दाङमा एमाओवादी नेतामाथि गोली प्रहार
###

२ कात्तिक, दाङ । दाङको धमकापुरमा एकीकृत नेकपा माओबादीका जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि गोली प्रहार भएको छ ।


डुरुवा गाबिस ६ धमकापुर का ३८ बर्षीय चौधरीलाई घर छेउमै गोरु चराउँदै गरेको अबस्थामा शनिबार अपरान्ह पौने ४ बजे अज्ञात समूहले गोली हानेको हो । चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको छ भने दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ । गोली चलाउने समूह ५ जनाको भएको बताइएको छ । यद्यपि उनीहरुको पहिचान हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको छ । आक्रमणमा परि गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
####

0 comments

Write Down Your Comment