दाजुको हत्या गर्ने दुई भाइ पक्राउ
###

बुटवल, कात्तिक ३ – आफ्नै दाजुको हत्या गरेको आरोपमा रुपन्देहीमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रुपन्देही शंकरनगर ५ का २५ वर्षीय नारायण भट्टराई र २१ वर्षीय प्रकाश भट्टराईलाई दाजुको हत्याको आरोपमा पक्रेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गएको असोज २५ गते राती दाजु सुरज भट्टराईको हत्या गरेको प्रहरीको भनाइ छ । उनीहरुले शंकरनगर ४ मा खुकुरी प्रहार गरी दाजुको हत्या गरेको प्रहरीले जनाएको छ ।
####

0 comments

Write Down Your Comment