दसैंमा २५ प्रतिशत बढ्यो रेमिटान्स
###

असोज, काठमाडौं । डलरको मूल्यमा भएको वृद्धि र ग्राहक आकषिर्त गर्न रेमिटान्स कम्पनीहरुले विभिन्न स्किम सञ्चालन गरेको कारण दसैंको समय रेमिटान्स आप्रवाह २५ प्रतिशतले बढेको छ । अक्टोबर १ देखि ९ तारिखसम्म अघिल्लो महिनाको सोही अवधिको तुलनामा आफ्नो कम्पनीमार्फत भित्रने रेमिटान्स २५ प्रतिशतले बढेको प्रभु मनिका मार्केटिङ्ग मेनेजर मुनालजंग कार्कीले जानकारी दिनुभयो । कामदारहरुले अरु बेला तलबबाट थोरै थोरै बचत गरेको दसैंको बेला घर पठाउने हुँदा हरेक वर्ष दसैंमा आप्रवाह बढ्ने गरेको जानकारी दिनुभयो । दिनको आधारमा २८, २९ र ३० तारिखमा तलब पाउने कामदार धेरै हुने हुँदा अंग्रेजी म

हिनाको पहिलो हप्ता रेमिटान्स रकम बढी आउने गर्दछ ।



पोहोर दसैंको समय एक डलरबराबर साट्दा पाउने रकम ८५ रुपैयाँको हाराहारी थियो भने अहिले ९६ रुपैयाँको हाराहारी रहेको छ । मलेसियन रिंगिट डलरसँग थोरै मात्र अवमूल्यन भएका कारण त्यहाँ रहेका नेपालीले रिंगिट डलरमा साटेर नेपाल पठाउँदा पोहोरको तुलनामा एक रिंगिटमा १.५ रुपैयाँभन्दा बढी थप पैसा पाएका छन् । कतारी रियालको अमेरिकी डलरसँगको विनिमय दर स्थिर रहेका कारण नेपाली कामदारले पहिलेकै तलब नेपाल पठाउँदा एक रियालमा ३ रुपैयाँभन्दा बढी थप पैसा पाएका छन् । विदेशमा काम गर्ने नेपालीले अझै पनि हुण्डीमार्फत रकम पठाउने गरेको कारण मनी ट्रान्सफर कम्पनीहरु बजार खोज्दै नयाँ नयाँ रणनीति बनाएर नेपाली कामदार भएका ठाउँ पुग्ने क्रम जारी छ ।




नेपालमै मुख्यालय रहेकासहित अन्य कम्पनीको एजेन्टको रुपमा नेपालमा रेमिटान्स भित्राउन नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिने कम्पनी ४७ पुगेका छन् । मलेशिया र अमेरिकामा आफ्नै कार्यालय रहेको प्रभु मनि ट्रान्सफरले अमेरिकाबाट नेपालमा मोबाइलमार्फत पैसा पठाउन सकिने व्यवस्था गरेको छ । एण्ड्रोइड फोनमा प्रभु एप्स इन्स्टल गरी स्थानीय बैंक खाताको रकम नेपाल पठाउन सकिने सुविधा रहेको मार्केटिङ्ग मेनेजर कार्कीले बताउनुभयो । चाँडै नै आइफोनमा पनि यो सुविधा आउने कम्पनीले बताएको छ । हाल १ हजार डलरभन्दा बढी रकम पठाउने ग्राहकलाई निःशुल्क सेवा दिइएको कम्पनीले जनाएको छ । त्यसभन्दा कम रकम पठाउनेलाई तत्काल ग्राहक योजनाअन्तर्गत ५ डलर मात्र लिएको पनि कम्पनीले बताएको छ । प्रतिकारोबारको सामान्य शुल्क भने ८ डलरदेखि ५० डलर तय गरिएको छ ।



प्रभुले मलेशियाबाट पनि मोबाइलमार्फत पैसा पठाउन सकिने सुविधाको तयारी गरिरहेको छ । कम्पनीले हालै त्यहाँ प्रभु मोबाइल वितरण सुरु गरेको छ । कम्पनीले वितरण गरेको सिमकार्ड प्रयोग गरी अन्य नियमित सेवाको अतिरिक्त प्रभु मनी ट्रान्सफरका सेवासमेत उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । नेपालमा रेमिटान्स भित्राउने प्रमुख कम्पनी आईएमई, प्रभु मनी र विदेशी कम्पनी वेष्टर्न युनियन मनी ट्रान्सफर हुन् । बाँकीमध्ये अधिकांश बैंकहरुले प्रवर्द्धन गरेका रेमिट सेवाबाट र केही मात्रामा अन्य एजेन्टबाट आउने गरेको छ । प्रभुले आफ्नो बजार हिस्सा २२ देखि २५ प्रतिशत रहेको जनाएको छ भने आईएमईका सिईओ सुमन पोखरेलले ३५ प्रतिशत रेमिटान्स आफ्नो कम्पनीले भित्राउने दाबी गर्नुभयो । वेष्टर्न युनियनका चार सोल एजेन्टले नेपालमा रेमिटान्स भित्राउने गरेका छन् ।



 दसैंको बेला कम्पनीहरुले उपहार योजना पनि सञ्चालन गरिरहेका छन् । आईएमईले दसैंमा SLC योजना ल्याएको छ । जसअन्तर्गत रेमिटान्स पठाउनेमध्ये एक जनाले सामसुङ स्मार्टफोन, हरेक हप्ता सामसुङ एलईडी टिभी र योजनाको अन्तिममा १ जनाले हुण्डाई इओन कार पाउनेछन् । त्यसैगरी, प्रभु मनिले प्रभुको PASS योजना सञ्चालन गरेको छ । जसअन्तर्गत दैनिक दुई जनालाई ५ सयको पि्रपेड रिचार्ज, हप्तामा एक जोडीलाई काठमाडौं पोखरा दोहोरो टिकट, योजनाको अन्तिममा एक जनालाई सेन्ट्रो कार बम्बर उपहार दिइने । यो योजना कात्तिक २३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।



 हिमालयन बैंकद्वारा प्रवद्धित हिमाल रेमिटले दसैंको बेला रेमिटान्स पठाउने ग्राहकलाई काठमाडौंबाट घर जाने टिकट दिने योजना सञ्चालन गरेको छ । त्यस्तै सिटी एक्सप्रेसले आफ्ना सब एजेन्टहरुलाई मासिक ३ सयभन्दा बढी कारोबार गरेबापत मोबाइल उपहार दिने योजना सञ्चालन गरिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, वाषिर्क ४ खर्बभन्दा बढी रेमिटान्स भित्रिने गरेको छ । नेपालको वाषिर्क कूल राष्ट्रिय आयमा रेमिटान्सको योगदान झण्डै २५ प्रतिशत पुगेको छ । यो रेमिटान्सलाई उत्पादनमूलक कार्यमा लगाउने राष्ट्रिय स्तरमा बहस भइरहेका छन् ।
####

0 comments

Write Down Your Comment