हराएका बिमान नभेटिएका पनि छन्
###

  काठमाडौ, फाल्गुन २९ - शनिबार बिहान मलेसियाको राजधानीबाट क्वावालम्पुरबाट बेइजिङ उडेको मलेसियन एयरलाईन्सको जहाज हालसम्म पनि बेपत्ता छ । २२७ यात्रु र १२ चालक दलका सदस्य रहेको जहाज खोजीका लागि चीन, हङकङ र मलेसियाले दर्जनौं जहाज र पानीजहाज खोजीका लागि खटाएका छन् ।

बुधबार मात्रै चीनले स्याटलाईट मार्फत् जहाज दुर्घटना स्थल अनुमान गरेर तस्विर सार्वजनिक गरेको थियो । चिनियाँ सरकारी अधिकारीले सार्वजनिक गरेको तस्वीरमा चीनको दक्षिणी समुद्रमा जहाजको भग्नावशेषजस्तो वस्तु देखिएको थियो । तर, खोजीका लागि खटिएको टोलीले तस्वीरमा भनिएको स्थानमा कुनै वस्तु फेला नपरेको बताएका छन् ।

उड्ययन इतिहासमा यस्ता केही घटना भएका छन् । तीमध्ये केही जहाज हराएको केही समयपछि भेटिएका छन् भने कोही हराएपछि आजसम्म पनि भेटिएका छैनन् । यसैबारे बीबीसीले एउटा रिपोर्ट तयार पारेको छ, उक्त रिपोर्टको सारांश :

एमेलिया इरहर्ट-१९३७

उड्डयन इतिहासमा अमेरिकाकी पहिलो महिला पाइलट एमेलिया इरहर्ट जहाजसँगै बेपत्ता भएको घटना रहस्यमयी छ । विश्व भ्रमणको लागि अर्का पाइलट प|mेड नोननसँग जहाज यात्रामा रहेकी इरहर्ट चढेको ट्वीनअटर सन् १९३७ मा प्यासिफिक महासागरमा बेपत्ता भएको थियो । बेपत्ता दुई बर्षपछि उनलाई मृत घोषणा गरिएको थियो । तर, बेपत्ता बिमानको हालसम्म कुनै अवशेष फेला परेको छैन् ।

एयर फ्रान्स फ्लाइट ४४७-२००९

ब्राजिलको रियो दी जेनेरियोबाट पेरिसको लागि उडेको एयर फ्रान्सको ४४७ सन् २००९ मा एटलान्टिक महासागरमा दुर्घटना भएको थियो । एयरबस ३३० को दुर्घटनामा बिमानमा रहेका सबै २२८ को मृत्यु भएका थियो । बिमानको व्ल्याक बक्स २ बर्षपछि भेटिएपछि दुर्घटनाको अनुसन्धानले पूर्णता पाएको थियो ।

इजिप्ट एयर फ्लाइट ९९०-१९९९

सन् १९९९ अक्टोबर ३१ मा न्यूयोर्कको जोन एफ केनेडी एयरपोर्टबाट इजिप्टको कायरो उडेको बिमान एट्लान्टिक महासागरमा दुर्घटना हुँदा जहाजमा सवार २१७ जनाको मृत्यु भएको थियो । इजिप्टका अधिकारीले यान्त्रिक गडबडीका कारण बिमान दुर्घटना भएको बताए पनि अमेरिकाले बिमानका इजिप्टियन सहचालकको कारण दुर्घटना भएको आरोप लगाएको थियो । किनकी सहचाकलाई एयरलाईन्सले यौनिक दुव्र्यवहार गरेको आरोपमा चेतावनी दिएको थियो ।

