कलाकार जब बजारमा स्टारडमको लयमा अगाडि बढ्छ, उ आफ्नो अर्थ र महत्व खोज्छ । कुनै पनि कार्यक्रमदेखि दर्शकको घुँइचोमा उसले स्टारभ्यालूको अर्थ खोज्छ । काठमाण्डौमा आफै अभिनित चलचित्र ‘नाई नभन्नु ल २’ को पत्रकार सम्मेलनमा नायक जीवन लुँइटेल आफ्नो अर्थपूर्ण उपस्थिती खोजिरहेका थिए ।उनी निर्माणपक्षको नजरमा पनि केमियो कलाकारको रुपमा देखिए भने मिडियाले पनि उती साह्रो नोटिश गरेन । प्रश्नहरु बालकलाकार र हिरोइनमाथि खनिरहँदा जीवन उकुसमुकुस भैरहेका थिए ।
कार्यक्रम चलिरहदा जीवनको भूमिका र उपस्थितीको बारेमा खासै चर्चा भएन । सायद जीवनले कार्यक्रममा आफू बस्नुको अर्थ देखेनन् या आफ्नो बल्दो स्टारडमको खिल्ली उडेको महुशश गरे ।
‘ठूली’ सिनेमाको छायांकनमा जानुछ भन्दै जीवन उठे, माइक समाते र आफ्नोे सस्पेन्स भूमिकालाई खुलाइदिए । जीवनको यो जवाफले चलचित्रको धेरै कुरा खोलिदिएको थियो जुन निर्देशक विकास आचार्य चाहँदैनथे ।
सिनेमाको बिषयवस्तु खुल्ने डरमा रहेका आचार्यका लागि जीवनको मन्तव्य चुनौतीपूर्ण देखिएको थियो । जीवनले कार्यक्रममा आफ्नो उपस्थितीको अर्थ खोजे जुन स्वभाविक नै थियो । एउटा स्टार कलाकार यस्तो अर्थको खोजी गर्छ, यसकारण उ बजारमा बिकेको हुन्छ । सायद निर्माणपक्षले जीवनको उपस्थितीलाई केमियो भूमिका जस्तै संझियो । जुन कुरा जीवनका लागि स्विकार्य भएन र उनी बिचमै उठेर हिडे ।
निर्देशक राजु गिरी यतिबेला नयाँ चलचित्र ‘यूवराज’को तयारीमा व्यस्त छन् । नायक विराज भट्टलाई शिर्ष भूमिकामा खेलाउनको लागि राजु र निर्माता जीके शर्माको दौडधुप खुबै देखिएको छ ।
विराज पक्का हुने वित्तिकै चलचित्रको छायांकन नेपाल र दुबइमा हुनेछ । चलचित्रका लागि कलाकारद्धय पूजना स्त्रि र शुभेच्छा थापा पक्का भैसकेका छन् । निर्माता जीके शर्माले पनि ‘यूवराज’मा अभिनय गर्नेछन् ।
नायिकाको रुपमा भने निशा अधिकारीलाई प्रस्ताव गरिएतापनि फाइनल भैसकेको छैन । चलचित्रको गीत रेकडिङ कार्य आजबाट सुरु भएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयले गीत रेकडिङको उद्घाटन गरे ।
चलचित्रमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । ‘यूवराज’लाई माया प्रेम र द्वन्द्वको मेल भनिएको छ ।

