एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर
###

तेस्रो खेलमा हङकङसंग १० विकेटले पराजित
५ माघ, काठमाण्डौ । एकदिवसीय विश्वकप क्रिकेट छनौटको आफ्नो तेस्रो खेलमा पनि नेपाल हङकङसंग १० विकेटले पराजित भएको छ । लगातार तेस्रो पराजयसंगै नेपाल एकदिवसीय क्रिकेट छनौटको समूह चरणवाटै बाहिरिएको छ ।

नेपालले दिएको एक सय ५१ रनको झिनो लक्ष्य पछ्याएको हङकङले ३३ दशमल २ ओभरमा विना विकेटको क्षतिमा १ सय ५४ रन बनाएर लक्ष्य भेट्टाएको हो । हङकङलाई जित दिलाउन इरफान अहमदले ८६ र वाकस बर्कतले ५६ रनको योगदान दिए । जितसंगै हङकङले सन् २००६ नेपालसंग ब्यहोर्दै आएको हारको बदलसमेत लिएको छ ।
यसअघि न्यूजिल्याण्डको रंगीओरा मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलब ३ ओभरमा सवै विकेट गुमाएर मात्र एक सय ५० रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले सर्वाधिक ४५ रनको योगदान दिए । ७९ बलको सामना गरेका बसन्तले चार चौका र एक छक्का प्रहार गरे ।
यस्तै ७५ बलको सामना गरेका कप्तान पारस खड्काले दुई चौकासंगै मात्र २९ रन बनाएर पेभिलियन फर्केका थिए । यसैगरी ४८ बलको सामना गरेका सोमपाल कामीले चार चौका प्रहार गर्दै २६ रन बनाए ।
नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक नै बटुल्न सकेनन् । नेपालका लागि विनोद भण्डारी र शक्ति गौचनले समान ८-८ रनको योगदान दिए भने शरद भेष्वाकरले ४, अनिल मण्डलले , सागर पुनलले २ तथा पृथु बास्कोटा एक रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्ल खाता नै नखोली पेभिलिनय फर्किदा अविनाश कर्णले नटआउट ३ रनको योगदान दिएका थिए ।
यसअघि भएका खेलमा नेपाल स्कटल्याण्ड्संग ९० रनले र युएईसंग एक सय २ रनले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा मंगलवार क्यानडासंग प्रतिस्पर्धा गर्नेछ ।


####

0 comments

Write Down Your Comment