एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले अग्रता लियो
###

नयाँदिल्ली, कार्तिक ३ । भारतलाई ४ विकेटले पराजित गर्दै अष्टे«लियाले एक दिवसीय क्रिकेट श्रृंखलामा २–१ को अग्रता लिएको छ । आठौं नम्वरमा व्याटिङ गर्न आएका अलराउण्ड जेम्स फल्कनरले विस्फोटक पारी खेलेपछि अष्ट्रेलियाको जित सम्भव भएको हो ।


फल्कनरले २९ बलमा ६ छक्का र २ चौकाको मद्दतमा अभिजित ६२ रनको योगदान गरेपछि ३ सय ४ रनको लक्ष अष्ट्रेलियाले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो । यसअघि भारतले कप्तान महेन्द्रसिंह धोनीको शानदार सतकको मद्दतले ९ विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो । ७६ रन बनाउँदा सुरुवातका ४ विकेट गुमाएको भारतका लागि धोनीले कप्तानी इनिङ्ग खेल्ने क्रममा १ सय २१ बलमा अविजित रहँदै १ सय ३९ रन जोडे । त्यसैगरी विराट कोहलीले ६८ रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल जोन्सनले ४६ रन खर्चंदै ४ विकेट लिएका थिए । श्रृंखलाको चौथो खेल यहि कार्तिक ६ गते राँचीमा हुनेछ ।
####

0 comments

Write Down Your Comment