अमेरिकाको क्यालिफोर्नियाको स्कुलका शिक्षक केही समय विदामा गएका थिए । योशामिते हाइस्कुलका यी शिक्षक अहिले विद्यालय त फर्किए तर, महिला बनेर । ५६ वर्षका ग्यारी स्कोन्सले आफ्नो पहिचान बदलेका छन् । लिंग परिर्वतनपछि उनको नाम क्यारेन एडेल स्कोट भएको छ । स्कुलका प्रवन्धक र क्यालिफोर्नियाका शिक्षा विभागले पुरुषबाट स्त्री बनेका शिक्षकलाई पढाउन दिँदा विद्यार्थी अभिभावकले विरोध नगर्ने वातावरण बनाउने प्रयासमा जुटेका छन् । स्कुलले उनलाई अध्यापनको अनुमति दिने तयारी गरेको छ । ग्यारी कलेजको फुटबल टिममा समेत थिए । उनले मार्सल आर्टको प्रशिक्षण समेत लिएका छन् । शिक्षणमा विभिन्न अवार्ड समेत जितेका उनले भनेका छन्-यो परिर्वतन सहज रुपमा स्वीकार होस् र मैले कुनै पनि अनुचित व्यवहार स्वीकार गर्दिन ।’ स्कुलका सुपरिटेन्डेन्ट जेम्स सरजेडले १९ मार्चमा विद्यार्थीका अभिभावकलाई एक पत्र लेख्दै २२ अपि्रलबाट कोन्सलाई ‘मिस क्यारेज एडेल स्कोट’को नामले चिनिने उल्लेख गरेका छन् ।
सभासद पद चिप्लिएपछि खासै मिडियाको चर्चामा नआएका नायक भूवन केसीले हालै मात्र एक म्यूजिक भिडियोमा अभिनय गरेका छन् । शैलेश शर्माको आवाजमा समावेश ‘बेहोसी भए म मदहोशी भए म’ बोलको गीतमा भूवनको अभिनय हेर्न सकिन्छ । भूवनको साथमा भिडियोमा वेनिशा हमालको पनि अभियन छ । ‘मैखाना’ एल्बममा समावेश यो गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।
हरी हुँमागाइले छायांकन गरेको भिडियो नुतन स्टूडियोमा खिचिएको छ । अष्ट्रेलियाका विभिन्न शहरमा आफ्नो लाइफ प्रस्तुती दिइसकेका गायक शैलेश शर्माको यो गीतले चर्चा पाउने विश्वास गरिएको छ । चलचित्रको पर्दामा खासै छाउन छोडेपछि दर्शकको नजरमा पर्न भूवनले भिडियो खेलेको अड्कल काटिएको छ

चैत्र २८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘मनले मनलाई छुन्छ’ यूनिटले एक कार्यक्रमको आयोजना गर्दै पोस्टर सार्वजनिक गरेको छ । आइतबार बरिष्ठ चलचित्र निर्देशक स्वर्गिय शिव रेग्मीको निवास चितवनमामा आयोजना गरीएको कार्यक्रममा उनको बारेमा तयार पारिएको ६ मिनेट लामो बायोग्राफी समेत देखाइएको थियो ।
रेग्मी निवास भरतपुर नगरपालिका ४ मा सम्पन्न कार्यक्रममा राजधानीबाट आएका तथा चितवनमा सक्रिय पत्रकार एवं फिल्मकर्मीहरुको साथमा स्थानिय शुभेच्छुकहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त राख्दै नायक बिरेन श्रेष्ठले शिव रेग्मीको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ उत्कृष्ट बनेकाले सबैलाई हेरिदिन आग्रह गरे । उनले रेग्मी नुहँदा आफूहरु सबैबाट हेपिएको बताउदै दुख गरेर फिल्म रिलिज गर्न लागेको बताए ।
नायिका गरिमा पन्तले हरेका कलाकारलाई एउटा राम्रो ब्यानर, राम्रो निर्देशक र आफ्नो सशक्त अभिनय भएको चलचित्र खेल्ने रहर हुने र आफ्नो त्यो रहर चलचित्र ‘मनले मनलाई छुन्छ’ले मेटाइदिएको बताइन । कार्यक्रममा बोल्दै रेग्मी पत्नी ज्ञानु रेग्मीले चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्देशक रेग्मीको ‘आफन्त’पछि उत्कृत्ट चलचित्र बनेकेा बताउदै आफ्नो पतिको अन्तिम सिर्जना भएकोले सबैलाई एकपटक हेरिदिन आग्रह गरिन् ।
कार्यक्रमको अवधिभर रेग्मीकी आमा भक्तमाया रेग्मी भाव विहृवल भइरहेकी थिइन । कार्यक्रमका प्रमुख अतिथि ऋद्धिचरण श्रेष्ठ र रेग्मीकी आमा भक्तमाया रेग्मीले चलचित्रको पोस्टर लञ्च गरेका थिए । कार्यक्रम चलचित्रका निर्माता सुनिल सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

