आमा बाबुलेनै गरे छोरीको हत्या
###

रूपन्देहीको मर्चवारस्थित करौती गाविसका वडा नं ७ स्थित सानो चैरीमा आफ्नै परिवारका बुवाआमा र दाजुले बहिनीको घरेलु हतियार हसिँया प्रयोग गरि हत्या गरेका छन्।

ईलाका प्रहरी कार्यालय मर्चवारका  प्रहरी निरिक्षक रमेशबहादुर सिंहका अनुसार दिउँसो खेतमा धान काट्दै गरेको अवस्थामा विवाद भएपछि उनलाई मरणसन्न गरि कुटेको र पछि घरमा ल्याई हसिँया  र बन्चरो  प्रयोग गरी हत्या गरेको बताएका छन्।

१९ वर्षीय छोरी मन्जु यादवको हत्या गरेको स्थानीयको भनाई छ। प्रहरीले मन्जुका बाबु महेश यादव र आमालाई नियन्त्रणमा लिएको छ भने भाई फरार भएको प्रहरीको भनाई छ।
छोरीको हत्या गरेको भन्ने अनुसन्धान भैरहेको प्रहरी निरिक्षक सिंहले बताए।



####

0 comments

Write Down Your Comment