विदेशमा २ वर्षबढी बस्ने नेपाली मात्र एनआरएन हुने
###
![]() |
विधान संशोधनसँगै संघ दर्ताको बाटो खुला
२ कात्तिक, काठमाडौं । विदेशमा २ वर्षबढी बस्ने नेपालीहरुले मात्र गैरआवासीय नेपाली (एनआरएन) को मान्यता पाउने भएका छन् । राजधानीमा शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआएएनए)को छैटौं अधिवेशनले विदेशमा २ वर्षबढी बस्नेलाई मात्र एनआएनको मान्यता दिने गरी विधान संशोधन गरेको हो । यससँगै नेपालमा गैरआवासीय नेपाली संघ दर्ताको औपचापरिक वाटो खुलेको छ । यसअघि १ सय ८३ दिनबढी बसेकालाई एनआएनको मान्यता दिने प्रावधान थियो ।
सरकारले भने २ वर्षबढी बसेकालाई मात्र एनआरएनको मान्यता दिने बताएपछि संघ नेपालमा दर्ता नै हुन सकेको थिएन । दुई दिन अघि मात्र परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र पठाएर २ वर्षबढी बसेकालाई मात्र एनआरएनको मान्यता दिने व्यवस्था गरे संघ दर्ता गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ । विधान संशोधनपछि कब केही दिनमा नै गैरआवासीय नेपाली संघ नेपालमा दर्ता हुने बताइएको छ । अधिवेशनको बन्दसत्रमा प्रवक्ता डा. हेमराज शर्मा नेतृत्वको विधान संशोधन समितिले प्रस्ताव पेश गरेको थियो, जसलाई हलले सर्वसम्मत पारित गरेको थियो ।
यसअघि २ वर्षबढी बसेकालाई मात्र एनआरएनको मान्यता दिने प्रस्ताव ल्याउँदा कतार र बेलारुस एनआरएनले विरोध जनाएका थिए । उसले श्रमिकका रुपमा रहेका धेरै नेपाली एनआरएनमा आवद्ध हुनबाट बन्चित हुने उनीहरुको तर्क थियो । अधिवेशनमा अब नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । १ हजार बढी भोटरलाई मान्यता दिइएको छ भने आजै उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ । मतदान भोलि हुनेछ । अध्यक्ष पदमा शेष घलेसहितका ५ प्रत्यासी छन् । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन भने सोमबार मात्र सुरु हुनेछ ।
####
0 comments
Write Down Your Comment