नायिका रेखा थापा र निर्देशक श्याम भट्टराइको वाकयुद्ध केही दिन यता केही शान्त बनेको छ । तर पनि यो घटना निर्देशक समाजको छानविन आयोगसम्म पुगेकाले अझै सेलाउने भने छैन । रेखाको फिल्मबाट श्याम भट्टराई बाहिरिएपछि सुरु भएको युद्धले विभिन्न कोणबाट चर्चा पायो । श्याम र रेखाको दुश्मनी आफैमा सुरु भएको भने होइन । तिहारमा भाइटिका लगाएका श्याम र रेखा एकाएक ‘हिम्मतवाली’को छायांकन स्थलमा पुग्दा नपुग्दै ३६ को आँकडामा पुग्नु अचम्म लाग्दो बिषय थियो ।
रेखाको सिनेमामा क्यानडा निवासी दुवै हात नभएका सुदर्शन गौतम हिरो छन् । श्रोतका अनुसार श्याम र रेखाविच दरार उत्पन्न हुनुको पछाडि सुदर्शनको ठूलो हात छ । सुदर्शनकै कारण श्यामसँग रेखा टाढा भएको बताइन्छ । उसो त सिनेमाका लागि सुदर्शनको सिफारिश श्यामले नै गरेको वुझिएको छ । चलचित्रमा रेखा थापा र चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’को लगानी रहेको कुरा त बाहिर आइसकेको छ । तर भित्री रुपमा हिरो सुदर्शन गौतमले पनि सिनेमामा लगानी गरेको वुझिन्छ । महेन्द्रनगरबाट पनि निक्कै भित्र सिनेमाको छायांकन सुरु भएपछि श्यामले व्यवस्थापनका बिषयमा केही गुनासो रेखासँग गरेका थिए ।
तर सुदर्शनले यस बिषयमा श्यामलाई केही नबोल्न सुरुवातमा नै दहराएका थिए । तर घटनाले मोड लिदै जाँदा श्यामलाई सिनेमा छोडेर जानुहुन्छ या रेखाले नै जा भन्नुपर्यो भन्ने खालका भाषा सुदर्शनले प्रयोग गरेको श्रोत बताउँछ । रेखा र सुदर्शनको निकटता बढेको वुझिन्छ । नायिका रेखा थापाले केही दिनमा नै काठमाण्डौ आएर पत्रकार सम्मेलन गरी सबै कुराको जानकारी गराउने बताएकी छिन् । सिनेमाको हालीमुहाली अहिले सुदर्शनकै हातमा छ । श्यामले सिनेमा छोड्ने थाहा पाएपछि निर्माता छविराज ओझाले कुनै पनि हालतमा चलचित्र छोडेर काठमाण्डौ नआउन भनेका थिए । उनले चलचित्रका अन्य प्राविधिकहरुलाई पनि श्यामलाई सिनेमा छोड्न नदिन भनेका थिए ।
तर घटनाले एकाएक चर्को रुप लिएपछि श्याम सामान्य रुपमा नै काठमाण्डौ फर्किएको वुझिन्छ । एम.बी.ए सम्मको अध्ययन गरेका खोटाङ सुदर्शन क्यानडा सरकारको प्रतिनिधीको रुपमा त्यहाँको एक राज्यमा बसोबास गर्दै आएका छन् । दुवै हात नभएपनि उनी कार चलाउन, आफ्नो दाह्री आफै खैरन सक्ने लगायतका काम गर्न सक्छन् । उनी ‘हिम्मतवाली’ सिनेमा खेल्न नेपाल आएका हुन् । दुवै हात नभएको अवस्थामा पनि उनले सन् २००५ मा दोलखा स्थित ६ हजार मिटर उचाइको रामदुङ हिमाल सफल रुपमा आरोहण गरेका थिए । केही त भन्छन् रेखा थापा ठूला दलदलमा फस्दै छिन्, बाहिर निस्कने उपाय खोजे धेरै राम्रो ।

