टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा
###
![]() |
काठमाडौं, आश्विन २५ । आगामी नोभेम्बरमा युएईमा हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जितेन्द्र मुखियालाई पहिलो पटक समावेश गर्दै बिहीबार राष्ट्रिय टोली घोषणा गरेको हो ।
वीरगञ्जका जितेन्द्र मुखिया मध्य गतिका बलर हुन् । पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय राष्ट्रिय टोलीमा विकेटकिपर ब्याट्सम्यान महेश क्षेत्रीले पुनरागमन गरेका छन् । टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लसहित शरद भेषवाकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, राहुल विक, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुभाष खकुरेल र अविनाश कर्ण रहेका छन् ।
त्यसैगरी नरेश बुढाऐर, चन्द्र साउद, राशनरेश गिरी र भुवन कार्की वैकल्पिक खेलाडीमा परेका छन् । नोभेम्बर १५ मा युएईमा सुरु हुने विश्वकप टी–२० छनोट प्रतियोगितामा नेपालको समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवान्युगिनी, नेदरल्याण्ड्स, अफगानिस्तान र बर्मुडा रहेका छन् । १६ टोली सहभागी छनोट प्रतियोगितामा शीर्ष ६ स्थानमा पर्ने टोलीहरु अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि छानिने छन् । प्रतियोगिताको तयारीका लागि नेपालले युएई र अमेरिकासँग दुई अभ्यास खेल पनि खेल्ने छ ।
####
0 comments
Write Down Your Comment