पूर्वराजा चुनावसम्म चुपचाप बस्ने, अहिलेसम्म भोट हाल्ने सोचाइ छैन्
###

३ कात्तिक, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी संविधानसभा निर्वाचनसम्म चुपचाप बस्ने भएका छन् । निर्वाचनअघि उनी जिल्ला भ्रमणमा पनि निस्कने छैनन् । पूर्वराजाका सहयोगीहरुका अनुसार निर्वाचनसम्म उनको भूमिका निष्क्रियजस्तै हुनेछ ।


 निर्वाचनमा उनले खुलेर कसैलाई पनि सहयोग गर्ने छैनन् भने निर्वाचनसम्म कुनै पार्टीका नेतासँग भेट गर्ने सोच बनाएका छैनन् । निर्वाचनकै कारण उनको पूर्वीतराईको भ्रमण कार्यक्रम पनि स्थगित भएको छ । यस्तै, यस अवधिमा मन्दिरमा जाने कार्यक्रम पनि नभएको सहयोगीहरुले जानकारी दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । निर्वाचनमा उनको प्रत्यक्ष गतिविधि र भूमिका नभए पनि अप्रत्यक्ष रुपमा सद्भाव र सहयोग भने राप्रपा नेपाललाई हुने स्रोतले बताएको छ ।

भोट हाल्ने सोच अहिलेसम्म छैन 

पूर्वराजाको महानगरपालिकाको ३ नम्बर वडा (क्षेत्र नम्बर ५) मा मतदाता सूचीमा नाम छ । तर उनले अहिलेसम्म निर्वाचनमा मतदान गर्ने सोचाई नबनाएको स्रोतको भनाई छ । धीरेन्द्र शाहका तीन छोरी दिलासा, पूजा र सिताष्माले पनि सोही क्षेत्रमा मतदाता नामावलीमा नाम लेखाएका छन् ।
####

0 comments

Write Down Your Comment