माओवादीद्वारा उम्मेदवारलाई लखेट्न निर्देशन
###

काभ्रे, कार्तिक ४ - आसन्न संविधानसभा निर्वाचन बिरोधी गतिविधि संचालन गर्दै आईरहेको नेकपा-माओवादीले संविधानसभाका उम्मेदवारलाई गाउँ-गाउँबाट लखेट्न लिखित निर्देशन दिएको छ । नेकपा-माओवादी जिल्ला कमिटिले मातहत ३ नगर सहित ८६ गाउँ कमिटिलाई उम्मेदवारलाई गाउँबाट लखेट्न लिखित निर्देशन दिएको हो । '


 एउटा राजनैतिक शक्तिलाई बाहिर राखेर गर्न लागेको मंसिर ४ को निर्वाचनको कुनै औचित्य छैन' नेकपा-माओवादीका जिल्ला इञ्र्चाज दिपक देवकोटाले भने, 'मातहतका सबै कमिटिलाई आसन्न संविधानसभाको उम्मेदवारलाई लखेट्न लिखित निर्देशन दिइसकेका छौं ।' निर्वाचन बिरोधी आन्दोलनको आवश्यकता हेरेर सशस्त्र आन्दोलन समेत गर्न सक्ने उनले दावी गरे । 'भोट माग्न आएका उम्मेदवारलाई गाउँ प्रवेश गर्न रोक लगाउने, त्यसको उल्लघन गरेर गाउँ छिरे लखेटने' कार्यकर्तालाई दिएको निर्देशनमा उल्लेख गरिएको छ ।

 यसैबीच चुनावी अभियान लिएर भोट भाग्दै जिल्लाकै विकट कोशीपारी क्षेत्र भ्रमणमा रहेका एमाओवादीको उम्मेवादर सहितका टोलीलाई नेकपा-माओवादीका कार्यकर्ताले सिमथलीबाट लखेटेका छन । स्रोतका अनुसार टोलीमा एमाओवादीका क्षेत्र.न.४ का उम्मेदवार नारायण बानियाँ, समानुपातिक उम्मेदवार गोविन्दनाथ उप्रेती लगायतका रहेका थिए । 'लखेटेका होइनन्' उम्मेदवार बानियाँले भने, 'त्यहाँका युवाहरुसँग सामान्य छलफल भएको हो ।'
####

0 comments

Write Down Your Comment