेर     राख्नुपर्छ। यस्तो प्रकृया गरिसकेको घ्यू मनतातो गरी खुवाउनु। शुल एकदम निको हुन्छ। अथवा शुल शुरु हुने बित्तिकै एउटा सिङ्गो खुर्सानी हातले मोलि सख्खरमा लपेटी रोगीलाई खाना दिनु     एकछिन पछि यसै प्रकारले अर्को खुर्सानी र सातवटा पुर्‍याउनु शुल एकदम आराम हुन्छ। यो कृया एक दुई पटक गर्दा नै रोगीको बल बढेको हुन्छ।

१०. पोल्ने फुन्सीमा: एक किसिमको फुन्सी खटीरा घमौराजस्तै सानो निस्किन्छ। असाध्यै पोल्छ। यस प्रकारको फुन्सी खटीराका लागि चुल्होको माटो र खुर्सानी मिलाएर पानी हालेर खुवसंग         पिसेर लेदो बनाई यो लेदोको लेप खटिरा माथि लगाउने। यो लेप फुन्सी माथि लगाउने बित्तिकै पोल्न छाड्छ र हिँऊ राखे जस्तै शितल हुन्छ।



११. बिच्छिले टोकेमा: खुर्सानी खुव मसिनो हुने गरी पिँधि मह मिलाई बिच्छीले चिलेका ठाउमा लगाउनाले वीष उग्रन्छ।

१२. कुकुरले टोकेमा: कुकुरले टोकेको घाउमा मसिनो पिसेको खुर्सानीको पुल्टीस बनाई बाधी दिनु वीष उग्रन्छ र घाउ नपाकी ओभाउछ। टोक्ने कुकुर आफुले पालेको घरको छ भने टोकेको १० दिन  भित्र मरेन भने बहुला कुकुरले टोकेको रहेनछ भन्ने ठान्नु।

१३. खटीरामा: खुर्सानी अलि मसिनो गरी पिसेर चट्नी जस्तो लेदो बनाउनु र खटीरा माथि लेप लगाउनुपर्छ। खटीरामा पिप बसेको रहेछ भने पकाइ दिन्छ। पिप पसेको रहेनछ भने सुकाइ दिन्छ।

१४. सर्पले टोकेमा: एउटा खुर्सानी मसिनो गरी पिँधी गाजल लगाए झैं आँखामा लगाउनुपर्छ। शरीरमा सर्पको वीषको प्रभाव छ भने पोल्दैन। वीषको प्रभाव घटेमा पोल्न थाल्दछ। पोल्न थाले पछि        वीषको प्रभाव घट्दैछ र निको हुने गतिमा छ भन्ने ठान्नुपर्छ। यदि मुर्छिद भएको भए रोगीको मुख भित्र जिव्रोमा पुग्ने गरी पिरो खुर्सानीको धुलो राखी दिनु तुरुन्तै होसमा आउँछ।

१५. लामखुट्टे आदि किरा लागेमा: कोठा बन्द गरी खुर्सानीको धुप बाली केही बेर रहन दिनु लामखुट्टे, भुसुना, झिङ्गा आदि विषालु किरा मर्छ, वातावरण शुद्ध हुन्छ।

१६. सन्नीपात: बिरामीको कुनै भागमा छुदा रोगीले चाल पाउदैन यस्तो भएमा खुर्सानीलाई पानीमा राम्ररी पिँधी चन्दन बनाई रोगीको अंगमा लेप गर्नु सन्नीपात एकदम आराम हुन्छ।
####

0 comments

Write Down Your Comment