डिएसपीको कुटाइबाट असईको कान बन्द
###

उदयपुर, असोज २४ – जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षकको कुटाइबाट प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । प्रहरी उपरीक्षक लोकेन्द्रकुमार श्रेष्ठको प्रहरी सहायक निरीक्षक अमर खड्का घाइते हुनुभएको हो । डिएसपी श्रेष्ठको कुटाइबाट घाइते भएका खड्काको बायाँ कानमा गहिरो चोट लागेको चिकित्सकले बताएका छन् । घाइते खड्काको उपचार गर्नसमेत दिइएको छैन ।
  डिएसपी श्रेष्ठले असई खड्कालाई बाहिर जान नदिएको प्रहरी स्रोतले जनाएको छ । कार्यालयबाट बाहिर निस्कन नपाएपछि खड्काले उपचारको माग गर्दै जिल्ला प्रहरी प्रमुख एसपी अजय भट्टराईलाई निवेदन दिनुभएको छ ।


मंगलबार राती ९ बजे डिएपी श्रेष्ठको कुटाइबाट असई खड्काको बायाँ कान नसुन्ने हुनुकासाथै छातीमा गंम्भीर चोट लागेको छ । डिएसपी श्रेष्ठले मादक पदार्थ सेवन गरी कुटपीट गरेको प्रहरी स्रोतले जनाएको छ । यता खड्काले भने त्यस दिन दिउँसो ठूलो बाबु धनबहादुर खडकाको मृत्यु भएकाले आफू शोकमा रहेको बताउनुभयो । उहाँले ठूलोबाबुको मृत्यु भएको १२ घण्टा नबित्दै आफु डिउटीमा आएको बताउनुभयो ।
####

0 comments

Write Down Your Comment