कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
###

काठमाडौ, कात्तिक ४ – (अपडेट) रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षामा ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ४ सय ४७ जना महिला छन् ।

 इपिएस भाषा परीक्षामा ३ हजार ७ सय ६२ जना कृषितर्फ र ४ हजार ९ सय ६० जना भने उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका इपिएस कार्यालयले उज्यालो अनलाइनललाई जानकारी दिएको छ । कार्यालयले परीक्षाफल इपिएस कार्यालयको वेवसाइट, वैदेशिक रोजगार विभागको वेवसाइट र इपिएस कार्यालय ग्वार्कोको सूचना पाटीमा हेर्न सकिने बताएको छ । कोरिया जानेहरुका लागि गएको असोज २० र २१ गते परीक्षा भएको थियो । परीक्षामा ४३ हजार ७ सय २ जना सहभागि भएका इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताउनुभयो ।

उच्च अंक ल्याएकाहरुलाई फेरी क्षमता परीक्षण गर्ने र त्यसमा पनि धेरै अंक ल्याउनेलाई प्राथमिकताका साथ कोरियाको रोजगारदाता कम्पनीमा सिफारिस गरिनेछ । भाषा परीक्षामा उत्तीर्ण हुँदैमा कोरिया जाने ग्यारेन्टी नहुने भएकाले ढुक्क नहुन इपिएस कार्यालयले आग्रह गरेको छ । स्वास्थ्य परीक्षण लगायत सबैमा पास भएर रोस्टरमा पुगेपछि कोरियाली कम्पनीले छनौट गरेर लेबर कन्ट्रयाक नपठाएसम्म आफूले गर्दै आएको काम नछोड्न पनि कार्यालयको आग्रह छ ।
 परीक्षाफल केहीबेरपछि तलका वेवसाइटमा हेर्न सकिन्छ । 
www.epsnepal.gov.np
www.dofe.gov.np
####

0 comments

Write Down Your Comment