कुकुर प्रेममा परेपछि मालिकको बिबाह !
###
![]() |
दुई आत्माको मिलनका लागि केही न बहाना चाहिन्छ नै । अझै दृष्टिबिहीन जसले सन्सार देख्नै सक्दैनन् उनीहरुका लागि त कसै न कसैको सहयोग अपरिहार्य नै हुन्छ । हालै बेलायतमा बैबाहिक जीवनमा बाँधिएको एक दृष्टिबिहीन जोडीको लभमेकर बनेका छन एक जोडी कुकुर ।

उनीहरुको पहिलो भेट २०१२ मा कुकुर ट्रेनिङमा भएको हो । ट्रेनिङमा भेट्न थालेका उनीहरुका कुकुर आपसमा यति नजिकिए कि छुट्टीनै मानेनन् । यसको महसुस उनीहरुका मालिक क्लेर र मार्कले पनि गरे । कुकुरकै कारण पनि उनीहरु नजिकिन थाले । एकअर्काका खुसी र दुःख साट्न थाले । एक वर्षको समिप्यतापछि मार्कले गत वर्षको ‘भ्यालेन्टाइन डे’मा प्रेम प्रस्ताव राखे । यसैसाता उनीहरुले विवाह समेत गरेका छन् । उनीहरु दुबै विवाहको कारण कुकर भएको बताउँछन् ।
क्लेयर भन्छन्-हाम्रो गाइड कुकुरले हामीलाई नजिक ल्यायो र मलाई मेरो सच्चा प्रेम पाउन सहयोग गर्यो ।’ जन्मजात आँखा नदेख्ने मार्क भन्छन्-’कुकरको तालिमका क्रममा उनीहरुसँधै संगै खेले । ट्रेनरले उनीहरु प्रेममा परेको जानकारी दिए । उनीहरुले हामीलाई पनि सँगै ल्याइदिए ।’
####
0 comments
Write Down Your Comment