‘तक्मे बुढा’ अर्थात विल्सन विक्रम राई अब भारतीय टेलिभिजनको पर्दामा पनि छाउने भएका छन् । भारतीय चर्चित निर्देशक आशुतोष गोवारिकको निर्देशनमा बन्न लागेको एक सिरियलमा विल्सनले काम गर्न लागेका हुन् । उनलाई यो स्थानसम्म पुर्याउन कलाकार सुलिन थापाले मद्दत गरेका हुन् । सिरियलको एक सय भागसम्म विल्सनको अभिनय रहने बताइएको छ । उनले यो सिरियलमा काम गरुन्जेल अन्य प्रोजेक्टमा भने काम गर्न पाउने छैनन् । तर उनका लागि सिनेमाको काममा कुनै रोकावट हुनेछैन । सिरियलमा संझौतका लागि विल्सन दिल्ली उड्न लागेका छन् । मुम्बइमा २ महिना र मुम्बई बाहिर करिब १ महिना सिरियलको छायांकन हुनेछ । सुनिल थापाको सहयोगमा निर्माणपक्षले इमेल गरेपछि विल्सनको नयाँ यात्रा सुरु भएको हो । हिमान्चल प्रदेशको शेर्पा जातीको एक यूवकको भूमिका विल्सनलाई देख्न पाइनेछ । मार्च २७ मा भारत जान लागेका विल्सनले काम गर्न लागेको सिरियलको नाम भने खुलाइएको छैन । हाँस्य सिरियल ‘मेरी बास्सै’बाट हिट भएका विल्सन अहिलेका चर्चित कलाकार मानिन्छन् । मिडियामा समाचार कसरी आयो थाहा छैन : विल्सन यता भारतीय सिरियलमा काम गर्न लागेका कलाकार विल्सन विक्रमले भने आफूलाई नेपालका विभिन्न संचारमाध्यममा आएको समाचारको बिषयमा थाहा नभएको बताए । ‘मिडियामा कसरी खबर आयो, मलाई थाहा छैन’ विल्सनले अनलाइखबरसाग भने । उनले सिरियलको बिषयमा अहिले नै केही भन्न नसक्ने जनाएका छन् । नेपाली मिडियामा समाचार सार्वजनिक भएपछि सिरियलको निर्माणपक्षले चासो देखाएको छ ।
निर्देशक श्याम भट्टराईले सिनेमा ‘हिम्मतवाली’ छाडेको घोषणा गरेको तीन दिनपछि अभिनेत्री रेखा थापाले वक्तव्य जारी गर्दै आरोपहरुको खण्डन गरेकी छन् ।आक्रोशित शैलीमा फेसबुकमा जारी वक्तव्यमा निर्देशक भट्टराईलाई आफूले प्रोजेक्टबाटै निकालेको दाबी रेखाले गरेकी छन् । उनी लेख्छिन्, ‘सुटिङ सुरु भएको तीनदिनमै निकालेको हो । दुई दिनमा बसन्त श्रेष्ठको गीतमै समय गएको थियो । तपाईंले गरेको एकदिनको काम पनि रिसुट गर्दैछु ।’
राजधानी फर्किएपछि प्राविधिकहरुसँग संयुक्त पत्रकार सम्मेलन गर्ने पनि रेखाले उल्लेख गरेकी छन् । स्पटमा भएका गतिविधिको भिडियो रेकर्ड आफूले गरेको र काठमाडौं फर्किएपछि ‘युट्युव’बाट सार्वजनिक गर्ने रेखाले धम्की दिएकी छिन् ।
प्राविधिकलाई मानवीय सहयोग नगरेको भन्ने भट्टराईको आरोपको पनि रेखाले खण्डन गरेकी छन् । उनी चुनौति दिन्छिन् ‘के कुरामा मैले तपाईंलाई सुटिङ चलिरहेको अवस्थामा रोकेर निकालेको मेरो युनिटले प्रेसको अगाडि बोल्नेछन् ।’
यसैसाता एक वक्तव्य जारी गर्दै निर्देशक भट्टराईले रेखा थापाको अव्यवसायिक र अमर्यादित व्यवहारका कारण आफूले प्रोजेक्ट छाडेको जनाएका थिए । यतिबेला रेखा आफैले हिम्मतवाली निर्देशन गरिरहेकी छन् । फिल्मका तस्विर पनि एकपछि अर्को गर्दै उनले सार्वजनिक गरेकी छन् ।
२ चैत, काठमाडौं । रंगहरूको पर्व होली विशेष उल्लासका साथ मनाइँदैछ । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ । दैत्यराज हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी होलिका मारिएको अवसरमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रंग, अबीर खली खुशीयाली मनाई होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ । उपत्यका तथा पहाडी क्षेत्रमा होली आज मनाइए पनि तरार्इ क्षेत्रमा भने भोलिमात्र मनाइन्छ

रंगको पर्व होली औपचारिक रुपमा शुभारम्भ भएको छ । आफन्तजन र साथी संगीवीच रंग खेलेर मनाइने फागू पर्व विकृत बन्दै गइरहेका बेला यो वर्ष प्रहरीले जबरजस्ती लोला हान्नेमाथि कडाइ गरेपछि होली पर्व साँच्चै नै शान्त रमाइलो हुने संकेतहरु देखिएका छन् । होली लाग्नुभन्दा सातदिन पहिलेदेखि राजधानीमा बाटो हिँड्नेमाथि लोला हान्ने क्रम रोकिएको छ ।

शुक्रबार सडकमा रंग लगाएका युवा युवती देखा परेका छन् भने कसैले पनि बाटामा पानीबाट भिजेर हिँड्नु परेको छैन । यसैक्रममा ‘एल एण्ड एस मोडल म्यानेजमेन्ट’ ले शुक्रबार होली मनाएको छ । विभिन्न मोडलहरुले आपसमा रंग खेलेर होली मनाएका छन् । यसरी होलीको रंगमा झुम्नेहरुमा दीपक कार्की, नवीन लम्साल, पुष्प खड्का, सुशील सिटौला, सुनील बिके, रितिक शाही, सलोना बज्राचार्य, महिमा जोशी, स्मारिका थापा, शशी श्रेष्ठ र प्रतिमा थापालगायत थिए । उनीहरूका रंगीन हर्कतलाइ अनलाइनखबरले क्यामेरामा कैद गरेको छ ।

.jpg)