दुबईमा नेपालीको मृत्यु
###

परासी, माघ १ - वैैदेशिक रोजगारका लागि दुबइ पुगेको दुई दिन नबित्दै एक नेपालीको मृत्यु भएको छ । सोमबार दुबई पुगेका रामग्राम नगरपालिका २ का ४० बर्षीय मुरारी हरिजनको मृत्युको खबर आएको उनका आफन्तले जनाएका हुन् । 'कामका लागि सोमबार दुबई पुगेका हरिजनले आफू दुबई पुगेको फोन गरेको भोलि पल्टै मृत्यु भएको खबर आयो' उनका भतिजा कमल हरिजनले भने, 'मृत्युको कारण भने खुलेको छैन् ।'
####

0 comments

Write Down Your Comment