चितवनमा उम्मेदवारले नै पार्टी छाडे
###
![]() |
३ कात्तिक, चितवन । चितवनको निर्वाचन क्षेत्र नं ५ का एक उम्मेदवारले आफ्नो पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय विकास पार्टीबाट क्षेत्र नं ५ मा उम्मेदवारी दिनुभएका तेजकुमार श्रेष्ठ (राजु) ले पार्टीप्रति चित्त नबुझेको भन्दै आजैदेखि पार्टी छाडेको घोषणा गरेका हुन् । उनले आफू राप्रपामा प्रवेश गरेकोसमेत बताए । अब आफूले राप्रपाका ५ नं क्षेत्रका उम्मेदवार तथा केन्द्रीय महामन्त्री विक्रम पाण्डेलाई सहयोग गर्ने बताए ।
नेपाल राष्ट्रिय विकास पार्टीले आफ्नो स्वार्थ पूर्तिका लागि काम गरेकोले आफूलाई मन नपरेको र पार्टी त्यागेको बताए । चितवनमा अहिलेसम्म १ सय १५ जनाले उम्मेदवारी दिएका छन् । जसमा ११ जनाको स्वतन्त्रतर्फबाट उम्मेदवारी परेको छ । रासस
####
0 comments
Write Down Your Comment