भारतीय दूतावासमा बाँदरको आतंक
###
|
काठमाडौं, मंसिर २४ – काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासमा बाँदरले आतंक मच्चाएको छ ।
पहिलेदेखि नै बाँदर आउने ठाउँ भएपनि केही दिनदेखि भने बाँदरले हैरान गर्न थालेको त्यहाँका कर्मचारीले बताएका छन् । कर्मचारीहरुका अनुसार दूतावास परिसरमा झण्डै सयवटा बाँदर छन् ।
बाहिरका मान्छेले जिस्काउने गर्दा बाँदरले भित्रका कर्मचारीलाई आक्रमण गर्ने प्रयास गरेपछि दूतावासमा खैलाबैला मच्चिएको छ ।
भारतीय दूतावासले बाँदर नियन्त्रणको लागि सम्बन्धित निकायसँग सहयोगको याचना समेत गरेको स्रोतले जनाएको छ । भारतीय दुतावास परिसरमा बाक्ला रुख विरुवा रहेका कारणले गर्दा बाँदरले बासस्थान बनाएको हुन सक्ने अनुमान कर्मचारीले गरेका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment