सुनसरीमा सेनाको ट्रक दुर्घटना, १० घाइते
###

विराटनगर, कात्तिक ३ – नेपाली सेनाको ट्रक सुनसरीमा दुर्घटना भएको छ । दुर्घटनामा परी नौ जना सैनिक सहित १० जना घाइते भएका छन् । आइतबार दिउँसोे कोशी राजमार्ग अन्तर्गत धरानबाट धनकुटा जाँदै गरेको ट्रक भेडेटार ३ मा ब्रेक फेल भइ दुर्घटना भएको हो ।


सल्लेरी ब्यारेकको लु १ ग ९६ नम्बरको ट्रक दुर्घटना हुँदा को ४ प ८८ ११ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिएको थियो । नाम थर खुल्न नसकेका मोटरसाईकल चालक र घाइते नेपाली सेनाको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।(फोटो फाइल )
####

0 comments

Write Down Your Comment