खुकुरी हानाहानमा २ घाइते, ४ पक्राउ
###

अर्घाखाँची, कात्तिक ३ - अर्घाखाँचीको ढिकुरा गाविसमा शनिबार राति दुई गाउँका बासिन्दाबीच भएको झडप तथा खुकुरी हानाहानमा मा २ जना घाइते भएका छन । घटनामा संलग्न भएको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्णिमाको दिन ढिकुराकै सुवर्णखालमा भएको सरायेमेलामा भएको बिबादलाई लिएर ढिकुरा गाविसको वडा नम्बर ९ गौचौर र वडा नम्बर ४ सुरसिंगका बासिन्दाबीच झडप तथा खुकुरी हानाहान भएको हो ।

खुकुरी हानाहानमा परि ढिकुरा ४ सुरसिंगका बर्ष २२ का केशब मरासिनी र ढिकुरा ९ गौचौरका ५२ वर्षका यमबहादुर खासु घाइते भएको र दुवै घाइतेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । घटनामा संलग्न रहेको भन्दै ढिकुरा ९ का ३५ वर्षका अर्नबहादुर बरौले मगर, २१ वर्षका हरि खासु, २३ बर्षका केशब बरौले र ५२ वर्षका यमबहादुर खासुलाई प्रहरीले पक्राउ गरेको छ ।
####

0 comments

Write Down Your Comment