राउटेले स्वास्थ्य परीक्षण गराए, औषधि लिन मानेनन्
###

सुर्खेत, माघ ३ । सुर्खेतको जर्बुटामा आज राउटेहरुको स्वास्थ्य परीक्षणका लागि शिविर संचालन गरियो । नेपालगन्ज मेडिकल कलेज, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र नेपाल राउटे उत्थान विकास प्रतिष्ठान काठमाण्डौंको संयुक्त आयोजनामा भएको शिविरमा राउटेहरुले स्वास्थ्य परीक्षण गराए पनि औषधि लिन भने अस्वीकार गरेका थिए ।


पुस्तौदेखि बनकै जडीबुटी प्रयोग गर्दै आइरहेको भन्दै राउटेहरुले चिकित्सकले दिएको औषधि लिन अस्वीकार गरेका हुन् । केही राउटे बालबालिकालाई भने जुकाको औषधि खुवाइएको थियो ।

शिक्षण अस्पताल नेपालगन्जकी स्त्री रोग विशेषज्ञ डा. उषा श्रेष्ठले अधिकांश राउटेहरुमा अत्याधिक मदिरा सेवनका कारण लाग्ने रोग देखिएको जानकारी दिइन् ।

शिविरमा नेपालगन्ज मेडिकल कलेजले ६० वटा कम्बल समेत वितरण गरेको थियो ।
####

,

0 comments

Write Down Your Comment