क्रिकेटबाट सन्यास लिने सचिनको घोषणा
###
![]() |
असोज २४ – किर्तिमानी ब्याट्सम्यान सचिन तेन्दुलकरले क्रिकेटका सबै खेलबाट सन्यास लिने भएका छन् ।
आफ्नो खेल जीवनको दुई सयौं टेष्ट क्रिकेटपछि उनले सन्यास लिने घोषणा गरेका हुन् । उनले अर्को महिना वेष्ट इन्डिजसँग हुने टेष्ट क्रिकेटपछि सन्यास लिनेछन् ।
भारतीय क्रिकेटका पूर्व कप्तानसमेत रहेका ४० वर्षे तेन्दुलकरले गत वर्षको डिसेम्बरमा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । ११ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका उनले क्रिकेटबिना आफ्नो जीवन कल्पनानै गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
सन् १९८९ मा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनले गत वर्ष १ सय सतक हान्दै विश्व किर्तिमानी बनाएका थिए । यस्तै उनले टेष्ट क्रिकेट र एक दिवसीय खेलमा पनि सर्वाधिक रन बनाएका छन् । उनले १ सय ९८ टेष्टमा १५ हजार ८ सय ३७ रन बनाएका छन् भने ४ सय ६३ एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका छन् ।
####
0 comments
Write Down Your Comment