ब्रिटिस दक्षिण अमेरिकी एयरवस स्टार डस्ट-१९४७

सन् १९४७ अगष्ट स्टार डस्ट एयरबस अर्जेन्टिनाको व्यूनो आयर्सबाट चिलीको लागि उड्ने त्रममा अर्जेन्टिनाको माउन्ट टुपुंगाटोमा दुर्घटना भयो । बिमानमा ११ जना थिए । दुर्घटनाको ५० बर्षपछि मात्रै उक्त पहाडको हिउँ पग्लिदा पर्वतारोहीले उक्त बिमानको भग्नावशेष पत्ता लगाएका थिए ।

बर्मुडा ट्रियाङ्गल

एट्लान्टिक महासागरको दक्षिणी भागलाई बर्मुडा टि्रयाङ्गल -त्रिकोण) को रुपमा चिनिन्छ । बर्मुडा, फ्लोरिडा र पियुटो रिकोमा अन्तिम बिन्दु भएको अनुमान गरिएको उक्त क्षेत्रमा दुई बिमान दुर्घटना भएपनि सत्य पत्ता लागेको छैन् । १९४० को दशकमा उक्त क्षेत्रमा दुइ बिमान दुर्घटना भएको थियो । बीबीसले सन् २००९ मा गरेको अनुसन्धानमा एउटा बिमानको दुर्घटनाको कारण प्राविधिक गडबडी भएपनि अर्को बिमान भने ईन्धन सकिएका कारण दुर्घटना भएको अनुमान गरिएको थियो ।

उरुग्वे एयर फोर्स फ्लाइट ५७१-१९७२

सन् १९७२ अक्टोबर १३ मा उरुग्वेबाट चिलीको सान्टियागो उडेको उरुग्वे एयर फोर्स फ्लाइट ५७१ एन्डे हिमशृंखलामा दुर्घटना भएको थियो । बिमानमा सवार ४५ मध्ये १६ यात्रु ७२ दिनपछि जिवित फेला परेका थिए ।

टीडब्लूए फ्लाइट ८००- १९९६

न्यूयोर्कको जोन एफ केनेडी एयरपोर्टबाट उडेको ट्रन्स वल्र्ड एयरलाईन्सको फ्लाईट ८०० सन् १९९६ जुलाई १७ मा उडेको केही मिनेटमै आकाशमा पडि्कएको थियो । १६ हजार फिट माथि जहाज पडि्कदा सवार २३० यात्रु कोही बोचनन् । अनुसन्धानले इन्धन ट्यांकमा बिद्युत सर्ट भइ आगलागी भएको देखाएको थियो ।

अमेरिकी आर्मी एयर कर्प्स बी २४डी-१९४३

दोस्रो विश्वयुद्धको बेला सन् १९४३ मा अमेरिकी बम्बर बोकेर इटली हिडेको बिमान लिबियाको मरुभूमीमा दुर्घटनाग्रस्त भेटिएको थियो । यसका नौ मध्ये ८ जना यात्रुले प्यारासुटबाट हाम्फालेर बाचेको भएपनि मरुभूमीमा १६० किलोमिटरको हिडेपछि गर्मीका कारण मृत्यु भएको अनुस्न्धानले देखाएको थियो । बलायती तेल अनुसन्धानकर्ताहरुले दुर्घटनाको १५ बर्षपछि बिमानलाई मरुभूमीमा भेटेका थिए । १५ बर्षपछि भेटिदा पनि मेशिनगनहरु काम गर्ने अवस्थाका थिए ।

स्टिभ फेसेट-२००७

अमेरिकी व्यापारी स्टिभ फोसेट बोकेर सन् २००७ सेप्टेम्बर ३ मा उडेको बिमान अमेरिकाकै नाभाडाबाट फर्किएन् । ६३ बर्षीय फोसेट चढेको एक ईन्जिन भएको जहाज सन् २००८ को अक्टोबरमा भेटिएकेा थियो । अनुसन्धानकर्ताहरुले तीव्र हावाका कारण बिमान दुर्घटना भएको आशंका गरेका छन् ।
####

0 comments

Write Down Your Comment